थारु मतदाता चुनाव प्रति उत्साहित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, २६ चैत्र । पाँचौं विकास क्षेत्र हालको सातौं प्रदेशमा कायम हुन गएको कैलाली कञ्चनपुरमा बसोबास गर्ने थारुहरु आफुले कमैयाबाट मुक्ति पाएको दिन देखि नै आफ्ना हातम पाखुरी बजाएर खाने मध्येको एक इमानदार समुह हो । कमैयाबाट मुक्ति पाएपछि अचेल पैसा कमाउनमा व्यस्त देखिन्छन् । यस क्षेत्रमा मिस्त्री, साधारण कामदार आदिको काम गर्नेमा बिहारीहरुको संख्या बढी थियो तर आज भोली दक्ष र अदक्ष कामदारहरुमा कैलाली कञ्चनपुर आत्म निर्भर भएको छ । ज्यादै कडा मेहेनतका साथ थारु जातिहरुले नेपालको सेवा गरिरहेका छन् तर उनीहरु आफ्नो असल नेता छान्न चाहान्छन् । त्यसकै सन्दर्भमा स्थानीय तहको चुनावप्रति थारु मतदाता समेत उत्साहित देखिएका छन् ।
थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् ।
कैलाली जिल्लाको मध्य क्षेत्रमा थारुबस्तीको बाहुल्यता छ । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा लगायत निर्वाचन पक्षधर थारु नेता तथा कार्यकर्ता अहिले चुनावी भेटघाटमा जुटेका छन् । थारु समुदायको मत आफ्नो पक्षमा कसरी पार्ने र नेतृत्व कसलाई दिने भन्ने बारेमा समेत चर्चा परिचर्चा हुन थालेका छन् ।
स्थानीय तहको चुनावका लागि प्रचारप्रसार व्यापक भइरहँदा जनतामा चुनावी उत्साह जागेको छ । संविधानको कार्यान्वयनका लागि पनि निर्वाचन जरुरी रहेको नेपाली काँग्रेसका गरिबदास चौधरीले बताए । ‘मैले स्वायत्त क्षेत्र कैलारी गाउँपालिकामा अध्यक्ष पदमा लड्ने योजना बनाएको छु’, चौधरीले भने – ‘जनता निर्वाचनप्रति निकै उत्साहित भएका छन् ।’
संविधान संशोधन गरेर प्रदेश सीमाङ्कन नसच्याएसम्म चुनाव गरिनुहुन्न भन्ने आफूहरुको माग रहेको थरुहट सङ्घर्ष समितिका कैलाली जिल्ला प्रवक्ता माधव चौधरीले बताएपनि कैलाली कञ्चनपुरका पहाडी मुलका मानिसहरु पनि आदिबासी थारुहरुको नेतृत्व पाएमा खुसी रहने देखिन्छन् किनभने उनीहरुले इमानदारको पगरी भिरिसकेको छ । लामो समय सम्म राजनीतिमा सहभागी भएका पूर्व सभासद स्व.भज्जन राना थारु तथा पूर्व मन्त्री लबरु राना थारुको इमानदारिता देखि कञ्चनपुरबासीहरु आन्दित भएका थिए । कुनै कामको लागि जादा उनीहरु इन्कार गर्दैनथे ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *