प्रधानमन्त्रीको राजिनामा किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अचेल प्रधानमन्त्रीको राजिनामाको माग बढेको छ तर प्रधानमन्त्री राजिनामाको विपक्षमा उभिनु भएको छ । राष्ट्रको राष्ट्रिय झण्डाको र नेपालको नाम बदल्नेहरु प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नेहरुको प्रम सुचीमा छन् । काम गर्दाको र नगर्दाको अवस्था र विरोध मात्र गर्दाको अवस्था कस्तो हुन्छ यो सबैलाई थाहा हुदैन । देशको लागी के गर्नुपर्छ के पर्दैन भन्ने कुराको पुरा ज्ञान भएका केपीशर्मालाई प्रष्ट थाहा छ । झापा काण्डदेखि
राजनीतिका खेलाडी केपी ओलीले त्यसपछिको समयमा हतियार समातेनन् तर हतियारधारीको सहयोग भने अवश्य गरेका हुन । उनी कसै भन्दा कम छैन बरु पुष्पकमल भन्दा सिनियर हुनुहुन्छ । शासन व्यवस्था विश्वमा कसैको पनि एकनासको हुदैन । समग्रमा जनतालाई तत्कालिन सुख चाहिन्छ दिएकै छन्, क्षमताले भ्याएसम्म जनता पाएकै छन र दिएकै छ ।
प्रधानमन्त्रीलाई पदबाट बाहिर गर्ने काम सभासदहरुलाई छैन । जसरी म हामी कसैको पनि बैंक खातामा पैसा जम्मा गर्छौ झिक्न सक्दैनौं, त्यस्तै प्रधानमन्त्री पदको सञ्चालक स्वयम आफै हुँदा हामीले चलाउन सक्दैन । प्रधानमन्त्रीको पद जनताको हातमा रहन्छ नेताहरु चलाउन पाउदैन । त्यस कारण देशको लागी घातक अपराध गरेको भए मात्र प्रधानमन्त्रीको विरुद्धमा बोल्न बास्न पाउँछन अविश्वासको प्रस्ताव राखी पास भएमा पदबाट बहिरगमन गराउन सक्छन तर नेताहरु पनि राम्रो नराम्रो काममा संलग्न रहेकाले अविश्वासको मत पास गराउन सक्ने अवस्था रहदैन । १७ हजार भन्दा बढी जनताको हत्या गर्नेलाई त झन अधिकार छैन ।
नेपाल आमाका नेता रुपी औजार कहाँ प्रयोग हुन्छ गरिन्छ भन्ने कुरा प्रयोगमा ल्याउनेलाई समेत थाहा छैन । नेपालको डमाडोल राजनीतिले नेताहरु उत्साहमा थिए तर हामी के गर्दै छौं भन्ने कुरा खुद आफैलाई थाहा थिएन अन्तमा २०१५ साल सम्मको विवाद नेपाली तथा भित्र सेनाहरुले मिलार्ई दियो । ३० वर्षे कालरात्री भन्ने गरेको निर्दलीय व्यवस्थाले सही ट्रयाकमा पुगायो । ७५ जिल्लासम्म सडक जोड्ने काम भयो अझै जारी छ तर राजसंस्था भने ढाली सक्यौं अव यो देश मात्र ढाल्न बाँकी रहेको छ । बुद्धिजीवि विद्वानहरुले चलाउन पाउदैन तर राजनीतिक कार्यकर्ता आँखा नदेखे पनि देखाई मागेर हिनामिना गर्छ ।
शिर्षस्थ नेताहरु र पार्टीका कार्यकर्ता सरकारलाई सहयोग देश विकास निर्माणको कार्यलाई तिर्वता दिनुको साटो अवरोध गरिरहेका छन् । अहिले नेतृत्व फेरबदल भन्दा पनि जनताको समस्या र कृषि तथा औद्योगिक क्रान्तिको आवश्यकता परेको छ । जनतामुखी नभएर व्यक्ति तथा पार्टी विशेष योजना परियोजना गर्ने गरेको विभिन्न तह तप्काबाट जनगुनासा व्याप्त छन् । राजनीतिक भागबण्डामा केन्द्रीत नभई दुरदराजमा रहेका क्षेत्रहरुमा पनि समान
तवरबाट विकास गरिनुपर्ने र विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएर जनतामुखी काम गर्न नेताहरुलाई विज्ञहरुले सुझाव दिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *