बस्तीमा भोकमरीको पिडा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार / दोधारा, ३ असोज
कोराना भाईरस संक्रमण बढेपछि माहाकाली नगरपालिका फर्केका नेपालीहरु फेरी मजदुरी गर्न भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारत तर्फ जान लागेका हुन् । अहिले आएर माहाकाली नगरपालिकाका स्थानियहरु रोजगारीको लागी भारत पस्न थालेका खबर प्राप्त भएको छ् । कोही गड्डाचौकी हुदै रोगारीको लागी भारत गएका छन भने, कोही माहाकाली नगरपालिकाको खुला सिमाबाट सुरक्षाकर्मीको आँखा छलेर रोजगारीको लागी भारत जादै गरेको स्थानियहरुले बताएका छन् । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन् । माहाकाली नगरपालिका वडा नं. ६ बादी टोलका बिनोद बादी रोजागारीको लागी भारत जान पाँउ भनि माहाकाली नगरपालिका वडा कार्यालयमा निबेदन दिन पुगे । उनले वडा कार्यालयबाट भारत जानको लागी सिफारिस पाए । तर उनि संग भारतको सिमलामा रोजगारीको लागी पुग्ने गाडी भाडा छैन् । ‘साँहुबाट ऋण निकालेर भारत जाने तयारीमा छु’ बिनोद बादीले भने– ‘घरमा बसेर पनि के गर्ने ? यहाँ बसेर घर खर्च चलाउनै निकै समस्या छ् ।’ उनले माहाकाली नगरपालिकामा मजदुरीको लागी सबै स्थानमा खोजे । काम नपाएपछि ४ दिन सम्म भिमदत्तको सबै स्थानमा साईलकलमा चढेर चाहारे । कुनै काम नपाएपछि उनि रोजगारीको लागी भारत हान्नीने निधो गरे ।
कोरोना संक्रमण बढे संग घर फर्केका बिनोद भारतको सिमला क्षेत्रमा काम गरेर घरको गुजारा चलाउदै आएका हुन् । महाकाली नदीको छेउ । आँगनमै सामुदायिक बनको रहेको कुचुक्क परेको बस्ती । झुपडी नजिक झाँड जंगल । सर्प किराहरुको डर । माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको बादी बस्तीको अवस्थामा कोरोना भाइरसको कारण झनै दर्दनाक ब्यथा छ् । दिन भरी माँगी खाने घरपरिवार पानी पनि मुस्किलले छेक्ने छानो मुनि बित्छ् । माहाकाली नगरपालिकाको महाकाली नदीमा बसोबास गर्दै आएका वादी समुदाय भोकमरीमा छटपटाईरहेका छन् । बस्तीमा मागेर खान उनीहरुलाई खान पुग्दैन् । तर सरकारले कोरोना महामारी रोक्न देशै भरि लगाएको लकडाउनले उनीहरुमा झनै पत्यक्ष मारमा परेका छन् । घर बाहिर निस्केर मागी खाने वातावरण छैन् । उनीहरु संग भित्र बसेर खाने अन्न पनि छैन् । ‘माहाकाली नगरपालिका बस्तीहरुमा चाहारेर मागी खान पाउदैनौं, यस्तोमा कसरी बाँच्ने होला ?’ बादी बस्तीका पुजा बादी भन्छन् । यति मात्र होइन, सरकारले फेरी लकडाउन थप्छ कि भन्ने चिन्ता उनीहरुमा छ । ‘खान पाउनेहरुलाई त महिनौ दिन यस्तो भए पनि फरक पर्दैन होला, हामीले त के खाने ?’ पुजा बादीले भने । त्यसो माहाकालीका सबै बस्तीमा आर्थिक निकै विपन्न पनि छैनन् । तर बादी बस्ती लगाएत दलित बस्तीमा लकडाउनको पिडाले नराम्री सताएको छ् । बादी महिलाहरुले गाँउ बस्तीमा मादल बजार गित गाएर दिन भरी कमाएको खाद्यान्नले घर खर्च चाउछन भने, पुरुषहरु भारतको बिभिन्न स्थानमा ज्याला मजुरी गरि पैसा कमाएर दैनिकी चलाउदै आएका थिए ।
कोरोना भाइरसको कारण रोजगारी गुमाएर घर फर्केका बादी बस्तीमा रोजगारी नपाएकोले अहिले आएर हातमुख जोड्न समस्या परिरहेको छ् । उनीहरुलाई कोरोना भाइरसको महामारीले मरिएला भन्दा पनि खानै नपाएर मरिने चिन्ताले ज्यादा सताएको बादी बस्तीका अगुवा लोक बहादुर बादी बताउछन् ।
‘रोग भन्दा भोकको डर छ’ लोक बहादुर बादी भन्छन् । उनिहरुलाई आफु र परिवारको छाक कसरी भन्ने चिन्ताले सताएको छ् । ‘पैसा हुनेलाई त बजार छ । हामी संग पैसा पनि छैन,’ लोक बहादुर बादी बताउछन् । ‘काम गरेर खान सक्ने अवस्था पनि छैन ।’ लोक बहादुर बादी भन्छन् । बिहान–साँझ गाँउ बस्तीमा मागेर छाक टार्ने वादी समुदायका अधिकांश परिवारमा खानके बिचल्ली छ् । ‘साहुले उधारो पत्याउदैनन्, बन्द नहुदा काम गरेर पनि तिर्छन् भनेर उधारो दिन्थे, अहिले उधारो पत्याउन छाडे, रोग भन्दा पनि भोकले मरिने डर लागिरहेको छ ।’ बादी घरपरिवारहरुको भनाई छ् । माहाकाली नगरपालिका वडा नं. ६ कै बिरमता दमाईको परिवार पनि लकडाउनको कारण भारतबाट रोजगारी गुमेपछि घरमा खाद्यान्नको निकै समस्या चुनौती झेल्नु परेको छ् । बिरमताको परिवारमा अहिले आएर बिहान के खाने, साँझ के खाने भन्ने पिडाले पिरोली रहेकै हुन्छ् । माहाकाली नगरपालिकामा कुनै प्रकारको ज्याला मजुरी नपाएपछि बिरमता र उनका श्रीमान ज्याला मजुरी गर्न भिमदत्त नगरपालिका हिडेका छन् । घरमा स–साना नानीहरुलाई छिमेकीको जिम्मा छाडेर कमाउन हिडेको बिरमताले बताए । ‘घरमा खानको लागी रासननै छैन्, घर नजिक कुनै काम पाईन्न, हाम्रो पिडा कस्ले सुन्ने’ बिरमता दमाईले आफ्नो दुखेशो पोखे । श्रीमानले कमाएर ल्याएको पैसाले केही दिन खानको लागी थेग्यो । अनि माहाकाली नगरपालिका र ब्यक्ती तथा संघ संस्थाले दिएको राहतले पनि उनको परिवारको पेट केही दिन पाल्यो । तर अहिले आएर फेरी घरमा रासन सक्किएर निकै ठुलो समस्या परेपछि ज्याला मजुरीको लागी बिरमता र उनका श्रीमान आफ्नो नानीहरुलाई छिमेकीको जिम्मा लगाएर भिमदत्त गएका हुन् । माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार अनुसार ‘भारत जान पाँउ’ भनि वडा कार्यालयमा थुप्रै स्थानियहरु निबेदन लिएर आउने गरेको बताए । स्वदेशमा रोजगारीको ब्यवस्था नभएको कारण स्थानियहरु पुरानै काममा भारत जान थालेका माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । स्थानियहरु अनुसार माहाकाली नगरपालिका क्षेत्रबाट आज भोली रोजगारीको लागी भारत पस्नेको संख्या बढेर गएको बताएका छन् । लकडाउन त्यसैमा बेरोजगारीको कारण
घरमा चुल्हो जलाउन समस्या खेप्दै आएपछि भारतमा गएर सानो तिनो भएपनि काम गर्नुको विकल्प नरहेको उनिहरु बताउछन् ।
नेपालमा लकडाउन भए संगै नेपाल भित्रिएका स्थानियहरु आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन तथा दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन । भारतमा फैलिरहेको कोरोना भाइरस संग मनमनै डर लागि रहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागी भएपनि
रोजगारीका लागी भारत गईरहेका नेपालीहरु माहाकाली नगरपालिकाको ख्ुला सिमा क्षेत्रमा भेटिएका छन् । भारतमा रोजगारी गुमाएर स्वदेश फर्केका नेपालीलाई राहत तथा स्वदेश रोजगारीको कार्यक्रम ल्याउनु पर्ने उनीहरु भनाई रहेको छ् । ‘यहाँ रोजगारी नपाएपछि फेरि भारततिरै जाने तयारीमा छु’ रामे दमाईको पनि भनाई अरु सरहनै छ् ।
नेपाल फर्किए पछि बेरोजगार हुदा परिवारको खर्च धान्नै धौ–धौ परेको उनले बताए । कोरोना संक्रमण फैलिए संगै भारतको सिमलामा काम ठप्प भएपछि रामे दमाई रित्तै हात घर फर्किका हुन् । उनको घरमा पनि अरुको जस्तै समस्या छ् । गरिब परिवार भएकै कारण आफुहरुले निकै पिडा झल्नु परेको उनको भनाई रहेको छ् ।
‘भारतकै ज्याला मजुरीले घर धानिएको थियो, खाएर र बसेर केही पैसा घर पठाउन सकेको थिए, यहाँ फर्किएपछि घरमा बिहान के खाने साँझ के खाने भन्ने चिन्ताले पो सताउन थाल्यो’ रामे दमाई भन्छन् । भारतबाट फर्केका अधिकांश युवाहरुले चाहना स्वदेशमै सिप अनुसारको काम गर्ने थियो । तर उनीहरुले यहाँ कही कतै
रोजगारी पाउन सकेनन् । अनि पुरानै नियति व्यहोर्दै भारत तिरै फर्किनुको विकल्प मात्रै उनीहरुले भेटे । भारत लगाएत तेस्रो मुलुकबाट मानिसहरुलाई स्थानीय तहहरु मार्फत संघीय सरकारले उनीहरुको सिपको पहिचान गरेर स्वरोजगार मुलक काममा लगाई हाल्नु पर्दथ्यो । तर, यहाँ उद्योगधन्दा र कलकारखाना नभएकाले जागिर नपाइने भएकाले यहाँ रोजगारी नपाउदा विदेशिनु पर्ने बाध्यता छ् ।
सम्भावना कृषिमै हो, भारतबाट बढी आयात हुने कृषि उपजको तथ्यांकका आधारमा, आयात प्रतिस्थापन हुने गरी कृषि उत्पादनमा लगाउनु पर्छ । सरकारले, विदेशबाट हुने आयातको मुल्य भन्दा नेपाली उत्पादन सस्तो कसरी हुन्छ भन्ने योजना ल्याउनु पर्छ । देशमा रोजगारीका अवसर नभएकै बेला कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका युवाहरु स्वदेश फर्किए पछि झन बेरोजगारी बढ्यो । त्यसका लागी संघ प्रदेश र स्थानीय सरकारले कृषि उत्पादन र ब्यवसायमा लाग्नका लागी हौसला दिने कार्यक्रमहरु ल्याउन सकेनन् । स्वदेशमै केही गर्नुपर्छ भनेर ब्यवसायमा लगानी गरेका, कृषि कर्म गरेका युवाहरु पनि निरास नै बने । कृषि उपजको बजार छैन, बजारमा भारतीय उपज प्रतिस्पर्धामा छ् । नेपाली उत्पादनले बजार नपाएपछि उनीहरु निरास हुनै नै भए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *