प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोना देखिएपछि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार /महेन्द्रनगर, १५ कात्तिक
माहाकाली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको लागी आएका एक बिरामीमा कोरोना संक्रमित देखिएपछि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले सुचना टाँस गरि जानकारी गराएको छ् ।
उपचारको क्रममा आएका एक युवकमा कोरोना संक्रमित देखा परेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्वास्थ्यकर्मीको पिसिआर रिर्पोट नआउञ्जले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन राज चौधरीले जानकारी दिएका छन् । बिरामीहरुसंग सम्पर्कमा आएका भनिएका स्वास्थ्य कर्मीहरुको पिसिआरको लागी स्वाब संकलन गरि पठाईएको छ् । केही दिन अघि मात्रै प्राथमिक स्वास्थ्य केन्द्र दोधारा उपचार गर्न आएका एक ब्यक्तीलाई प्राथमिक स्वास्थ्य केन्द्रले रिर्फर गरेर महाकाली अञ्चल अस्पताल पठाएको थियो । उनको पिसिआर जाँचमा कोरोना संक्रमित देखा परेको हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *