मानव तस्करीमा मुन्द्रे यातायात प्रयोग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ कात्तिक
देशका विभिन्न नाका हुँदै मानव तस्करी अझै सम्म पनि हटाउन सकिएको छैन । विभिन्न चोरटबाटा प्रयोग गरेर मुन्द्रे यातायातको सहायता लिन थालेका छन् । चेलीबेटी बेचविखन रोकथामको क्षेत्रमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले पछिल्लो समय आएर महाकाली झोलुङ्गे पुल हुदै माहाकाली नगरपालिका खुला सिमा क्षेत्र मानव तस्करी भईरहेको बताएको छ । महाकाली झोलुङ्गे पुलबाट माईती नेपाल कञ्चनपुर र प्रहरीले केही दिन पहिला एक दर्जन भन्दा बढी भारत जान लागेको महिला तथा बालबालिकालाई उद्धार गरि घर फिर्ता पठाएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण सिमा क्षेत्र सिलसंग कञ्चनपुरको गड्डाचौकी नाका कडाई गरेपछि भारत जानेकोहरुले माहाकाली
नगरपालिकाको खुला सिमा क्षेत्र प्रयोग गर्दै आएका छन् ।
सुरक्षाकर्मीको आँखा छलेर माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्रबाट भारत पस्न थालेका छन् । केही दिन अघि रुकुम, रोल्पा, बर्दिया, सुर्खेतका स्थानियहरु भारत जादै गर्दा महाकाली झोलुङ्गे पुल स्थित रहेको माईती नेपालको सुचना तथा परामर्श केन्द्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्त टोलीले उनिहरुलाई रोकेर घर फिर्ता पठाएको छ् । उनिहरु मध्ये महिला, वालवालिकाहरु समेत रहेको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिएका छन् । उनीहरुलाई मुन्द्रे यातायात (रकम लिएर मोटरसाईकलबाट सवारी बोक्नेहरु) ले प्रति ब्यक्ती रु. २ हजार लिएर महेन्द्रनगरबाट भारतको खटिमा सम्म पुगाउने जिम्मा लिएको बताईएको छ । उनीहरुलाई माईती नेपालले रोकेर सोधपुछ गर्न थालेपनि मुन्द्रे यातायात फरार भएको थियो । महाकाली झोलुङ्गे पुल हुदै माहाकाली नगरपालिकाको कञ्चनभोज, सुन्दरनगर, कुतियाकवर लगायत नेपाल–भारतको खुला सिमा हुदै भारत पस्ने गरेको
प्रहरीका भनाई रहेको छ । जताततै खुल्लै खुला सीमा नाका भएका कारण मानव तस्करी रोक्न चुनौती रहेको बताईएको छ् । तस्करले नयाँ–नयाँ ट्रिक प्रयोग गर्दै मानव तस्करीका रुट परिर्वतन गरेर मानव ओसार पोसारमा संलग्न रहेकाले पहिचान गर्न मुस्किल परेको माईती नेपाल कञ्चनपुरका प्रमुख भट्टको भनाई रहेको छ । माहाकाली नगरपालिकाको नेपाल–भारतको सिमा क्षेत्रमा आवत जावत बन्द भएको अवस्थामा मुन्द्रे यातायातको सहयोगमा मानव तस्करी भईरहेको स्थानियहरुको भनाई रहेको छ ।
गड्डाचौकी नाकामा सुरक्षा ब्यवस्था कडाई भएको अवस्थामा माहाकाली नगरपालिका मानव तस्करीको ‘करिडोर’ को रुपमा विकसित हुदै गएको स्थानियको भनाई रहेको छ । महाकाली झोलुङ्गे पुल नजिक माईती नेपालले सुचना परामर्श केन्द्र संगै, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आफ्नो अस्थायी पोष्ट स्थापना
गरि चेकजाँच कडाई गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले रोजगारीको नाउमा भारत जानेको संख्या हत्तै बढेको बताएका छन् । गड्डाचौकी नाकामा सुरक्षा ब्यवस्था कडा गरेको कारण भारत जानेहरु माहाकाली नगरपालिकाका खुला सिमा प्रयोग गर्न थालेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् । ‘हामीले भारत जानेहरुलाई रोकेर फिर्ता गर्नुको साथै महिला तथा बालबालिकाहरु आवत जावतमा निगरानी बढाएका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले भने । रोजगारीको नाउमा महिला तथा वालवालिकाहरु बेचबिखन हुने उच्च जोखिम रहेको कारण उनहिरुलाई घर फिर्ता गर्ने गरेको उनले बताए । महाकाली झोलुङ्गे पुल हेर्ने बाहानामा आउने र मुन्द्रे यातायातको सहाराबाट भारत पस्नेको संख्या अहिले आएर बढेर गएको स्थानियहरु बताउछन् ।
मुन्द्रे यातायातले महेन्द नगर देखि भारतको खटिमा सम्म मानव ढुवानी गरेको रु. २ हजार भन्दा बढी लिने गरेको समाचार श्रोतको भनाई रहेको छ । महाकाली झोलुङ्गे पुल स्थित रहेको माईती नेपालको सुचना तथा परामर्श केन्द्रलाई थप ब्यवीस्थत तथा सुबिधा सम्पन्न बनाउन सके थप मानव तस्करी रोक्न सकिने स्थानिबासी बिनोद चौधरी बताउछन् । माईती नेपाल कञ्चनपुरले महाकाली झोलुङ्गे पुलमा आफ्नो पोष्ट संचालन गरि मानव बेचबिखन रोक्ने निकै राम्रो कार्य गरिरहेको स्थानियबासी चौधरीको भनाई रहेको छ । माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले लकडाउन पछि माहाकाली नगरपालिका क्षेत्रमा मानव तस्करीको ‘करिडोर’ बन्दै आएको बताएका छन् । भारतमा रोजारीको नाउमा भारत जानको लर्को लाग्न थालेको उनको भनाई रहेको छ् । माहाकाली नगरपालिकाले माईती नेपाल कञ्चनपुर संग यस बिषयमा सहकार्य गर्न तयार रहेको नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । ‘मानव बेचबिखनको काम निरुत्साहित पार्नुपर्छ’, उनले भने–‘मानव तस्करीमा संलग्न कसैलाई पनि छुट दिनुहुदैन् ।’ माहाकाली नगरपालिका कार्यालयबाट मानव बेचबिखन रोकथामका कार्य अघि बढाउने समेत उनले प्रतिबद्धता जाहेर गरे । जनचेतनाको कमी, मानव तस्करीमा अपनाईने नयाँ नयाँ तरिका अपनाउदै देशमा बढ्दै गएको मानव तस्करीको जालोलाई तोड्नका लागी उचित र प्रभावकारी नियन्त्रणका उपायहरु कार्यान्वयनमा आउन नसक्दा मानव बेचबिखनका घटनामा बढोत्तरी भईरहेको बताईएको छ । नेपालको संविधान २०७२ को धारा २९ शोषण बिरुद्धको हक अन्तर्गत उपधारा (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भन्ने स्पष्ट व्यवस्था छ । त्यस्तै मानव बेचबिखन सम्बन्धी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ लगायत अन्य धेरै कानुन संगै स्थानीय तहलाई अझ बढी जिम्मेवारी दिएपनि मानव बेचबिखन नरोकिएको छैन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *