चन्दा तिरेर वालवालिकालाई माध्यमिक तह पढाउदै मलासका जनता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
डडेल्धुरा, १५ कात्तिक
डडेल्धुरा जिल्लाको
परशुराम नगरपालिका वडा नम्वर ७ मलासमा माध्यमिक तहको शिक्षक दरवन्दि नहुदा स्थानीय वाशिन्दाहरुले चन्दा दिएर शिक्षक राख्नु परेको छ । सरकारले माध्यमिक तह सम्मको शिक्षा निशुल्क र अनिवार्य गरेको भए पनी कहिले काहि यही शिक्षा सर्वसाधारण जनताहरुलाई आर्थिक रुपले महगों पर्ने गरेको छ । यस्तै समस्याले डडेलधुरा जिल्लाको
परशुराम नगरपालिका वडा नम्वर ७ मलासका जनताहरु वर्षौंं देखी पिडित भएका छन ।
अहिलेको निःशुल्क शिक्षा पाउने समयमा पनी वार्षिक रुपमा चन्दा तिरेर स्कुल सञ्चालन भईरहेको छ भन्दा पत्याउन गाह्रो होला तर प्रति परिवार पैतिस सय देखी चार हजार रुपैया सम्म चन्दा तिर्न बाध्य छन मलासका जनताहरु । २०३८ सालमा स्थापना भई २०६६ मा माध्यमिक तहको स्वीकृति पाएको श्री सिद्धनाथ माध्यमकि विद्यालयले माध्यमिक तहको स्वीकृति पाए पनी शिक्षक दरवन्दि अहिले सम्म पनी पाएको छैन ।
वडामा एउटा मात्र विद्यालय रहेको तथा यातायातको सुविधा नपुगेको र सदरमुकाम गएर पढ्न आर्थीक अवस्थाले नभ्याउने भए पछी यस ठाँउका अभिभावकहरुले शैक्षिक शत्र शुरु हुनु भन्दा पहिले नै माध्यमिक तहमा वालवालिका पढाउनका लागि चन्दा बुझाउनु पर्ने हुन्छ ।
यदी समयमा चन्दा बुझाउन नसके वालिवालिकाहरु स्कुल पढ्न पाउदैनन किन भने उक्त चन्दा बाट तलव दिने गरि माध्यमिक तहको शिक्षक नियुक्ति गरिन्छ र यस क्षेत्रका बालिवालिकाहरुले माध्यमिक तहको शिक्षा हासिल गर्छन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *