नेपालमा नेपाली सुखी छन वा दुःखी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–कृष्ण बहादुर चन्द
समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. ६ पाटन, बैतडी

नेपाल विश्वमा एक अद्धितीय वैभवशाली प्रकृति प्रदत्त विश्वमा आफ्नो मौलिक पहिचान बनाएको गुरुराष्ट्रको रुपमा मान्यता प्राप्त भएको देश हो । छिमेकी भारतमा अंग्रेज शासनको प्रभाव‚ नेपाल सयौं भागमा विभाजित भएको र गहिरो संकट आईपर्ने अवस्थामा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाललाई बाह्य शक्तिबाट बचाउनका साथै नेपाललाई एकिकरण गरी नेपाल निर्माण गरेको हुँदा आज हामी नेपाली बनेर विश्वमा नेपाल देशको नागरिक बनेर सम्मानका साथ बाच्न पाएको तथ्य प्रष्ट छ ।
नेपाल निर्माता पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरि बलियो र शक्तिशाली नबनाएको भए नेपालको अस्तित्व इतिहासबाटै लोप हुने खतरा रहेको थियो । पृथ्वीनारायण शाहपछि देश दर्शनको अभियानमा पैदल भ्रमण गरी जनताको अवस्था स्थिति बुझ्न राजा महेन्द्र नै हुन । पुर्वको विकट पहाडी जिल्ला ताप्लेजुङ देखि सुदूरपश्चिमको दार्चुला सम्म २०१४ सालमा भ्रमण पुरा गरी देशको उन्नतिको लागि खाका कोर्न तथा पूर्व पश्चिम र उत्तर दक्षिणका सडक निर्माण‚ सिचाई नहर‚ कृषि फार्म‚ उद्योग कलकारखाना लगायत जनताका आधारभूत विकासका आवश्यकता परिपूर्ति गर्न विकास निर्माणको थालनी गरेको हुँदा नेपालमा विकासको गति लिदै गएको निरन्तरता रहेको छ ।
राजा महेन्द्रले नेपाललाई २०१८ साल बैशाख १ गते १४ अञ्चल ७५ जिल्ला बनाएको‚ उत्तर–दक्षिण‚ पूर्व–पश्चिम नेपालको विकास गर्न आधारशिलाको रुपमा रहेको यसैगरी ५ विकास क्षेत्र निर्माण गरएको थियो । राजा महेन्द्रले नेपाललाई संयुक्त राष्ट्र संघको ग्ल्इ स्थायी सदस्य बनाएर नेपालको परराष्ट्रनीति स्तरयुक्त बनाएर असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा नेपालको प्रतिष्ठा मान सम्मान उच्च स्थानमा राखेको अवस्था छ । राजा महेन्द्रको स्वर्गारोहणपछि देश र जनताको विकास छिमेकी राष्ट्रहरु लगायत विश्व राष्ट्रसँगको सम्बन्धमा उल्लेखनीय महत्वपूर्ण ऐतिहासिक योगदान रही आएको छ । यसरी नेपालमा राजसंस्थाले देश र जनताका लागी दिएको सार्थक चिन्तन र विकासको प्रतिफल आज नेपाली आम साधारण जनतालाई यसको माया छ । यो धुब्रसत्य हो । क्ष्त ष्क universal.वर्तमान सरकारले घोषणा गरेको अर्थात नेपालका लागी र नेपालले चाहेको समृद्ध नेपाल‚ सुखी नेपाली तव मात्र सम्भव हुनसक्छ जबसम्म भ्रष्टाचार मुक्त विधिको शासन Good Governance बलम Corruption control देशमा हुन सक्छ‚ साथै अकुत सम्पत्ति आर्जन गरेको कालोधन र सम्पत्ति जाँच गरी शुद्ध धनमा परिणत (Money laundering_ र राज्य कोषमा जम्मा गरिनुपर्छ । भ्रष्टाचार‚ अनियमितता‚ दुराचार‚ अत्याचारका विरुद्ध जनताले लड्ने बेला आईसकेको छ ।
सफल नेता हुनुलाई संकीर्ण विचार र दलगत तथा निहित स्ावर्थबाट माथि उठ्नुपर्छ गलत र सहीलाई छुट्याएर जनहितका लागि काम गर्नुपर्छ जस्तो कि नेपालमा विगतको
राजसंस्थाा र विपी कोइराला‚ भारतका महात्मागान्धी र पश्चिमा मुलुकका (अफ्रिका) नेलशन मण्डेलालाई २९ वर्ष जेलमा राख्नेलाई उहाँले सत्तासँग लिएर अगाडी बढेको प्रतिशोध नलिएको आत्मज्ञानका साथ अघि बढेर देश र जनताको हितको पक्षमा काम गरेर देखाएको सर्वविदित छ । त्यस्तो सिकाईको अनुसरण हाम्रा जेलनेल बसेका भनिएका नेताहरुबाट हुन नसकेको तर आज राज्य सञ्चालन र नेतृत्व गर्दै ३० वर्ष भैसक्यो तर सार्थक परिणाम जनताले भोग्न पाएका छैन बर गरिबीपन बढ्दै गएको नेपाली नागरिक विदेश पठाउने‚ पलायन गराउनमा नीति योजना बन्न पुगेको अवस्था भएको छ । प्रतिशोध र निस्तेजबाट ग्रसित सत्ता स्वार्थ केन्द्रित भएर मात्रै जनता र देशको उन्नति भाषण र कुरामा मात्रै अगाडी बढ्दैछ ।
राज्य सञ्चालन र नेतृत्वमा बसेका र स्वार्थ प्राप्ति गर्नेहरुले आवधिक निर्वाधनमा नेतृत्व फेरिन्छ भन्ने साथै प्रसस्त उचित अनुचित उदाहरण प्रस्तुत र भन्ने गर्दछन तर गल्ती सुधार गर्ने तफर् नचाहने सत्ता र प्रतिपक्ष आ–आफ्नो स्वार्थपुर्ति र उद्देश्यप्राप्ति गरिरहेको अवस्था छ । यही राजनीतिक अलोकतयता जगजाहिर छ‚ जनता भनिराखेका छन । लोकतन्त्र भन्नु भनेको प्रजातन्त्र नै हो‚ विकल्प पनि प्रजातन्त्र नै हो ।
जब जब राष्ट्रको मुलकला संस्कृति‚ इतिहास‚ भाषा‚ धर्म‚ मौलिक मान्यता‚ राष्ट्रिय‚ राष्ट्रिय पहिचान‚ एकता सामुहिक पहिचान Recognization र साँस्कृतिक पहिचान Cultural Identity देश भित्रैबाट खण्डित गर्ने र निहित स्वार्थका लागी बाह्य शक्तिको प्रलोभनमा परेर नेपालमा दलका नेताहरुबाट जनतामा परिवर्तनको नाममा आकषिर्त नयापन देखिने तर काल्पनिक‚ भ्रमित सृजना गर्ने कामलाई समर्थन जुटाउने‚ बढावा दिने काम हुन्छ तव तव छिमेकी र परकाहरुबाट आ–आफ्ना स्वार्थ र आवश्यकता परिपुर्तिका लागी प्रशंसा गरेर समर्थन सहयोगका साथ उत्प्रेरित गर्ने काम बाह्य व्यक्तिबाट हुने गरेको अवस्थाले गर्दा नेपालको मौलिकतामा ह्रास‚ आन्तरिक र परराष्ट्र नीति कमजोर हुनुको मुख्य कारण हो । हाल नेपालमा मान–सम्मान प्रतिष्ठा र राष्ट्रियता तथा राष्ट्रबाट माथि अपमान भएको छ । देश र जनताको मान‚ मर्यादाप्रति लाभहानीमा ध्यान पुर्‌याउनु पर्छ कि पर्दैन‚ जनता जान्न
चाहन्छन । अहिलेका राजदूत पैसाका लागी मानव बेचविखन सम्मको अपराधमा विवादित हुनका साथै कुटनीतिक महत्व र मर्यादा अनुरुप ज्ञान‚ अनुभव र विवेकहीनता ठहर्छ ।अ बाँकी समाचार पृष्ठ ३ मा समाज किन आक्रोसित छ ?
नेपालमा भएको १० वर्षको शसस्त्र विद्राहबाट देश र जनताको जनधन‚ भौतिक संरचना‚ सामाजिक‚ संस्कृतिको नष्टगरियो साथै छिमेकी र विदेशी भूमिमा गरिएको १२ बुँदे दिल्ली सम्झौताको सहयोग र सहमति र प्रभावबाट स्थापित गरिएकेा भनिएको राजनीतिक परिवर्तनको नाममा आज त्यसको परिणामले विदेशीको नक्कल शिक्षा‚ ज्ञान ग्रहण गर्ने तर आफ्नो धर्म ग्रन्थ‚ मौलिक रहनसहन‚ भेषभुषा‚ आफ्नोपन नीति र ज्ञान त्याग्नु पर्ने वर्तमानमा अभ्यास भैरहेको के यो देशहित र जनहित तथा मर्यादित राष्ट्रियता हो ? नेपालमा २०७२ को संविधान निर्माण गर्दा संविधान सभाका सदस्य लगायत उच्च पदस्थ राष्ट्रसेवक कर्मचारीको टीम नेपाली जनताका भावना र राय सुझाव संकलन गर्न ७५ वटै जिल्लाका प्रमुख स्थानहरुमा पुगेरै नेपाली जनताको भावना र राय सुझाव संकलन गरेर संविधान सभामा लगेको तर जनताका राय सुझाव र भावना विपरित संविधान निर्माण गर्दा ६०१ सभाषद्बाट छलफल‚ बहस । निर्णय नभै सिमित नेताहरुबाट नेपालमा धर्म निरपेक्षता‚ संघीयता‚ गणतन्त्र घोषणा गरियो के यो सत्य होइन ? जनता जान्न चाहन्छन । हाल देशमा ७६१ सरकारहरु छन जस मध्ये ७५३ स्थानीय तह सरकार जसलाई सिंहदरबार भनिन्छ र बीचकमो तह प्रदेश सरकार ७ वटा छन र प्रदेश सभा सदस्य माननीय तथा मन्त्रालयहरु छन भने केन्द्रमा संघीय संसद र मन्त्रालयहरु स्थापित छन सरकार सञ्चालन‚ शुसासन‚ अनुशासन‚ कार्यशैली‚ नीति के जनता र देश हित अनुकुल भैरहेको छ ?
दैनिक उपभोग्य बस्तु खाद्यान्न‚ दाल‚ चिनी‚ तेल‚ औषधी लत्ताकपडा लगायत सामग्री तथा गाडीभाडा यी सबै बस्तु सामानमा विगत २०७६ चैतदेखि बृद्धि शुल्क हुँदै आज ४/५ गुनाले बृद्धि भएको अवस्था छ । यसको प्रत्यक्ष मारमा आज जनता परेका छन् । जनतालाई महंगो मारबाट बचाउन राहत दिन‚ महंगी नियन्त्रण गर्न सर्वसुलभ अवस्थामा कायम राख्न र सुधार कसले गरीदिने हो ? जनता भनि राखेका छन् ।
नेपाली कांग्रेस– नेपालीका बरिष्ठ नेता रामचन्द्र पौडेलले २०७७/६/१९ गते ११:४४ एम) जनता टि.भि. विचार मन्थन कार्यक्रममा “जतिपनि नेपाली नागरिकहरु कामका लागि भारत तफर् जान लागेका छन‚ तिनीहरुलाई लाज लाग्दैन आफ्नै देशमा काम गर्न हुँदैन” भन्नुभएको छ । के बोल्ने हो ? के बोल्न नहुने हो ? के गर्नुहुने हो‚ के गर्नु नहुने ? के सत्य हो ? के असत्य हो ? बाह्य शक्ति र परनिर्भरतामा बाच्न चाहेका देश र जनताको चिन्ता र परवाह नगर्ने अनुउत्तरदायी‚ unacountability अनैतिकताको मानसिकताबाट ग्रस्त भएका नेताहरुबाट देशका जनताले के भरोसा गर्ने होला ? “मूल कांग्रेसले देखाएको बाटो हालको कांग्रेसले विराएको अवस्था छ ।” प्रजातन्त्रको बोलवाला र विपि कोइराला महापुरुषको सम्झना र बोली रहने तर आदर्श गुमाउँदै जाने जनहित र देशहित नभै सत्तामा बस्न र रमाउन खोज्ने दलवाद‚ गुटबाद‚ धनवाद‚ व्यक्तिवाद‚ कार्यकर्ता र भातृ संगठनवादमा बढी आकर्षण लगाव र परिपोसित भएका कराण नेपाल भ्रष्टाचारमय बनाउनमा नेपाली कांग्रेस पनि २०४८ साल देखि नै प्रथम स्थान कायम गर्नमा सक्षम भएको अवस्थ्ा छ यसमा कुनै संका छैन । सत्तामा पुगेपछि कसले कति आर्थिक अकूत सम्पत्ति बटुल्न र राज्यदोहन गर्न सक्छ त्यो प्रतिस्पर्धामा नेपाली कांग्रेसको पनि नीति बन्न पुगेको छ ।
नेपालमा प्रजातन्त्र पुनर्वहाली भएर २०४७ को प्रजातान्त्रिक संविधान निर्माण गरेपछि २०५६ सालमा कृष्णप्रसाद भट्टराईको प्रतिष्ठा र मानलाई अघि सारेर स्वस्थ बहुमत प्राप्त गरेपछि उनको नेतृत्वमा बनेको सरकारले कुशलतापुर्वक देशहित‚ जनहितलाई आधार बनाएर चलाईरहेको सरकारलाई कांग्रेस भित्रैबाट त्यो सरकारलाई ९ महिनामा नै अपदस्त गरी गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वमा सरकार बनाएर देश दुर्गतिको बाटोतफर् हिडालेको इतिहास बोल्छ ।
नेपालका एकताका प्रतिक‚ नेपाल निर्माता बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती र एकता दिवस २०६३ पछि गठित मन्त्रिपरिषद्का प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाबाट हटाइयो‚ जुन नेपालको इतिहास नै मिटाउने काम प्रारम्भ भयो । राष्ट्रभक्त नेपालीको अपमानको सुरुवात हुँदै विश्वमा पहिचान बनेको अखण्ड हिन्दुराष्ट्र नेपाललाई निरपेक्ष गर्ने जस्ता कुकृत्य हुँदै आएको अवस्था छ ।
“सबै जातजातीको यो देश साँझा फलबारी हो ।”
युरोपेली विद्वान ‘सोनोहेगन’ले नेपाल nuot ५० देशको भ्रमण गरेपछि भन्नुभयो “नेपाल विविधताको देश भएर पनि वैदिक सनातन धर्म भएको विश्वमा पहिचान रहेको एक मात्र हिन्दु देश नेपाल हो‚ यसमा कुनै अत्युक्ति छैन र सत्यता छ ।” यस्तो पनि “२०६८ साल माघ १६ गते सहिद सप्ताह मनाईरहेको बेला बाबुराम भट्टराई (प्रधानमन्त्री) ले पुष्पकमल दाहालको टाउकोमा माल्यार्पण गरेका थिए । “जालझेल‚ परिपञ्च र बाह्यशक्तिले गर्दा नेपालमा धर्म निरपेक्षता‚ संघीयता र गणतन्त्र लादिएको हो” भनिएको छ ।
भ्रष्टाचार गर्नेहरु एकातिर छन भने अर्कोतिर सरकार राज्यको तफर्बाट संरक्षण गर्ने गरेको अवस्था छ । देश र जनताको विकास र शुसासन तथा कानून नियमको परिपालना हुन्छ कसरी ? नेपालमा कोरोना भाइरस महामारीको असर र प्रभाव २०७६ चैत पहिलो हप्ता देखिएपछि सरकारले गर्दै गरेको रोकथामको व्यवस्थापनमा भए गरेको काममा अनियमितता‚ भ्रष्टाचार भएको भन्ने व्यापक कुरा उठेको र बन्दाबन्दी गर्दा सर्वसाधारण‚ दैनिक मजुरी गरी तथा रोजगारी गरी खाने मजदुर लगायतका वर्गका लागी तथा महामारी रोग पिडितका लागि क्वारेन्टाईन व्यवस्थापन र राहत सामग्री वितरणमा अनियमितता‚ भ्रष्टाचार व्यापक रुपमा देशभरी भएको स्थिति देखियो । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा र बैतडी जिल्लाका स्थानीय तह सरकार मध्ये पाटन नगरपालिकामा भएको भ्रष्टाचार‚ अनियमिततामा परी अख्तियारले कार्वाही अघि बढाएको अवस्था छ । भरपर्दो‚ स्वच्छ र निक्ष्पक्ष रुपबाट जनता समक्ष विश्वास लाग्दो परिणाम आउने छ भन्ने समाजले अपेक्षा गर्दछ ।
भारतमा कोरोना भाइरस महामारीको विषम परिस्थितिबाट बच्न भारतमा रोजगारी कामका लागी गएका हजारौं नेपाली नागरिकहरु आफ्नो देश फर्केका र यसरी विदेशीएका आफ्ना नागरिकलाई भरपर्दो रोजगारी र कामको व्यवस्था गर्ने घोषणा गरेको तर यसरी यसरी आफ्नो घर गाउँ फर्केकाहरुले ४/५ महिनासम्म बस्दा नितको बारेमा सरकारबाट कुनै पनि व्यवस्थापन र सुनवाई नभएको अवस्था र तीनि नागरिकहरुको घर व्यवस्थापन‚ परिवार पालन तथा दैनिकी जीवनयापनमा समस्या पर्न जाँदा पुन: सुदूरपश्चिम लगायतका भारत नेपालका सिमाबाट हजारौंको संख्यामा रोजगारी र कामका लागी भारत जान परेको बाध्यात्मक स्थिति र अवस्था पर्न गएको यसको सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट कुनै पनि पलहकदमी भएन । देश र जनताको हकहित र व्यवस्था गर्ने भन्ने ठूला ठूला भाषण र कुरा गर्ने गर्थे‚ संविधानमा नागरिकको हकहित स्वास्थ्य‚ खाद्य सुरक्षा र रोजगारको जिम्मा राज्य सरकारले लिएको छ भन्ने कुरा लेखिएको छ तर कुनै सुनवाई भएन ।
नेपालको संविधान २०७२ को सबैभन्दा पहिलो हरफ वाक्यांश “नेपालको सार्वभौमिकता र राजकीय सर्वोच्वता नेपाली जनतामा छ” भनिएको छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सामाजिक न्याय सहितको तीब्र विकास‚ निमुखा जनताको जीवनोस्तर भएको छ त ? विकास र शुसासन सहितको तीनै तहका नउत्तरदायी सरकार समृद्ध अर्थतन्त्रको निर्माण र कार्यान्वयन के राज्य उच्च महत्वको साथ अघि बढिरहेको छ त ? जनता भनिराखेका छन् । कामको खोजीमा भारततफर् जान लागेका नेपाली नागरिकहरुलाई माउन्टेनटीभीका सम्वाददाताले ‘अहिले भारत कोरोना भाइरस अत्यधिक रुपले विषम परिस्थितिबाट प्रभावित भएको अवस्था छ किन जानु हुन्छ भनि सोध्दा’ “नेपालमा भोकले मर्न भन्दा भारतमा नै जस्तो होला बाध्यता छ” तिनी नागरिकहरुले भनेका हुन । (लेखक कृष्णबहादुर चन्द समाजसेवी पूर्व कृषि अधिकृत पाटन न.पा. ६ पाटन बैतडी)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *