डा.गोविन्द केसी र सरकार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डा. केसी सेवानिवृत्त राष्ट्रसेवक हुन उनको लक्ष्य छ प्राण नगएसम्म राष्ट्रको सेवा गर्ने उनलाई देशको रितिथिति र वेथिति थाहा छ, जे देशमा भैरहेको छ, त्यो राम्ररी बुझेका छन्, उनी गलत बाटोमा छैनन् न उनी राजनीतिक जस लिन खोजी रहेका छन् । उनको शेस सामर्थ जीवन पो कति लामो छ र ? गत वर्ष अनिवार्य अवकास प्राप्त गरेका डा. गोविन्द केसी उमेरले चौसट्टी वर्ष पुगे भने अनसन आमरण १९ पटक भयो, करिव एक महिना पुग्न लाग्यो आमरण अनसन बसेको आज उनी शिक्षण अस्पतालको बेडबाट न्याय मागी राखेका छन जनताको लागी नेपाल सरकार सित पुर्व अनसनहरुमा सरकार सित भएका सम्झौताहरु कार्यान्वयनको लागी मात्र आज उनी जनताको लागी अनसनमा रहे पनि सरकारको ध्यान गम्भीर रुपमा गएको छैन । फुजेलका अधिकारी दम्पत्तिको अनसन अनसनकारीको मृत्युमा टुङ्गियो भने उनकी श्रीमती अनसनमा नै रहेकी छन लोग्नेको लास ६/७ वर्षसम्म शिक्षण अस्पतालमा रहेको छ । एक परिवारको विचल्ली भएको छ । एक छोरा माओवादीका कमाण्डर बाबुराम भट्टराईको निर्देशनमा मारिए एक छोरा बाँकी थिए उनको मनस्थिति कस्तो भइरहेको होला आमा आज सम्म अनसनकै क्रममा अस्पतालमा रहेकी छन । बाबुको मृत्यु अनसन बसेकै बेला भयो र लास ६÷७ वर्ष सम्म अस्पतालमा रहेको छ । अदालतमा मुद्दा पुगे पनि डा. बाबुराम प्रधानमन्त्री हुँदा मुद्दा फिर्ता लिइ कारवाही गर्ने भए मलाई गर भनि धम्की दिएका थिए । मुद्दा सरकारबादी हुने तर सरकारबाट नै मारिएको नभए पनि मार्ने व्यक्तिको समूह सरकारमा पुगेपछि कसले कारवाही गर्ने ? आज डा. गोविन्द केसीको बारेमा भने सरकारले गम्भिर हुनै पर्छ किनकी उनका माग आपत्तिजनक छैनन् भ्रष्टाचार उन्मुलनका साथै जनताले स्वास्थ्य सेवा सजिलै सित सरकारबाट पाउन सकुन भन्ने छ ।
डा. केसी र फुजेलका अधिकारी दम्पत्तिको जस्तो अनसन ठानी सरकारले बेवास्ता गर्छ भने देश जल्न सक्छ आगो लाग्न सक्छ पनि आगो निभाउन कठिन हुनसक्छ तसर्थ मागप्रति मात्र हैन पुर्व अनसनहरुका गरेका कबोलहरुमा सरकारले गम्भिर हुनै पर्छ । भोली देशभरका स्वास्थ्यकर्मी तथा
नागरिक समाजले ठूलो आन्दोलनको रुप नलेला भन्ने आधार केही छैन । राष्ट्रसेवकहरुले व्यक्तिगत सुविधा तलब बृद्धि राजनीतिमा पनि भागलिन पाउने माग राखी बन्द हड्ताल गरेको जस्तो अवस्था यो होइन कर्मचारीहरुको आन्दोलनमा जनता साथ दिदैनथे तर यिनको अनसनरुपी आन्दोलन २००७/२०४६ र २०६३ को जनआन्दोलनको तुलनात्मक हुन सक्दैन भन्ने आधार केही छैन । यौटा सलाईको काटीले जंगल जलाउन सक्छ ऋणको सेस बढ्दै जाँदा घरखेत लिलामी हुन्छ । सानो झगडाको शेसले परिवार देशले ठूलो नोक्सान व्यहोर्नुपर्ने नीतिगत पौराणिक सिद्धान्त पनि भएकोले ऋणशेस, अग्नीसेस तथा सत्रुसेस तुरुन्त हटाउनु पर्दछ भन्ने सामान्य नीतिले पनि बताएकै छ । डा.केसी जनता नागरिक समाज सित जोडिएका छन् । यिनको जीवन रक्षा हुनै पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *