डिलासैनी भगवतिमा क्रुर बली प्रथा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी

हिंसा तिन प्रकारले हुने गर्दछ । शारीरिक यातना दिई गरिने हिंसा अथवा कायिक हिंसा । दुर्वाच्य बोली गालीको माध्यमबाट हुने हिंसा अथवाज सलाई बाचिक हिंसाको संज्ञा दिइन्छ भने अर्को हिंसाको नाम मानसिक हिंसा हो । मनबाट अर्कोको कुभलो चिताउने कार्य पनि हिंसाको परिभाषा भित्र पर्दछ । यसरी हिंसा गर्नेहरुमा व्यक्तिभाव पर्दैनन् । जनावर पनि पर्दछन । मांसहारी बाघ, भालु, सर्प, बाँझ आदि जन्तु पंक्षी हुन भने स्वार्थपुर्तिका लागि गरिने हिंसा हत्या राजसी अन्तरगत पर्दछन । भागवत गीतामा भगवान भन्नु हुन्छ म सम्पूर्ण प्राणीको ह्रदयमा सधै बास गर्दछु । तयस अर्थमा मलाई नबुझीकन मानिसहरुले आफ्नो स्वार्थ पुर्तिका लागि गर्ने बली विडम्बना मात्रै हो । अर्थात ईश्वर जीतका रुपमा प्रविष्ट हुने भएकोले प्रत्येक जीवधारीको आदर सम्मान गर्नु पर्दछ । हाम्रा ज्ञानेन्द्रीय र कर्म इन्द्रीयहरु बसमा राखी सन्तुष्ट रहेमा र प्राणी मात्रमा दयादृष्टि राखेमा ईश्वर प्रसन्न रहन्छन् ।
रागा बलीको कारण केही व्यक्तिहरुको मत बमोजिम भगवतीले महिसासुर रुपी (रांगा) दान्नवलाई मारेको हुँदा हामीले रागाको बली दिएमा जगत जननी प्रसन्न रहन्छिन यस्तो भनाई कपोल कल्पित हो । राम चरित्र मानसको अध्ययन गर्दा उपहार, पुजा, खाद्य चिजबस्तु ईश्वरलाई खुसी राख्न ईन्द्रीयहरुको बली जसलाई सम्पर्ण भनिन्छ आवश्यक छ ।
ऋषिको सबभन्दा बुद्धिमान प्राणी मनुष्य अज्ञान रुपी अन्धकारमा रुमलि रहेका छन् । प्राचीन कालदेखि चल्दै आएका कुरिती र अन्धविश्वासहरुसँगै बाँची दिन विताई रहेका छन् । यस्ता अन्धविश्वास मध्ये देवीदेवताका मन्दिरमा गरिने पशुबली प्रमुख हो । पशुबलीबाट देवी देवता खुसी भएर मनोकामना पूर्ण गरी दिन्छन । विवेकशीलको अग्रपंक्तिमा रहेका मानिसले यस्ता दानवीय कार्यमा विस्वास गर्नु मुर्खता र विवेकहिनता मात्र हो ।
बेला बेलामा हाम्रा मठमन्दिरहरुमा कयौं पशुपन्छीहरुको बली दिइन्छ जसको प्रतिफल पशुधनको नास, पर्यावरण प्रदुसित अन्य कयौं विकृति हावी भईरहेको कुरा सहजै अनुमान गर्न सकिदैन ।
पशुबलीको सन्दर्भमा बैतडी जिल्लाको पुर्चौडी न.पा.वडा नं. ९ साविक तल्लादेही गा.वि.स.मा डिलासैनी भगवतिको मन्दिरमा लाग्ने मेलाहरु (जाँत) मा पशुवली गर्दा क्रुरताको चरम सिमा नाघ्ने गरेको पाइन्छ ।
बलीका लागि बाधिएका रागाहरु हतियारको एउटै प्रहारबाट नमारेर सुरुमा हतियारले चर्की (घाउँ) लगाउने सहस्त्र लठ्ठीको प्रहार गर्दै टाउँको पुच्छर, पिडमा प्रहार गरी मर्नुभन्दा अगाडी रागाहरुलाई असह्य बेदनाबाट प्राणत्व गर्ने गरिन्छ । बली पश्चातको व्यवस्थापन नगर्दा सिनो कुहिएर मन्दिर परिसर भित्र बाहिर चारैतिर टाढा टाढासम्मको वातावरण दुषित पारी विभिन्न महामारी फैलिने प्रवल सम्भावना रहेको देखिन्छ ।
बली दिने विवेक सुन्य मानिसहरु आफूलाई मात्र ईश्वरको सन्तान सम्झीन्छन जगत जननी रुपा भगवतीको पशुपन्छी पनि सन्तान छन भन्ने कदापी सम्झना गर्दैनन् । हाम्रो हिन्दु धर्मको मूल सन्देश “अहिंसा
परमोधर्म” हो हिन्दुधर्मको व्याख्या गर्ने धार्मिक ग्रन्थहरुले बली हिंसालाई जघन्य अपराधको श्रेणीमा राखेको छ र हामी कुरिती र अन्धविश्वासको पछि लागेर धर्म विरुद्ध शास्त्र विरोधी कार्य गरी रहेका छौं । कुनै पनि दृष्टिकोणले यो कार्य जघन्य अपराध अन्तर्गत पर्दछ । यो मानवताको कलंक भएको छ ।
गीतामा भगवान कृष्णले भन्नु भएको छ भक्ति पुर्वक मेरा भक्तले अपर्ण गरेको पुण्य, पत्र, फल, जल नै मेरा लागि प्रयाप्त हुन्छ सोही कुरा प्रसन्न पूर्वक ग्रहण गर्दछु मेरो सच्चा भक्त पनि पुण्य पत्र, फल, जल दाता नै हो ।
हाम्रा पुर्वजहरुको इतिहास हेर्दा विश्व कल्याण, जीव कल्याणका लागि आफ्नो प्राण समर्पण गरिदिन्थे र महान मानिसको जीवन अर्काको उपकारका लागि प्रस्तुत हुन्छ भन्ने शिद्धान्तमा अटल थिए । तयस्ता पुर्खाका सन्तान हामी आफ्ना व्यक्तिगत झिना मसिना स्वार्थ पुर्तिका लागि पशुपन्छीको प्राण
लिन्छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *