समृद्ध, समुन्नत नेपाल बनाउन सबैको विश्वास, कृषिको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द
समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. ६ पाटन, बैतडी

नेपालमा जनचेतनाको स्तर उचित रुपमा बृद्धि हुने हो र असल नेतृत्व र राजनैतिक क्षेत्र भ्रष्टमुक्त‚ नैतिकवान भै कुशल इच्छा शक्तिले काम गरी कृषि क्षेत्रमा काम गरेका‚ विज्ञता हासिल गरेका‚ नीति निर्माण गर्न सक्षम निवृत्त भएकालाई समेत सहभागी गरेर सरकारले कार्यक्रम योजना बनाएमा र कार्यान्वयन पक्ष बलियो भएमा कृषिमा द्रुत गतिले विकास गर्न सक्षम र आकर्षण बढन जाने निश्चित छ ।
कृषि विकासको गतिविधि पृष्ठभूमि नेपालमा आधुनिक कृषि विकासको ऐतिहासिक थालनी राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणाले प्रथमत: वि.सं. १९०७ तिर बेलायत र फ्रन्सबाट फलफुल तथा क्लोभर घासको बिउ‚ जर्सी साढे र जर्सी गाई सर्वप्रथम नेपालमा भित्र्याएको थियो । यसैगरी अर्का श्री ३ चन्द्र शमशेरले सर्वप्रथम वि.सं. १९७८ मा कृषि अड्डाको स्थापना र वि.सं. १९८४ मा सप्तरीमा चन्द्रनहर निर्माण भएको हो । त्यसपछि संस्थागत विकास प्रयास हुँदै गएको अवस्था छ । वि.सं. १९७८ मा चार खाल कृषि अड्डा Agriculture office को स्थापना‚ वि.सं. १९८२ मा सिंहदरबार परिसरमा कृषि प्रदर्शनी फार्म‚ कृषि अड्डालाई कृषि विभागमा परिणत गरियो । वि.सं. १९९० का महाभुकम्पका कारण महाविनास भएको अवस्था र समस्याको समाधानका लागी कृषि विभागका निर्देशकको अध्यक्षतामा कृषि परिषदको गठन भै कृषि फार्महरुको स्थापना‚ फलफूल नर्सरी र पशु चिकित्साको स्थापना भएको थियो । वि.सं. २००७ सालमा नेपाल संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठन (FAO) Food Agriculture Organization को सदस्य बन्यो र वि.सं. २०१० देखि त्रिभुवन ग्राम विकास कार्यक्रमको योजनाबद्ध र संस्थागत तवरले कृषि प्रसार कार्यक्रम Agriculture Extension Programee को थालनी
भयो । केन्द्रमा त्रिभुवन ग्राम विकास विभाग र जिल्लामा ब्लक डेभलपमेन्ट अफिस (द्यम्इ) Block Development office र प्रमुख द्यम्इ रहने गरी त्रिभुवन ग्राम विकास कार्यालयको स्थापना भयो‚ बैतडी जिल्लाका लागी पाटनमा कार्यालय राखियो र जनताले कृषिको क्षेत्रमा ज्ञान हासिल गर्ने अवसर पाएको अवस्था थियो र त्यस बखत उपलब्ध गराएका लिचि‚ कटहर‚ अंगुर फलफुलका विरुवाले हालसम्म पनि फल दिइरहेको छ र कम्पोष्ट मलको महत्व तथा बनाउन सिकाईएको । वि.सं. २०१४ सालमा राजा महेन्द्रबाट देशभरी पैदल भ्रमण गरेर देशको कुन क्षेत्र‚ ठाउँ‚ भूगोलमा के कस्तो सम्भाव्य उद्योग र कृषि क्षेत्रका लागि उपयुक्त हुन सक्छ सम्बन्धित विज्ञ समेतको सहयोग लिएर तत्‌सम्बन्धमा व्यावहारिक ज्ञानका लागि शैक्षिक संस्था समेतको आवश्यकता महसुस गरी कृषि सम्बनधी जेटीए प्राविधिक उत्पादन गर्न स्कुल अफ एग्रिकल्चर School या Agriculture को जगदम्बा भवनमा स्थापना भयो क्रमश: कृषि प्रसार लगायत कृषि पद्धतिमा अध्ययन अध्यापन शुरु भै सवै प्रथम कृषि रेडियो कार्यक्रम प्रसारण शुरु भयो । राजा महेन्द्रबाट २०१८ साल वैशाख १ गते नेपाललाई १४ अंचल ७५ जिल्ला घोषणा गरेपछि देशभरी हिमाल‚ पहाड र तराई माटो र हावापानी सुहाउँदो कृषि विकासका योजनाहरु कृषि फार्मबागवानी फार्म सिचाई नहर जस्ता योजनाहरुमा गति बढ्दै गएको अवस्थाका साथै कृषिमा प्राविधिक ज्ञानको विकास गर्न कृषि केन्द्रिय क्याम्पस रामपुर चितवन हाल कृषि विश्वविद्यालय‚ लमजुङ र कृषिकेन्द्र खजुरा कृषि फार्म नेपालगंजमा १ वर्षे केषि प्रमाणपत्र तहको कृषि प्राविधिक जनशक्ति उत्पादन गर्ने काम गरियो साथै ५ विकास क्षेत्रहरुमा किसान जनताका लागि उन्नत विउविजन उपलब्ध गरी खेती प्रणालीको विकास गर्न कृषि फार्म र जिल्ला कृषि विकास कार्याललयहरुको स्थापना गरियो ।
कृषिमा समृद्धि आर्थिक बृद्धि योजना तर्जुमा गर्दा समृद्धिगत रुपमा आर्थिक उपार्जन र परिवर्तनका अवसर बढाउन र दिगो विकासका लागि कृषक स्तरमा एकिकृत कृषि विकास कार्यक्रम Intigrated Agriculture Development Programee का साथै कृषि र पर्यटन Agro- Tourism को धारणा बनेर योजनाबद्ध रुपबाट व्यवहारिक र व्यवसायिक कृषि बाली र प्राङ्गारिक खेती Organic Farming मा आधारित स्वस्थकर कृषि खाद्य उत्पादन र आर्थिक समृद्धिको पनि प्रमुख श्रोत अनुकुलन कृषि प्रणालीनै हो र आन्तरिक अर्थतन्त्र Self Relieant Economy पनि बलियो र सबल बन्न सक्छ । कृषि उपार्जन क्षेत्रलाई पर्यटन Tourism प्रयोजनमा खानेकुराका लागि कृषिसाग जोडिएको व्यक्तिको क्षमता उपयोग गर्न सकिन्छ । आर्थिक उपार्जन गर्ने विविधता हेर्ने हो भने तयो पर्यटनसँग कृषिको उपादेयता सम्भव मात्र नभै अपरिहार्य पनि छ । कृषि र उर्जाको विकास गर्नु भनेको पर्यटनको विकासलाई प्राथमिकता दिनु हो‚ पर्यटन विकास गर्नु भनेको कृषि क्षेत्रमा भरपर्दो उत्पाददन र विस्तार एवं रोजगारीको अवसर सृजना गर्नु हो ।
देशका निम्न आय भएका र विपन्न समुदाय कृषिमा निर्भर रहने देशका बहुसंख्यक जनसंख्याको लागि उचित लाभ प्राप्त र जीवन स्तरमा उन्नति हुन नसकेको यथार्थतालाई नकार्न सकिदैन । नेपाल ४१% भूभाग पहाडी भूगोल भएको छ । नीति‚ विचार र संरचना Structure को आधारबाट साना किसान केन्द्रित योजना बनाएर प्रविधि अनुसार किसानको स्तरमा आधारित उपलब्धीपूर्ण भरपर्दो कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।
ज्यादै बढी मेसिनरी यान्त्रिक उपकरण र रसायनिक मल मात्रैको प्रयोगमा गरिबीको रेखामुनी रहेका किसान जनताको विकास‚ गाउँको विकास गर्न जमिन जल र निर्भरता तथा प्रोत्साहित नगरी निम्न आय‚ मध्यम वर्गीय‚ गरिबीको रेखामुनी रहेका किसान जनताको विकास‚ गाउँ विकास गर्न जमिन जमिन‚ जल र प्राकृतिक तथा परातात्विक सम्पदा सहित कृषि र पर्यटनलाई संयुक्त रुपमा योजना केन्द्रित भै दिगो विकास गर्नका लागि प्रतिनिधीमुलक संस्था स्थानीय तह सरकार सिंहदरबारबाट समुदायमा आधारित ग्रामिण विकास कार्यक्रम Agriculture Development ख्ष्िबिनभ community Programee सञ्चालन गर्न सकिन्छ । जस अनुसार पशु‚ माछा‚ तरकारी खेती‚ फलफूल खेती‚ मौरी पालन‚ तेलहनबाली‚ नगदेबाली‚ अन्नबाली‚ सिचाई‚ शुद्ध खानेपानी‚ बनसंरक्षण‚ वातावरण स्वच्छता यसका अतिरिक्त मसलाबाली‚ कफी खेती‚ मरिच खेती‚ तिमुर खेती‚ अलैची खेती‚ आयुर्वेदिक विरुवा उत्पादन‚ जडीबुटीमा मोरिङ्गो Medicinal Plant जस्ता जीवन उपयोगी सिस्नु प्रशोधनबाट पाउडर उत्पादन‚ जैविक विषादी‚ Farming प्राविधिक प्रविधिमा आधारित उत्पादनमा बढी प्रभावकारी योजना कार्यक्रम सञ्चालन गरेर जनजीविकाको स्तरमा आशातीत उपलब्धीपूर्ण विकास गर्न सकिन्छ । नेपालमा रासायनिक मलका लागि मल कारखाना निर्माण गर्नु खास उपलब्धीपूर्ण छैन‚ नेपाल हिमाली‚ पहाड र तराई विशिष्ट भौगोलिक प्राकृतिक बनोट भएको देश हो । आवश्यकतानुसार रासायनिक मलको प्रयोग घटाउँदै जाने नीति योजना तर्जुमा गरि लागु गर्न आवश्यक छ । यसका साथै प्रदेश स्तरमा कृषि अनुसन्धान केन्द्र निर्माण गर्नुपनि आवश्यकता रहेको छैन । यस अर्थमा कि विगतमा ५ विकास क्षेत्रमा सम्भाव्य कृषिका अनुसन्धान फार्म स्थापना भैसकेका छन् तीनको उचित व्यवस्थापन गर्नु नै प्रथम आवश्यकता छ । स्थानीय तहमा बिउविजन उत्पादन केन्द्र‚ खेती प्रणालीमा विशेष
प्रकारको योजना कार्यक्रम सञ्चालन र प्रभावकारीताको आवश्यकता छ ।
महत्वपूर्ण फलफूलको खेतीबाट आर्थिक बृद्धि जैतुन‚ किवि र ड्रेगुन फूट जैतुन‚ Olive जैतुनको बोटलाई शुख‚ शान्ति समृद्धिको प्रतिकको रुपमा लिइन्छ । ग्ल्इ संयुक्त राष्ट्र संघको लोगोमा समेत २ वटा जैतुनका मुना राखिएको छ । जैतुन खेतीबाट यसको फल पिसेर वा मेसिनबाट पेलेर तेल निकालिन्छ । पिसेर निकालेको मूल्य रु १५०० र प्रशोधित एक नम्बरको तेलको मूल्य रु २५०० लिटर पर्दछ । तेल सेवन गर्नाले उच्च रक्तचाप घटाउँछ र क्याल्सियम प्राप्त हुन्छ । हाडजोर्नीलाई बलियो बनाउँछ‚ घाउ छिटो निको पार्छ‚ सुत्केरी आमा र शिशुका लागि तेल सेवन गर्नाले फायदा गर्छ ।
भान्सामा खान पकाउने उत्तम तेल मानिन्छ । सलादमा प्रयोगका साथै अनुहार र कपाल सफा र सेता हुन दिदैन । पात‚ बोक्रा जराबाट आयुर्वेदिक औषधी‚ सावन क्रिम र सेन्ट बनाईन्छ भने मेशिनरी औजार कलपुर्जामा तेल प्रयोग गरिन्छ । गाई बस्तुका लागि पौष्टिक आहार काठबाट हस्तकलाका सामान बनाइन्छ । वातावरण संरक्षण जलवायु परिवर्तनले पार्ने प्रभावमा कमि हुन्छ र यसको विरुवाको आयु १०० वर्ष भन्दा बढी हुन्छ । बाझो जमिनमा पनि राम्ररी हुर्कन्छ । बिउबाट र काण्ड तथा budding suckers सकर्सबाट खेती गर्न सकिन्छ ।
किबि‚ Kivi ठेकीफल यो एक लहरे खालको फलको विरुवा हो । सबभन्दा राम्रो खेती नेपालको मध्यम पहाडी भूभाग जग्गामा गर्न सकिन्छ । विरुवा रोप्दा बोटबीचमा १ भालेबोट रोप्नुपर्दछ । व्यवसायिक रुपमा यस फलको खेती गर्न सकिन्छ । यो फलको लहरा बढनका लागि लहरा दिनुपर्दछ । उपयुक्त अवस्थामा विरुवा रोपेर र हेरचाह भएको खण्डमा ३ वर्ष देखी फल दिन सुरु भै २०–२५ वर्षसम्म लगातार फल दिई रहन्छ । प्राप्त बोटबाट ४० कि.ग्रा. सम्म फल उत्पादन हुन्छ र ५००–६०० रु कि.ग्रा. मूल्य पर्छ । यो फलको स्वाद गुलियो‚ पोषणयुक्त बालबृद्ध सबैको शरीरलाई ताकतवर तत्व प्राप्त हुन्छ‚ विदेशी पर्यटकहरुले पनि धेरै मन पराउँछन ।
ड्रेगन फुट‚ Dragon Fruit, यो फलको उत्पत्ति दक्षिण अमेरिकामा सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । यो फलमा १६ वटै तत्व प्राप्त हुन्छ‚ खानमा स्वादिलो‚ गुलियो हुन्छ र पानी नजम्ने‚ कालो‚ बलौटे जस्तो माटो उपयुक्त हुन्छ । तराई भित्री मधेश‚ उष्णप्रदेश उपयुक्त हुन्छ ।
कृषि बाली खेती प्रणालीलाई व्यवसायिक रुपान्तरण गरी जीवनस्तरमा उच्च एवं दिगो आर्थिक बृद्धि हासिल गरी खाद्य तथा गरिबी निवारणमा योगदान गर्न उत्पादन र उत्पादकत्व बढाउन कृषि क्षेत्रको समग्र विकासका लागि नीतिगत कार्ययोजना बन्नु पर्दछ । (लेखक कृष्णबहादुर चन्द पाटन न.पा.६ पाटन गाउँ‚ बैतडी)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *