आर्थिक वर्ष २०४२/०४३ को वार्षिक विकास कार्यक्रम :उद्योग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
राष्ट्रको विकास रातोरात हुन सक्दैन सै सनै राष्ट्रले विकासको गति लिन्छ, योजनाकारका योजनाहरुलाई सरकारले छनौट गर्नुपर्छ, योजना तर्जुमा गरेर काम गरेमा अवश्य राष्ट्र अगाडी बढ्छ नेताहरु राष्ट्रका औजार हुन, गहना हुन, राष्ट्रका सेवक पनि हुन राष्ट्र निर्माण र जनताको उन्नतिकै लागी आजको सरकार नेताहरु लागी परेका छन् । जनताले र राष्ट्रसेवकहरुले साथ दिनु पर्दछ, राष्ट्रको विकास अवश्य हुन्छ आज राष्ट्रमा अनैतिक गर्ने भ्रष्टाचार गर्नेहरुलाई नियन्त्रण गर्न अख्यिार दुरुपयोग अनुसन्धान आयोगहरुको गठन भएको छ । उसले जनतालाई समेटी सहयोग लिन खोजेको छ र जनताको साथको आवश्यकता रहेको हुँदा देश विकासमा विगतलाई पनि हेरी त्यसबाट केही अनुन्धान र ज्ञान मिल्न सक्छ भनि ऐतिहासिक भैसकेको राष्ट्रिय योजना आयोगको केन्द्रिय स्तर आर्थिक वर्ष ०४२/०४३ को आर्थिक विकास कार्यक्रमका केही अंश जनता सामु ल्याउन खोजेका छौं । आर्थिक वर्ष २०४२/०४३ को वार्षिक विकास कार्यक्रम :
उद्योग
राष्ट्रिय अर्थतन्त्रमा कृषि पछि उद्योग क्षेत्रको भूमिका महत्वपुर्ण रहेको छ । औद्योगिक विकास एवं विस्तारको लागि छैठौ योजना अवधिभित्र औद्योगिक नीति, २०३७ तथा वाणिज्य नीति, २०३९ प्रकाशमा ल्याई लागु गरिएको थियो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणको लागि विदेशी लगानी तथा प्रविधि ऐन, २०३८ लागु गरियो । आर्थिक वर्ष २०३९/४० मा काठमाडौंमा विकासशील देशहरुका उद्योग मन्त्रीहरुको मन्त्री स्तरीय सोलिडारिटी बैठक तथा त्यसको लगत्तै आर्थिक वर्ष २०४०/४१ मा नेपाली लगानीकर्ताहरु लगायत विभिन्न विकसित तथा विकासशील मुलुकहरु तथा मल्टीनेशनल कम्पनीहरु समेत संलग्न रहेको एक लगानी प्रवद्र्धन बैठक पनि सम्पन्न भएको थियो । उक्त बैठकहरुबाट कतिपय उद्योगहरु सहयोग स्वरुप तथा संयुक्त लगानीमा स्थापना गर्ने निधो भएको थियो । फलस्वरुप केही उद्योग स्थापना हुने अवस्थामा पुगेका छन् ।
उद्योगहरुको स्थापना तर्फ सरकारी क्षेत्रमा भृकुटी कागज कारखाना र हेटौडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०४२/४३ देखि उत्पादनमा आउने छन् । नेपाल ओरिण्ड म्याग्नेसाईट उद्योग र नेपाल मेटल कम्पनी निर्माणको अवस्थामा नै छन् । नेपाल कागज उद्योग र बुटबल धागो कारखाना भने निर्माणो प्रारम्भिक चरणमा छन् । औद्योगिक क्षेत्रहरुमा छैठौं योजना अवधि भित्र धनकुटा औद्योगिक क्षेत्र, धनगढी औद्योगिक क्षेत्र र राजविराज औद्योगिक क्षेत्र नयाँ स्थापना भएका छन् । यसै अवधिभित्र सिमेन्ट उद्योगको सुदृढिकरण गरिएको र आर्थिक वर्ष २०४२/४३ मा दैनिक ४०० मे.टन सिमेन्ट उत्पादन गर्ने गरी क्षमता विस्तार गरिने छ । सिमेन्ट उद्योगहरु र कागज उद्योग उत्पादनमा आउन चालेपछि सिमेन्ट र कागज जस्ता निर्माण एवं अत्यावश्यक बस्तुको पैठारी प्रतिस्थापन हुन जाने देखिन्छ ।
आर्थिक वर्ष २०४२/४३ सातौ योजनाको पहिलो वर्ष भएकोले यस वर्षको कार्यक्रम तर्जुमा गर्दा योजनामा उल्लिखित नीति र कार्यक्रम अनुरुप व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०४२/४३ मा संचालन गरिने आयोजनाहरुको संक्षिप्त विवरण निम्नानुसार उल्लेख गरिएको छ ।
बासवारी छाला जुत्ता कारखाना लिमिटेड
काँचो छाला प्रशोधन गर्ने र जुत्ताहरु तयार गर्ने उद्देश्यले स्थापित यस उद्योगद्वारा आ.व. २०४०/४१ मा ६७ हजार जोर जुत्ता उत्पादन गरिएको र १९ लाख ४१ हजार व.फु. छाला प्रशोधन गरिएको थियो । आ.व. २०४१/४२ मा ८० हजार जोर छाला जुत्ता तयार गर्ने र १० लाख व.फु. छाला प्रशासेधन गरिने अनुमान छ । साथै औद्योगिक स्प्रीन तथा पंजा उत्पादन गर्ने ईकाइको स्थापना गरियो ।
जुत्ता उत्पादन गर्ने, १ लखा ३४ हजार थान काँचो छाला प्रशोधन गर्ने, १ लाख ५० हजार थान काँचो छाला संरक्षण प्रशोधन गर्ने र ९ लाख जोर क्यानभास जुत्ता उत्पादन गर्ने प्रदुषण प्रशोधन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेकोमा योजनाको पहिलो वर्ष आ.व. २०४२/४३ मा १ लाख जोर छाला जुत्ता उत्पादन गर्ने तथा १४ लाख ४७ हजार व.फु. छाला प्रशोधन गर्ने र धनगढीमा छाला संकलन एवं प्रशोधन ईकाइ स्थापना गर्ने लक्ष रहेको छ ।
२. विरगंज चिनी कारखाना लिमिटेड
वार्षिक १५,००० मे.ट. चिनी उत्पादन गर्ने क्षमताको यस उद्योगले आ.व. २०४०/४१ मा १ लाख १९ हजार क्विन्टल चिनी र ३ लाख लिटर स्प्रिरिट उत्पादन गरेको थियो । आ.व. २०४१/४२ मा ७४ हजार क्विन्टल चिनी र ७ लाख ७४ हजार लिटर स्प्रिरिट उत्पादन गरिने अनुमान
गरिएको छ । सातौं योजना अवधिभित्र यस उद्योग अन्तर्गत ९९ हजार मे.टन चित्री र ४० लाख लिटर स्प्रिरिट तथा मदिरा उत्पादन गर्ने कार्यक्रम रहेकोमा योजनाको पहिलो वर्ष आ.व. २०४२/४३ मा ७९ हजार क्विन्टल चिनी र ४ लाख लिटर स्प्रिट उत्पादन गर्ने लक्ष्य रहेको छ । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *