भीमदत नगरपालिकामा नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यममा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १ कात्तिक
कञ्चनपुरको भीमदत नगरपालिकामा अब भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गरीने भएको छ । नगरपालिकालाई सूचना प्रविधिमैत्री नगरपालिका निर्माण गर्ने उद्येश्य अनुरुप नगरपालिकाले भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गर्न विद्युतीय नक्सापास प्रणाली सफ्टवेयर प्रयोगमा ल्याएको
हो । सो सफ्टवेयर प्रयोग गर्ने भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेशमै पहिलो नगरपालिका भएको छ भने देश भरीमा ९ औं नगरपालिकामा भएको छ । बिहीबार एक औपचारीक कार्यक्रमका बिच भिमदत नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गर्न विद्युतीय नक्सापास प्रणालीको उद्घाटन गरेका हुन । कार्तीक १ गतेबाट विद्युतीय नक्सापास प्रणाली सुरु हुने भीमदत्त नगरपालिकाले जनाएको छ । अब घर नक्सा डिजीटल प्रणालीमा गएको उनले जानकारी
दिए । भीमदत नगरपालिकाले विद्युतीय नक्सापास प्रणाली लागु गरेको र नगरपालिकाका अन्य सेवालाई पनि डिजिटल बनाउने कार्य सुरु गरिएको नगर प्रमुख बिष्टले बताए । यसअघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृत गर्दै आएको थियो ।
अबदेखि नगरपालिकाले विद्युतीय नक्सापास प्रणाली मार्फत नक्सा स्वीकृत गर्ने भएको छ । भुमि व्यवस्थापन तथा भवन नियमन शाखाले कागज रहित नक्सा पास गर्ने भएको छ । भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख ईन्जिनियर दिपेन्द्र प्रशाद जोशीले विद्युतीय प्रणाली अनलाईन मार्फत नक्सा पासका लागि सेवाग्राहीले आवेदन गर्नुपर्ने बताए ।
पहिले सेवाग्राही फाईल बोकेर कार्यालय आउनुपर्ने बाध्यता रहेकोमा अब त्यो व्यवस्था हटेको ईन्जिनियर जोशीले बताए । नक्सा पास गर्नाले व्यवस्थीत सहरीकरण, वास्तबिक बिकास,सुरक्षित बस्ती विकास हुनुका साथै धनजनको सुरक्षा गर्न सहज हुने भुमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख ईन्जिनियर जोशीले बताए । भीमदत नगरपालिकाका सुचना अधिकारी हरीसिहं धामीले अब कार्यालयमा नआई सबै कागजात अनलाईबाट भरी घर नक्सा पासगर्न सकिने छ ।
भीमदत नगरपालिकामा ८ हजार भन्दा बढीघर नक्सा पासभएका छन । अहिले देशभरमा भीमदत नगरपालिका सहीत ९ ओटा नगरपालीकामा मात्रै घर नक्सा पासका लागी विद्युतीय नक्सापास प्रणाली इबीपीएस सफ्टवेयर प्रणाली प्रयोग भइ रहेको जनाईएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *