कञ्चनपुरमा हात्ती आतंक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ असोज
कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा हात्तीले आतंक मच्चाउने गरेको छ । दोधारा चाँदनीमा दिनहु जसो हात्तीहरु आएर धानवाली नष्ट गर्ने गरेको किसानको गुनासो छ । त्यस्तै दक्षिणी क्षेत्रमा हात्तीले आतंक मचाउन थालेको छ । जिल्लाको लालझाडी गाउँपालिका लगायतका स्थानीय तहमा ठुलो झुण्डमा गाउँ प्रवेश गर्ने हात्तीको बथानले आतंक मचाउन थालेपछि किसानहरु त्रसित भएका छन् । रातीको समयमा लालझाडी गाउँपालिका वडा नम्बर ४ को डाडाजाईमा २०/२२ को संख्यामा गाउँ प्रवेश गरेको हात्तीको बथानले अन्न बालीमा क्षती पुगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले डाडाजाई पसेको हात्तीको बथानले किसानले लगाएको धानबाली र उखुबालीमा क्षती पुगाएको जानकारी दिए । प्रहरी नायब उपरिक्षक थापाका अनुसार हात्तीले झण्डै सात बिघा धानबाली र उखुबालीमा क्षती गरेको छ । स्थानीय टौवा रानाले लगाएको दुई बिघा, गहुन चौधरी, नारायण राना, रामदिन रानाको एकरएक बिघा धानबाली र रामदिन रानाकै एक बिघा उखुबालीमा क्षती पुगाएको उनले बताए । यस्तै अजय रानाले लगाएको १७ कठ्ठा धानमा समेत हात्तीको बथानले क्षती गरेको प्रहरी नायब उपरिक्षक थापाले जनाए । उनका अनुसार राती नै स्थानीय र प्रहरीले हात्तीको बथान भगाएपछि थप धेरै क्षती हुन नपाएको हो । हात्तीले मानवीय र अन्य भौतिक क्षती भने गरेको छैन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *