सामुदायिक वनको लगानीमा सडक निर्माण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २६ चैत्र । वि.सं. २०४०÷४१ सालको परिमार्जित पाँचौं वर्षिय योजनामा सबैभन्दा पहिले सडकहरुको सञ्जाल जिल्लाहरुमा पु¥याउने र त्यसपछि एक जिल्लाबाट अर्काे जिल्लामा जोड्ने क्रम चलेपनि ती काम पुरा नहुदै जनतालाई चाडै स्थानिय स्तरमा सडकको आवश्यकता परेकोले विभिन्न जिल्लाका इलाकाहरुबाट सदरमुकाम सम्म पुग्ने सडकहरु निर्माण भइ रहेका छन् भने बैतडीको शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता वनले आफ्नै लगानीमा सीमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण गरेको छ ।
१ करोड ५ लाख रुपैयाँमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसबाट २५ लाख रुपैयाँ बाहेक अरु सबै रकम सामुदायिक वनको लगानीमा निर्माण गरिएको अमरगढी सामुदायिक वन उपभोक्ता समूहका सदस्य कर्ण सिंह साउदले जानकारी दिनुभयो ।
शिवनाथ गाउँपालिकाको सुल्लेखानदेखि नेपाल–भारत सीमा जोड्ने नागार्जुन घाटसम्मको २६ किलोमिटर सडक निर्माण गरिएको हो । सुल्लेखानदेखि बस्कोटीसम्मको ११ किलोमिटर सडक गएको वर्ष निर्माण गरिएको हो भने बस्कोटीदेखि नागार्जुन घाटसम्मको १५ किलोमिटर सडक यो वर्ष मात्रै निर्माण सम्पन्न भएको हो । अहिले सडक निर्माण भएपछि त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको शिवनाथ–१ की कमला चाँडले बताउनुभयो । जब सधान स्रोतको उपभोग गरिन्छ त्यसपछि मात्र त्यसको प्रतिफल चाख्न पाइन्छ । पहिले आफ्नो खेतमा मोटर बाटो त के घोरेटो बाटो सम्म लैजान नदिनेहरुले आज आफ्नो खेतमा ठूला ठूला सडकहरु गएपनि खुसी भइरहेका छन् । स्थानिय स्तरबाट समेत विकास निर्माणका काममा ठूलो सहयोग पुगेको छ । बैतडीका विभिन्न क्षेत्रहरुमा जस्तै सर्मालीमा पनि उपभोक्ता समुहले बाटो निर्माण गर्दै आइरहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *