पाटनको उदयदेव ठाकुरमा पुजन कार्य सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द
समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. ६ पाटन, बैतडी

शुरुवाती कालमा मनुष्यप्राणली एकले अर्कोलाई देख्नासाथ बाण हानेर हिर्काउने अर्थात अर्थात आपसमा देख्न नहुने जंगली असभ्य द्यबचतबचष्कm अवस्थामा थियो, क्रमिक रुपमा सुधार हुँदै गएपछि सामाजिक प्राणीको रुपमा सुधार हुँदै गएपछि सामाजिक प्राणीको रुपमा आफ्ना गतिविधिमा विकास गर्दै धर्म, अर्थ, काम, मोक्ष यस्ता तत्वबोधबाट ज्ञान प्राप्त गर्दै शास्त्रादि आचरण र अनुकरणबाट भक्तिभाव, कल, संस्कृति, परम्परा, मान्यतालाई व्यवहारमा ल्याएको यथार्थताका कारण मनुष्यजाति सबैभन्दा विवेकी श्रेष्ठतम मानिएको छ ।
परापुर्व कालदेखि नै देश भित्र सबै क्षेत्रका गाउँ नगर तथा शहरी क्षेत्रमा अवस्थित देवदेवीका मन्दिरहरुमा हिन्दुधर्माबलम्बी सबै जातजाती वर्ग समुदायका नागरिकहरुद्वारा अटूट रुपले श्रद्धा, आस्था र भक्तिभावका साथ पाठपूजा गर्दै आएका छन् । समाजमा रहेका सबै जातजाती समुदायबाट ग्रामबासी देवदेवीका मन्दिरहरुमा आवधिक पाठपूजा गर्नुका साथै शक्तिरुपेण, शक्तिको प्रतिक दुर्गामातालाई खुसी पार्न कालिकालाई पशुपंक्षीको बली चढाउने गरिन्छ । स्वच्छ र शुद्ध भावबाट बली गर्नाले चढाएको सामग्रीबाट शान्ति प्राप्त हुन्छ भन्ने धर्मशास्त्र तथा बदले पनि सास्वत मान्यतामा राखेको उल्लेख छ ।
‘या देवी सर्वभुतेषु, शक्तिरुपेण संस्थीता नमस्तसे, नमस्तसे’ नमस्तसे नमोनमाहाः
बैतडी जिल्ला भौगोलिक क्षेत्रको रुपबाट ४ किसिमले जान्न र बुझ्न सकिन्छ । १ तल्लोस्वराड (मेलौली, शिवनाथ, महाकाली, पञ्चेश्वर), २ मल्लो स्वराड, बैतडी (पाटन क्षेत्र, जिल्ला दरमुकाम तथा रामकी बरायल इलाका), ३. च्वाँगढ –गाजरी, चौखा, ढुंगाढ इलाका), ४ पुर्चौडी (हाट, डिलासैनी, विजयपुर) ÷वर्तमानको संरचना र अवस्था अनुसार १० वटा पालिका लगायतका क्षेत्रमा रहेको ग्रामबासी देवदेवीका मन्दिर, शक्तिपीठहरुमा आवधिक पाठपूजा तथा दुर्गा भवानीलाई पूजाआजा गर्नुका साथै पशुबलीमा रांगा, बोकाको बली गर्ने गर्दछन, सबैका लागि सुख, शान्ति प्राप्त हुन्छ भन्ने बैदिक सास्वत मान्यता रही आएको छ । बली गर्न कुन काल समय देखि चलेको हो भन्ने समयकाल यकिन त छैन तर पनि मनुष्यको उत्पत्ति भए पश्चात आर्य समाज पूर्वीय हिन्दु देशको आफ्नै विशिष्ट मान्यता र पहिचान बनेको अवस्था छ ।
विश्वमा नेपाल एक अद्धितीय उच्चतम धार्मिक, सांस्कृतिक सम्पन्न अविछिन्न हिन्दु देशको पहिचान बनेको छ । २०६२÷०६३ मा भएको भनिएको आन्दोलन, उत्तेजित भीडलाई जनताको चाहना भनेर केही राजनीतिक दलका नेता अनार्यहरुको जमघटले निहित दलगत स्वार्थका लागि देश र जनताको अहित हुने निर्णयहरु गरे फलस्वरुप आज देश अधोगतीतर्फ धकेलिएको अवस्था छ । यस्तो गम्भिर अस्वस्थ, संकटग्रस्त कुशासन स्थितिमा ल्याईपुर्याउने विधर्मीहरुको विनास, धर्म र सत्यको पक्षमा तथा शान्ति र विकासका लागि अघि बढ्नुको विकल्प छैन ।
‘यतोधर्म ततोजयः सत्यमेव जयते । धर्मो
रक्षित रक्षतः
देव मन्दिरहरुमा पाठपूजा र धार्मिक संस्थागत कृयाकलापमा केही त्रुटि भएका अथवा हुन गए भएमा सुधार गर्नु आजको आवश्यकता हो । बली गर्ने धार्मि स्थलहरुमा शान्तिका लागि भनि चढाएका सामग्री पशुलाई मर्यादित अनुसार बली गर्नुपर्दछ बली गर्ने सामग्री त्यो पशुपंक्षी होस अथवा नारिवल, कपिण्डो उसलाई मान्यता किसिमबाट सम्मानका साथ बली गरेमा सबैका लागि शुभ हुन्छ भन्ने धार्मिक मान्यता छ । विवेकरहित क्रुर किसिमबाट बली गर्नु जनहितका लागी कल्याण्कारी र शुभ हुदैन कुनै पनि धार्मिक स्थानमा यस किसिमका गलत गतिविधि र प्रथा तथा विकृति विसंगती भए सुधार गर्नु पर्ने हुन्छ । बली गर्नु अथवा नगर्नु यसको आफ्नै मौलिक महत्व छ । एक्काइसौ सताब्दि तथा आधुनिक परिवेशसँग यसको कुनै सम्बन्ध छैन ।
उदयदेव ठाकुर मन्दिरमा देवपुजन कार्य सम्पन्न
बैतडीको पाटनमा अवस्थित उदयदेव ठाकुर मन्दिरमा मान्यवर पण्डा कृष्णदत्त जोशी ज्यूबाट नवरात्री अवधिमा घटस्थापनाका दिन प्रथम पूजा, पञ्चमीमा दोस्रो पूजा र अष्टमीका दिन तेस्रो पूजा यसरी ३ पूजा सुविधाजनक अवस्थामा सम्पन्न गर्नुभयो । नवरात्री अवधिमा यसरी ३ पूजा गर्नुपर्ने अनिवार्यता रहेको तथा अष्टमीका दिन बलीका लागि भाकल गरेका रांगा देवस्थल परिसरमा बाध्ने र नबमीका दिन विधिपूर्वक बली दिइने गरिनछ यसरी आवधिक देवपूजन कार्य सम्पन्न भएर बली गर्ने कामका साथै जात्रा पनि पुरा हुन्छ ।
उदयदेव ठाकुर मन्दिरमा ३ वर्ष अवधि २०७५ सालमा ३६ रांगा ६ बोकाको बली गरिएको र १६ लाख बत्ती प्रज्वलन भएको थियो । २०७६ सालमा २६ रांगा ४ बोका बली गरिएका यी दुई वर्षमा भएको आवधिक देवपुजन भएका बावत पूजा गर्नका लागि र मेला जात्रा भर्न हजारौंको संख्यामा मानिसहरु आएका तथा भव्यताका साथ देवपूजन कार्य र जात्रा सम्पन्न भएको थियो । यस वर्ष २०७७ कार्तिक १ गतेदेखि नवरात्री शुरु भएको घटस्थापना दिन प्रथम पूजा, पञ्चमी दोश्रो पूजा र तेस्रो पूजा अष्टमीका दिन सम्पन्न भएर आवधिक पूजन कार्य सम्पन्न भएको तर वर्तमानमा
कोरोना भाइरस महामारीबाट उत्पन्न विषम असहज परिस्थितिले गर्दा भाकल गर्ने बली चढाउने, पूजन गर्ने विभिन्न क्षेत्र र ठाउँबाट मानिसहरु आउन प्रतिकुल अवस्था भएको र जात्रा पनि शुन्य अवस्थामा नै रह्यो भने ८ रांगा ४ बोकाको बली गरिएको कुनै भीडभाड चडकभडक नरी सामान्य रुपमा सम्पनन भएको अवस्था रह्यो । विगतमा एक समय यस्तो स्थिति थियो कि मिलेर १ रांगोको बलि गरिन्थ्यो जुन अनिवार्यता थियो पछि चन्द जाती समुदायमा रहेको ४ राठबाट पालोको प्रथाबाट १ रांगो दिनुनर्पे तर पछि विस्तारै देवस्तवको प्रभाव र व्यक्ति परिवार नागरिकसँगको क्षमता भएकै कारण र अन्य जाती, वर्ग समुदायले पनि रांगो भाकल गर्ने र बली चढाउने गर्दा पनि प्रत्येक वर्ष बली दिइने संख्यामा बृद्धि हुदै गएको अवस्था छ ।
मूल स्थान पाटनमा रहेको तर देवत्व शक्ति र प्रभावका कारण तल्लोस्वराड कफाडीमा रहेको उदयदेवमा बिहान पूजनकार्य हुन्छ भने पाटन उदयदेव मन्दिरमा साँझ
रात्री हुँदा पूजन कार्य हुन्छ, पूजन गर्ने समय परापूर्वकालदेखि नै निरधारण गरिएको छ । यसै अनुसार देवत्व शक्ति प्रदान भएकै अनुसार पाटन नगरपालिका अन्तर्गत वडा नं. ७ साविक कैलपाल गा.वि.स किमतोलीमा रहेको उदयदेव मन्दिरमा पूजनकार्यका साथै यस वर्ष ७ वटा रांगाको बली गरिएको छ । यसर्षको पूजन कार्य पनि स्वतन्त्रतापूवर्क र सहजै किसिमबाट भएको र जनमानसमा आस्था र श्रद्धा विद्यमान कायम रहेको छ । (लेखक कृष्णबहादुर चन्द, समाजसेवी पूर्व कृषि अधिृकत पाटन न.पा. ६ पाटन गाउँ, बैतडी)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *