२०१५ सालको आम निर्वाचनको हर्षोउल्लास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

वर्ष ११/१२ को भए पनि म बैतडी तल्लादेहीमा भएको प्रथम प्रजातान्त्रिक आम निर्वाचनको घुईचो हेर्न गए । मेरो घरबाट त्यस ठाउँसम्म जान १ घण्टा लाग्दथ्यो मेरा सहपाठीहरुसँग पैसा थिए म सँग थिएन । बुवासँग १० पैसा थिएन । जेठाबुवासँग थिए कि थिएन भन्ने माग्ने हिम्मत भएन । मेरी बज्यै हजुर मुमाको चअन्नीकि माला थियो । एक चअन्नी मालाबाट काटेर लगे । प्रसस्त खर्च गर्न पुग्यो २ आना फर्काएर ल्याएर पनि आए । निर्वाचनको अर्थ बुझेको थिएन डा.के.आई.सिंहको चुनाव चिन्ह धानको बाला थियो । मलाई पनि मन पर्यो धानको बालामा भन्दै हामी २/३ जना साथी गयौं । दिउसो भरीको भिडभडाका हेर्यौ साँझ फर्कियौं पछि के भयो थाहा भएन कांग्रेसले जित्यो भन्दथे के जित्यो को सँग जित्यो के मा जित्यो थाहा भएन जित्यो भन्न मात्र सुने बाँकी न मेरो चाँसो थियो न योग्यता केही सोधेन रमोल मात्र हेरेर फर्किए । एक दिन अस्कोटको मास्टर थियो बेरबाटा विजयपुर साङडीको एक डाडाँमा केही केटा जग्गा हेरी स्कुल खोलेका थिए म त्यही प्रस्तावित स्कुलमा पढ्दथे । मेरो साथी रामबहादुर विष्टका बुवा जिम्मवाल साहेव हमेशा स्कुलमा आउथे छोरा रामबहादुरलाई राम बहादुर नभनी ए कांग्रेस भनेर बोलाउथे हामी सबै दंग पर्दथ्यौं । केही अर्थ थाहा थिएन हामी पनि ए कांग्रेस भनेर बोलाउने गर्दथ्यौं । एक दिन म ए कांग्रेस भनि साथीलाई बोलाउदै थिए जिम्मवाल साहेव आएर म सँग भने वाबु कांग्रेस नभन रामबहादुर भन कांग्रेस भनेपछि पुलिसले लैजान्छन भन्यो म डराए र भन्न छोडे । समय र कुरा रहेछ २०१७ साल पुस १ गतेपछिको कांग्रेस भनेपछि सबै डराउथे गर्थे । तेरो घरमा कांग्रेस पसोस भन्ने सुनिन्थ्यो म पनि सोच्थे मेरो घरमा पनि यदि कांग्रेस पस्यो भने म स्कुल कसरी जाउँला भनि दिक्काएर बसी रहेको थिए के भयो भनि साध्दै जान थाहा भयो कहानी कांग्रेसको अन्याय अत्याचार तर प्रजातान्त्रिक हुँदा ठालुहरुलाई दुःख होला । त्यो अलग हो तर गाउँका ठूला वडा मिलेर स्कुल खोल्नुको साटो नखोल्नुमा खुसी थिए ।
त्यति बेलाको अवस्थामा त्यस ठाउँमा विष्टहरुको बाहुल्यता थियो त्यहाँ काम गर्नुपर्छ भनेर पनि स्कुल राख्ने मनस्थितिमा थिएनन् । हामी साना बालक त हाफटाईममा नास्ता गर्न घर आउनकै लागी नजिक होस भनेर स्कुल खोल्न चाहन्थ्यौं हाम्रो केही सीप चलेन गाउँका प्रथम प्रधानपंच नागी विष्ट थिए तल्लादेही खेतीमा स्कुल राख्ने र त्यहाँका दयालहरुले स्कुलमा निर्माण कार्य गर्लान भनेर खेतीमा प्रस्तावित स्कुल राखे निर्माणपछि स्वीकृति पनि पायो ।
२०४३ सालको सर्वे नापीमा म महेन्द्रनगरबाट बैतडी पुर्चौडी साङडी आफ्नो गाउँ गए नापी भई रहेको थियो मैले महेन्द्रनगरबाट डाडाबाग प्रा.वि. नामको छाप र प्याड बनाएर लगे साङडीस्को पिपलमा विरादत्त अवस्थीको सहयोगले सानो छाप्रो बनाई प्रोढ कक्षा सञ्चालन गर्न गणेश अवस्थीलाई राख्यौं । एक वर्षसम्म चल्यो ०४३ सालकै नापीमा उक्त विद्यालयको नाममा पुरै डाडा साङडीमा अवस्थित प्रस्तावित डाडाबाग प्रा.वि.को नाममा १२९ रोपनी जग्गा
दर्ता गराई दिए । दर्ता गर्नमा तालुकदार मु. गजबहादुर विष्टले स्कुलका नामको टिप्पन बनाई ठूलो सहयोग गर्यो । त्यो स्कुललाई सहयोग गर्ने क्रममा माओवादीका सेक्रेटरी नरेन्द्र बहादुर कुँवरले कारवाहीमा परेकाहरुबाट श्रम सजाय अन्तर्गत फिल्ड कटाई दिएकोले त्यहाँका धेरै जनता खुसी रहेका थिए र छन् । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *