भजनी छोटी भन्सार,खिमडी ठुलिगाड सडकको मुख्यमन्त्री भट्टद्धारा शिलान्यास








दिशानिर्देश समाचार/कैलाली, २४ असोज
कोरोना भाइरस–कोभिड–१९) का कारण प्रभाबित भएका प्रदेशका बिकास निर्माणका आयोजना तिब्र गतिका साथ अघि बढ्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन । कैलालीको बर्दगोरिया गाउँपालिकामा सुदूरपश्चिम प्रदेशको गौरबको आयोजना भजनी छोटी भन्सार, खिमडी ठुलिगाड सडक शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले कोरोनाका कारण बिकास निर्माणको गतिमा कमि आए पनि अब भने प्रदेशका आयोजना सञ्चालनका लागी कुनै पनि कमि हुन नहुने बताएका हुन । महामारीको रुपमा फैलिदै गएको कोरोनाबाट बच्दै बिकास निर्माणको कामलाई पनि अघि बढाउने मुख्यमन्त्री भट्टले बताए । प्रदेश सरकारले अघि बढाएका सामाजीक, आर्थिक र भौतिक बिकासका कामलाई तिब्र गति साथ अघि बढाएर परिणम मुखी बनाउन प्रदेशले निति तथा कार्यक्रटज्ञम अघि सारेको उनले बताए ।
प्रदेशको गौरबको आयोजना अन्तरगत रहेको छोटी भन्सार ठुलिगाड सडक आफैमा निकै महत्व बोकेको सडक भएको मुख्यमन्त्री भट्टले
बताए । भारतीय सिमाबाट सुरु हुने सडक कैलाली र डोटी हुदै कर्णाली प्रदेशको अर्थतन्त्र संग जोडिएको सडक भएकाले सडकको आफ्नै छुट्टै महत्व
रहेको मुख्यमन्त्री भट्टले बताए ।
छोटी भन्सार ठुलीगाड सडक जस्तै प्रदेशका ४/५ जिल्लालाई एकै सडकले जोड्ने गरि प्रदेश गौरबका सडकहरुलाई अघि बढाएको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिह बोहराले बताएका छन । प्रदेश सरकारले केही गरेन भन्दै जनतालाई भ्रमित र निरासा पारी मुलुकलाई पछाडी धकेल्ने खालका अभिब्यक्ती आइरहेका भए पनि नडग्मगाएर निरन्तर बिकास निर्माणका कामहरुलाई अघि बढाएको मन्त्री बोहराले बताए ।
शिलान्यास कार्यक्रममा प्रदेश सांसद नन्द बहादुर साउँद,बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु लगायतकाको सहभागिता रहेको थियो । पुर्वाधार बिकास कार्यालय कैलालीको आयोजनामा सुरु भएको सुदुरपश्चिम प्रदेशको गौरबको आयोजना छोटी भन्सार ठुलिगाड सडक ७ करोड ७४ लाख ६८ हजार ६ सय ४५ को लागतमा निर्माण सम्झौता भएको छ ।







