सुदूरपश्चिमका तीन विमानस्थल पर्यटन मन्त्री भट्टराईद्वारा उद्घाटन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/बैतडी, १७ असोज
सुदूरपश्चिमका ३ वटा विमानस्थलहरुको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । मन्त्री भट्टराईले बैतडीको पाटन विमानस्थल डोटीको दिपालय विमानस्थल, र बझाङको चैनपुर विमानस्थलको शनिवार एकै दिन उद्घाटन गरेका हुन् । मन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने बताएका छन् । लामो समयदेखी बन्द रहेका सुदूरपश्चिम प्रदेशका ३ विमानस्थलको निरक्षणका लागि डोटी पुगेका उनले विमानस्थललाई नियमित रुपमा संचलान गर्न आफ्नो मन्त्रालय चिन्तीत रहेको बताएका छन् । साथै उनले अझै दिपायल विमानस्थलमा केहि गर्न बाँकी देखिएको बताएका छन् । रनवे बढाउनुपर्ने देखिएकाले त्यसका लागि जग्गा लिएर विमानस्थलको क्षेत्र विकासमा आफु क्रियाशिल हुने मन्त्री भट्टराइले बताए । प्राकृतिक रुपमा सुन्दर रहेको दिपायल विमानस्थलबाट नियमित रुपमा हवाई उडान हुन थालेपछि राजधानीदेखि डोटी टाढा नहुने मन्त्री भट्टराईको भनाइ थियो । दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमान स्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए। उनले भने यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमित रूपमा जहाज चलाउने छौँ, स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।
त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताए । उनले भने, दिपायल विमानस्थल कूल एक हजार मिटर रनवेसहितको निर्माण गरिने छ, यसका लागि हामी छिट्टै प्राविधिक टोली पठाउँछौँ, केही प्राविधिकहरु आइसक्नुभएको छ ।
सोही कार्यक्रममा डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले दिपायल विमान स्थलको स्तरोन्नतिपछि यहाँका नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमितरूपमा जहाज सञ्चालन हुनुपर्ने बताए । नेपाल नागरिक उड्यन प्राधिकरणका निर्देशक राजन पोखरेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताए । उनले भने, दिपायल, पाटन, चैनपुरमा नियमित विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको छ, अर्को हप्तादेखि जहाज नियमित हुनेछ । विमानस्थल उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका पर्यटन मन्त्री माया भट्ट लगायत स्थानीयको बाक्लो भीड रहेको थियो । विमान हेर्न स्थानीयको भीड नै लागेको थियो ।
६ विमानस्थल कालोपत्रे
२०५६ सालमा तत्कालीन माओवादीले ध्वस्त पारेको साँफेबगर विमानस्थल २०७५ जेठ ११ गते कालोपत्रे सम्पन्न भएको थियो । अमर कन्स्ट्रक्सनले ११ करोडमा ठेक्का पाएको थियो । ५ सय ५० मिटर विमानस्थल पक्की बनेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाने सबैभन्दा नजिकको विमानस्थल साँफेबगर हो । डोटीको दिपायल विमानस्थल पनि २०७६ कार्तिकमा कालोपत्रेको काम सम्पन्न भएको छ । सपना गल्वा जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा विमानस्थल कालोपत्रेको ठेक्का पाएको थियो । दिपालय विमानस्थलको झन्डै ४ सय ९० मिटर कालोपत्रे गरिएको छ । यस्तै पाँच सय ८० मिटर लम्बाइ रहेको बैतडीको पाटन विमानस्थल पनि झण्डै ९ महिनाअघि कालोपत्रे सम्पन्न भएको छ । गलवा सांग्रिला जगदम्बा जेभीले विमानस्थल कालोपत्रे गर्ने पाएको थियो । पाटनको रिपिटर टावर पनि माओवादीले बम हानेर भत्काएको थियो । बझाङको चैनपुरस्थित बझाङ विमानस्थल कालोपत्रेको काम पनि भर्खरै सम्पन्न भएको छ । प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि झण्डै चार करोड रुपैयाँ विनियोजन गरेको थियो ।
बाजुराको कोल्टी विमानस्थल भने २०६९ सालमा कालोपत्रे भएको थियो उक्त विमानस्थलबाट चार्टर उडान सञ्चालन भइरहेका छन् । यस्तै हालसालै धनगढी विमानस्थल समेत स्तरोन्नति गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *