सुरक्षा चेकजाँचमा कडाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, १ कात्तिक
चाँडपर्व लक्षित गरि प्रहरीले चेकजाँचमा कडाइ गर्न थालेको छ । सवारी साधन दुर्घटना हुनेको संख्या बढदै गएपछि कञ्चनपुरका विभिन्न स्थानमा सुरक्षा चेकजाँचमा कडाई गरिएको छ । महेन्द्रनगर बजार क्षेत्र आसपासका क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडाईका साथ लागु गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । त्यस्तै कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठ लगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी निषेधाज्ञा अनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजा बाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यक रूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ । घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, संघसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूद लगायत क्रियाकलाप गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेकोे निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्र रुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ । चाडपर्वका अवसरमा जुवातास र गैरकानूनी रूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ । राजमार्ग छेउछाउका खुलारूपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने सामान खरिद तथा उपभोग नगर्नसमेत उपभोक्तालाई सुझाव दिइएको छ । पटाका लगायत विष्फोटक पदार्थ ओसार पसार गर्ने, ध्वनि प्रदूषण लगायत कुनै पनि चर्को स्वरमा माइक बजाउने कार्यमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ ।
राजमार्ग लगायत कुनैपनि स्थानमा सवारी साधन अवरोध गरी चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई कानूनी कारवाही गरिने भएको छ ।
त्यस्तै माहाकाली नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले माहाकाली नगरपालिकाको मुल सडकमा गुड्ने सवारी साधनहरुमा चेक जाँच गर्ने विशेष अभियान थालेको हो । चाडँपर्व नजिकिदै गर्दा माहाकाली नगरपालिकामा प्रहरीले सवारी साधन चेक जाँचमा कडाई गर्न थालेको हो । पहिलो पटक कारवाहीमा परेमा चालकलाई सम्झाई बुझाई छोड्ने, दोस्रो पटक कारवाहीमा परे सवारी चालकलाई एक हजार देखि रु. १५ सय सम्म जरिवाना तिराउने गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीका मोहन राज भट्टले जानकारी दिएका छन् । ‘यूवा वर्गमा लाइसेन्स नभए पनि सवारी कुदाउन पाईन्छ भने जस्तो मानसिकता भेटियो, त्यसले दुर्घटनाको संख्या पनि बढेको छ, त्यसैले सवारी चलाउन लाइसेन्स लिनै पर्छ भन्ने कुरा सचेत गराउन चेकजाँच तीव्र पारिएको हो ।’ अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीका मोहन राज भट्टले भने । तिन महिना यता १ सय ७८ जना सवारी साधन चालक कारवाहीमा परेको उनले बताए । तिन महिनाको अवधीमा रु. १ लाख २५ हजार राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीका मोहन राज भट्टले बताएका छन् । बिना अनुमति पत्र, हेलमेट सवारी चलाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई पठाउने दोस्रो पटकको पनि यस्तै गल्ति दोहो¥याएमा कानुन बमोजिम चालकलाई जरिवाना तिराउने गरिएको बताईएको छ् ।
प्रहरीले माहाकाली नगरपालिकामो बिभिन्न सडकहरुमा ‘सरपराईज चेक जाँच’ गर्ने तयारी सुरु गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् । तिन महिनाको अवधीमा मोटर साईकल दुर्घटनाको कारण २ जनाको ज्यान गएको छ भने, ५ सवारी साधन दुर्घटना भएको प्रहरी संगको अभिलेखमा उल्लेख छ् । सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने, हेल्मेट नलगाई, क्षमता भन्दा बढी यात्रु चढाउने, सवारी दर्ता किताब, मादक पदार्थ सेवन गरेर सवारी चलाउने सवारी चालकलाई कारवाही गरिने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ । चाँडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधिलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य राखेर माहाकाली नगरपालिकामा प्रहरीले सर्वपिक्षय बैठकको तयारी गरेको प्रहरी श्रोतले जनाएको छ् । विशेष गरि दशै, दीपावली तथा छठ पर्वको समयमा कानुनले निषेध गरेका कृयाकलाप गर्न नगराउन सोकारवाला पक्ष राखी समाजमा जानकारी पु¥याउने उद्देश्यले बैठकको आयोजना गर्ने तयारी भएको बताईएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *