हाम्रो धर्म, संस्कृति र परम्परा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२ बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

कलियुग, द्वापरयुग र सतियुगदेखि नै चलि आएको हाम्रो धर्म, संस्कृति परम्परा हाम्रो जीवनको अभिन्न अंगकै रुपमा रहेका छन् । समाज एक अर्काको प्रत्यक्ष अप्रत्यक्ष सहयोग विना रहन सक्दैन र सम्बन्ध नविकरण नभए इजाजत पत्रको म्याद समाप्त भएझै समाप्त हुन्छ । सम्बन्ध नविकरण नहुँदा सम्बन्ध विर्सेर गइन्छ । विभिन्न प्रकारका सम्बन्ध नविकरण गरी पुनः नेपाली समाज एक अर्कामा थप आकर्षण गरियोस, आफ्ना अतिरिक्त थप सम्बन्ध जोडिदै जावस भन्ने चाहनाका साथ वर्ष भरीमा विभिन्न चाँडपर्वहरुको आगमन भईरहन्छ । समयानुकुल मिल्नेगरी हेर्दा धर्म सम्प्रदायमा अलग्गै रौनक देखिने तर सबैको एकझै एकताको रुपमा देखिने पर्वहरु स्वागत योग्य छन । हिन्दु धर्माबलम्बीहरुमा पनि जैन, बौद्ध, सिक एक आपसमा मिलेकै जस्तो देखिन्। सिखहरुले दैनिक एक पटक भन्डारा लगाउँछन भने अन्य हिन्दुले प्रसादको रुपमा मन्दिरबाट फुल अक्षता तथा प्रसादी दिईन्छ । हिन्दु धर्माबलम्बी समेतको लागी वडा दशैमा बढी दिनसम्म टिकाटाला जमरा प्रसादी वितरणमा सहभागी हुन्छन भने छोटो अवधी र समयानुकुल भाइटिकामा पनि पृय मित्र, भाईबन्धुहरु सितको आपसी भेटघाट मिलन गरी पन्छीमा काग, राष्ट्रिय जनावरमा गाई तथा घरपालुवामा अनेक हाउभाउ बुझ्ने घरको चौकिदारको रुपमा रहेका कुकुरहरुको समेत हामी
परम्परा अनुसार पुजा गर्छौ । रामराज्यको नामबाट चिनिएको राज्य व्यवस्थाको परिकल्पनामा हामी तथा राजपरिवार पनि रहेको थियो । आज दुर्भाग्यबस हामी गृहकलहमा फसी देशमा हत्या हिंसा फैलाई रामराज्यको परिकल्पनाको ठीक उल्टो दिशा समात्न पुग्यौ । पश्चिमी जगत स्वार्थ पूर्ण अवस्थामा रहेकाले उसबाट हामी दोहन गरिदै छौ, पुर्वी दर्शन र पश्चिमी दर्शनमा आकाश पातालको फरक भए पनि पश्चिमी जगत अनुशासित भएको हामी पाउँछौ । बेलायतमा राजसंस्था आजसम्म पनि जिवित रहेको छ । कारण त्यहाँ पनि
राजसंस्था हटायो त्यसपछिका दिनहरु अनेकता र हिंसा भ्रष्टाचारमा विते त्यसपछि त्यहाँका राजनीतिक दार्शनिकहरुले देशमा शान्ति शुव्यवस्था अमनचयन कायम राखी पहिलेकोझै देशमा अनुशासन इमान्दारीता कायम राख्न १० वर्षपछि राजसंस्थाको पुनःस्र्थापना गरायो । आज त्यहाँ एजिलावेद द्धितीया नै रहेकि छन् । व्रिटिसको राजसंस्था नमूनाको रुपमा
रहेकोले त्यहाँको जस्तै राजसंस्थाको स्थापना गर्न २०४७ को संविधानले निर्दिष्ट गरेको हुँदाहुँदै जसले २०४७ को संविधान ल्याएका थिए उनैले त्यसको उल्लङ्घन गरी संविधान तथा राजसंस्थाको समेत हत्या गरी आज ब्रिटिसको जस्तै अवस्थामा नेपाल पुगेको छ । जसले राजसंस्था फालेका थिए उनै पुनःस्थापना गर्नको लागी जोखिम उठाई रहेका छन् ।
नेपालमा पनि राजसंस्थाको पुनरबहाली भएनभने देशले ठूलो मूल्य चुकाउनु पर्ने र नेपालको नाम मेटिने सम्भावना उनै नेता र नेपाली जनता स्वयम् देखिरहेको छन् । राजसंस्थाले देशलाई विगार्ने रहेनछ बरु एकताको सुत्रमा देश बाधिने रहेछ भन्ने प्रमाण जापानको राजसंस्थाले दिएको छ । नेपालका राजाहरुले कहिले पनि स्वइच्छाले शासन गर्न पाएन । पृथ्वीनारायण शाह र राजा महेन्द्रले आफ्नो दर्शन लागु गर्न सकेपनि अरु राजाहरु दलालहरुको चंगुलमा रहेका यथेष्ट प्रमाणहरु छन् ।
सबैभन्दा गम्भिर रुपले दलालहरुको चंगुलमा फसेका राजा ज्ञानेन्द्र हुन । उनलाई अप्राकृतिक तरिकाबाट सत्ताबाट हटाए पनि देशको शासन भार छोडन तयार भए तर देश छोडी जान मन्जुर भएनन् मरे यहीको माटोमा मर्छु बाँचे यहाँकै माटोमा बाँची देशको माटोमा बाँची देशको सेवा गर्नु भन्ने नाराका साथ आजसम्म नेपाल आमाको सेवामा समर्पित भई नै रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *