पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपाल गेट निर्माण गरिने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर, १ कात्तिक
कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपाल गेट निर्माण गरिने भएको छ । नेपाल गेट निर्माणका लागि भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष २०७७÷०७८ मा अस्मिता विल्ड्रर्स प्रालिसंग ६२ लाखको लागत सम्झौता गरेको छ । माघ मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको उक्त गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति सहित नेपाली भूगोल र लोक संस्कृतिको झझल्को दिने प्रतिक राखिने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए ।
नेपाल–भारत सीमा नाका गड्डाचौकीमा नेपाल गेट निर्माण भएपछि विदेशी पाहुनाहरुलाई उक्त गेट हुँदै नेपाल प्रवेश गर्दा गेटबाटै नेपालका विभिन्न राष्ट्रिय प्रतिकहरुको
बारेमा जानकारी मिल्ने र गौतम बुद्ध जन्मेको देश भनेर समेत अनुभूति हुने अपेक्षा गरिएको छ । गड्डाचौकी स्थित पश्चिमी सीमा नाका नजिकै यसअघि ७७ फिट अग्लो स्तम्भमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । सोही झण्डा राखिएको क्षेत्रमा पार्क निर्माण गर्ने भीमदत्त नगरपालिकाको योजना समेत रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *