राष्ट्रिय योजना आयोगको केन्द्रिय स्तर आर्थिक वर्ष ०४२/०४३ को आर्थिक विकास कार्यक्रमका केही अंश

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
राष्ट्रको विकास रातोरात हुन सक्दैन सै सनै राष्ट्रले विकासको गति लिन्छ, योजनाकारका योजनाहरुलाई सरकारले छनौट गर्नुपर्छ, योजना तर्जुमा गरेर काम गरेमा अवश्य राष्ट्र अगाडी बढ्छ नेताहरु राष्ट्रका औजार हुन, गहना हुन, राष्ट्रका सेवक पनि हुन राष्ट्र निर्माण र जनताको उन्नतिकै लागी आजको सरकार नेताहरु लागी परेका छन् । जनताले र राष्ट्रसेवकहरुले साथ दिनु पर्दछ, राष्ट्रको विकास अवश्य हुन्छ आज राष्ट्रमा अनैतिक गर्ने भ्रष्टाचार गर्नेहरुलाई नियन्त्रण गर्न अख्यिार दुरुपयोग अनुसन्धान आयोगहरुको गठन भएको छ । उसले जनतालाई समेटी सहयोग लिन खोजेको छ र जनताको साथको आवश्यकता रहेको हु“दा देश विकासमा विगतलाई पनि हेरी त्यसबाट केही अनुन्धान र ज्ञान मिल्न सक्छ भनि ऐतिहासिक भैसकेको राष्ट्रिय योजना आयोगको केन्द्रिय स्तर आर्थिक वर्ष ०४२/०४३ को आर्थिक विकास कार्यक्रमका केही अंश जनता सामु ल्याउन खोजेका छौं । आर्थिक वर्ष २०४२/०४३ को वार्षिक विकास कार्यक्रम ः
उद्योग
१८. साना उद्योग क्षेत्र भक्तपुर
ससाना उद्योगहरुको प्रवद्र्धनको लागि भत्तपुरमा स्थापित साना उद्योग क्षेत्र आयोजना अन्तर्गत २०४०/४१ मा औद्योगिक भवन ९ वटा र अन्य भवन २ वटा निर्माण गर्ने प्रारम्भिक कार्य गरिरहेको थियो । आ.व. २०४१/४२ मा १ वटा थप औद्योगिक
भवन निर्माण गरिने, जग्गा विकास र विद्युतिकरणको कार्य गरिने अनुमान गरिएको छ ।
सातौ योजना अवधि भित्र यस क्षेत्रको विकास लागि ५० रोपनी जग्गा अधिग्रहण गर्ने, १ वटा प्रशासकीय भवन निर्माण गर्ने र ४५० के.मि.ए. को विधुत
करण कार्यको अतिरिक्त थप पुर्वाधारहरुको निर्माण गर्ने लक्ष्य रहेको र योजनाको पहिलो वर्ष २०४२/४३ मा भवन निर्माण र सुधार सम्बन्धी सम्बन्धी कार्य गर्ने लक्ष्य रहेको छ ।
१९. पोखरा औद्योगिक क्षेत्र
यस औद्योगिक क्षेत्र अन्तर्गत आ.व. २०४०/४१ मा १६० मिटर सिमाना पर्खाल लगाएको, २०० मिटर सतह ढल तथा ४ वटा कलमर्ट निर्माण, १० हजार ग्यालेन पानी अटाउने पानी टंकी १ वटा निर्माण तथा पानी वितरण सम्बन्धी कार्य एवं विधुत वितरण सम्बन्धी कार्य गरिएको थियो । आ.व २०४१÷४२ मा करीब १ हजार मिटर पोलिथिन पाईप, विछाउने काम हुने अनुमान गरिएको छ ।
सातौ योजना अवधिमा यस आयोजना अन्तर्गत ६ वटा औद्योगिक भवन, २ वटा कार्यालय तथा युटिलिटि भवन, २२४० मिटर पानी वितरण लाईन, २ हजार ४०० मिटर कालो पत्रे सडक, १ हजार मिटर खण्डास्पित सडक तथा पुर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेकोमा योजनाको पहिलो वर्ष आ.व. २०४२/४३ मा १२० मिटर ढलल निर्माण, २०० मि. खण्डास्मित सडक निर्माण, ४४८ मि. पाईप लाईन तान्ने र ५०० के.मि.ए को ट्रान्सफरमर जडान गर्ने लक्ष्य रहेको छ ।
२०.वुटवल औद्योगिक क्षेत्र
यस आयोजना अन्त्र्गत आ.व २०४०/४१ मा औद्योगिक भवन ३ वटा तथा गोदाम १ वटा निर्माण गरिएको, २४० मि. सिमाना पर्खाल लगाएको र विधुत तथा पानी वितरण सम्बन्धी कार्य गरिएको थियो । आ.व. २०४१/४२ मा विद्युत आपुर्तिको लागि केवुलहरु खरिदहरु गरि जडान गरिने र मौजदा औद्योगिक भवनहरु थप कार्य गरिने अनुमान गरिएको छ ।
सातौ योजना अवधि भित्र यस क्षेत्र अन्तर्गत १५ हेक्टर जग्गा अघिग्रहण गर्ने र जमीन सम्याउने, १५०० मिटर सिमाना वार र ८०० मि. सिमाना पर्खाल लगाउने, २.७५ कि.मि. सडक कालोपत्रे र ३ कि.मि. खण्डास्मित सडक निर्माण गर्ने, ढल कलमर्ट आदि निर्माण गर्ने, २५ वटा कारखाना तथा युटिलिटि भवन निर्माण गर्ने र विद्युत तथा पानी आपुर्तिको कार्य गर्ने लक्ष्य रहेकोमा योजनाको पहिलो वर्ष आ.व. २०४२/४३ मा ८०० मि. सिमाना पर्खाल र ५०० मि. सडक कालो पत्रे गर्ने लक्ष्य रहेको छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *