विदेशीका विज्ञापन कति जायज बेजायज

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विरामी उपचारको लागी छटपटिएको हुन्छ हाम्रा स्थानीय समाचार माध्यमले छिमेकी भारतका खटिमा, बनबासा तथा पिलिभित र बरेलीका अस्पताल तथा डाक्रहरुको बारेमा गुणगान गाईयो, डाक्टर अस्पताल राम्रो छ त्यहाँ गएर उपचार गराउ भनि विज्ञापन छापेको रेडियोमा बोलेका हामी सुन्दछौं । अस्पताल र त्यहाँका डाक्टरहरुको बारेमा राम्रा छन भनेर विज्ञापन गर्नु हामी मिडिया हाउसको जिम्मेवारी भित्र पर्छ पर्दैन प्रेस काउन्सीलले समयमा नै हेर्नुपर्दछ अन्यथा भोलीका दिनमा बढी समस्या पनि आउन सक्छ ।
नेपाल सरकारले हाम्रा मिडिया हाउसलाई विज्ञापन दिएको छ दैनिक पत्रिकाले प्रसस्त मासिक विज्ञापन शुल्क पाएको छ । केवल कोही मन नपरेका साप्ताहिकहरुमाथि भेदभाव भए पनि त्यो भेदभाव नगन्य रुपमा छ । दविन्छ गुणीको दोष गुणका रासमा परि भनेझै भएको छ । कसैले पनि फलानो पत्रिकालाई भेदभाव गरेको छ भन्न सकिने अवस्था छैन जुन पत्रिकामाथि भेदभाव भएको छ त्यो दुवैथरलाई थाहा छ नेपाल सरकारको विरुद्धमा जाने शक्ति नै हुदैन जे भए पनि विदेशीलाई भन्दा स्वेदशी विज्ञापन बढी खोजौं । विदेशी विज्ञापन त्यसमा पनि जीवन सितको सौदाबाजी हामी सबै मिडियाले बन्द गरौं, कही विरामी झुक्किएर विज्ञापनको आडमा गई धोका नपाओस भन्ने हाम्रो पनि सुझाव रहेको छ । बाँकी अधिकारी प्रेस काउन्सील र सरकार हुन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *