देशलाई भागबण्डामा होइन कानूनमा बाँधौं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

देश र देशका जनतालाई कानून रुपी डोरीमा बाँधौ भागबण्डामा होईन । पृथ्वीनारायण शाह पुर्वका राजाहरु देशलाई भाई छोराहरुको भागबण्डा लगाउथे फलस्वरुप नेपाल बासइसे चौविसे राज्यमा विभक्त भयो बाह््य आक्रमण गर्नेहरुको लागी सजिलो पनि भयो बाह्य आक्रमणबाट राष्ट्रलाई बचाउन र गौरवशाली विशाल राष्ट्र बनाउने नियतले ती राज्यहरुलाई एक सुत्रमा बाध्ने निर्णय गरे गोरखाका राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहले । इतिहासकारहरुले सम्पूर्ण कुरा लेखी सकेका छन, कि पृथ्वीनारायण शाह को थिए को हुन भनेर मात्र होइन कि नेपाल निर्माता यिनै हुन भनि पूर्ण नेपालीलाई थाहा छ । देशलाई बटवारा गर्ने काम कौरब पाण्डवको समयमा पनि भैरहेको थियो । र बटवारा नै महाभारतको युद्धको विउ रोपिएको थियो । त्यसबेलाको चलनले राणाका भाई छोराहरुले देशलाई विभाजन गरी भागबण्डा गर्ने पाउने नैतिक हक भएको र कौरवले पाण्डवलाई एक गाउँ पनि दिन नमानेकोले अन्यायमा परेका पाण्डवको पक्षमा लागी श्रीकृष्णले पाण्डवको साथ दिई सारथी भई महाभारतको युद्धमा लडी कौरवको पराजय र पाण्डवको विजय गराएका थिए । त्यो समयको माग खोलाको रितिरिवाज थियो । आज राष्ट्र विखण्डन गर्नमा पाप भयो । राज्यहरुले देशको भगबण्डा नगर्ने नियम बनाए र त्यही अनुरुप राज्य चलेको भए पनि शासन गर्नमा भने नेताहरुले आलोपालो गरी रहेका मात्र नभई शक्तिवाला राजनीतिक पार्टीहरुले राज्यको सञ्चालनमा तथा प्राप्तिमा भागबण्डा गरी रहेकै छन् ।
राज्य सञ्चालन गर्दा भागबण्डाले होइन कि ऐन नियमले सिमित अवधिसम्म शासन गर्नुपर्छ उहिलेका राजाहरुले परिवारको भागबण्डामा देश बटबरा गरेझै वर्तमानमा राजनीतिक पार्टीहरुले देशको अर्थतन्त्र र प्रशासनिक व्यवस्थामा भागबण्डा गर्नु भनेको देशको भागबण्डा गर्नु सरह नै हो । राज्य सञ्चालन गर्दाको नाफा नोक्सान पार्टीका नेताहरुले नपाएर देशका सम्पूर्ण जनताले पाउनु पर्दछ । हाम्रो विरोधको नाममा विरोध होइन नीतिगत प्राकृतिक न्याय संगत हो । हामी नेताहरुलाई आह्वान गर्दछौं नेहरु जस्ता होइन महात्मागान्धी जस्ता त्यागी बन, मोतीलाल नेहरु र जवाहरलाल नेहरुले देशबासी माथि हमला गर्ने प्रवृत्ति छोडौ प्रतिपक्षले सत्ता पक्ष र सत्ताधारीले सम्पूर्ण नेपालीको कदर गर्दै राष्ट्रको उन्नतिमा लागौ पक्षपात बन्द गरियोस् । हाम्रो हातमा केही नहोला सहेर बसौला तर पक्षपात गरेका सबुत हामीलाई मान्नेछन् भन्न अवश्य सकिनेछ ।
योग्यताको कदर हुनुपर्छ तपाईको कोही विपक्षी होला तर राष्ट्रको मित्र हुन सक्छ । सत्ता पक्षले राष्ट्रको मित्र खोज्नुपर्छ आफ्नो मित्र पक्ष विपक्ष होइन । हामी ७/८ सय व्यक्ति पत्रपत्रिका चलाएका छौ कुन पत्रिकाले के लेखेको छ सरी लेखेको छ भन्ने सबै कुरा जानकारी छ तर हामीले सहपाटी कसैको पनि सिकायत गर्नु हुदैन र हामी माथि पनि सकैले अन्याय गर्नु हुदैन । देशमा उद्योग खोल्न बैंकबाट ऋण लिने धेरै थिए छन् कसको व्याज कसको सावा मिनाहा भयो कसको घरखेत लिलाम गर्यो र कसले ऋण चुक्ता गरेर पनि धितोमा रहेको सम्पत्ति नेपाल औद्योगिक विकास बैंक लगायतले फिर्ता दिएन । फिर्ता गर्न मागेको रिसिवत फिर्ता नगरेको सम्पत्ति हामी देखाउन सक्छौं । हाम्रो मनसाय देश लुट्ने होइन देश बनाउने हो । हामीले देश हितको बाटो देखाउनु पर्छ व्यक्ति हितको होइन सबै मिलेमा देशको प्रगति हुन्छ अन्यथा दुर्गति हुन्छ जव २०४६ देखि २०५९/६० सम्म पुग्यौ देशले भोगेका सबै कुरा हामी सबैलाई थाहा छ । प्रसव पिडा भोगेकी नेपाल आमाले २०१७ सालदेखि २०३७ साल र २०३८ सालदेखि २०४६ सालसम्म भोगेको पिडा बुझेका छौं । त्यति बेला देशमा अर्थात विश्वमा नै सडक निर्माण गर्ने स्काईभेटर जेसिजी थिएन प्रमाणको लागी महाकाली सिचाईको मुल नहरको कुरा गरौं निर्माण हुँदा २०२८ सालदेखि गड्डाचौकीबाट निर्माण सुरु भएको यति चौडा गहिरो मूल नहर नेपाली तथा विहारी कामदारहरुले टोकरीमा माटोभरी टाउकोमा राखी काम गरेका हुन ।
त्यस्तै महेन्द्रराजमार्ग निर्माण हुँदा पनि टाउकोमा माटो बोकी सडक निर्माण गरेका हुन । त्यस बेलामा एकवर्ष लगायो र गरेका काम आजको प्रविधिले एक दिनमा गर्दछ । आजको विकाससँगै पुर्वको विकास र पछिको हुने विकास सित पनि तुलना गर्नु हाम्रो धर्म हो । त्यस्तै एकताको कुरा गर्दा पनि आज आकास पतालको फरकम परि सकेको छ । आजको एकता भ्रष्टाचारसँग जोडिएको छ । त्यसबेलाको एकता देशभक्ति तिर थियो जो म स्वयमले पनि भोगेको छु । तसर्थ मेरो हार्दिक अनुरोध के छ भने देश भागबण्डाले होइन कि कानून नियम र राष्ट्रभक्तिले चलाउनु पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *