छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार /दार्चुला, १० असोज
छाङरुमा सशसत्र प्रहरी बलको गुल्म उद्घाटन गरिएको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् ।
एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो । आफ्नो भूमिको रक्षाका लागि गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिएमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो ।
व्यासको गुल्ममा डिएसपी धीरेन्द्र शाहले नेतृत्व गरेका छन् । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्शा जारी गरिसकेको तथा व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लगेको छ । सरकारले व्यासकै तिङ्कर र कौवामा पनि बिओपी राख्ने तयारी छ ।
गृहमन्त्री थापासँगै छाङरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल लगायतका सहभागी छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *