संविधानको पालना हुनुपर्दछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विश्वका कुनै पनि देश ऐन नियमको पालना गर्दछन कानूनी राज्यको कानून सर्वोपरी हुन्छ, कानून समाजको लक्ष्मण रेखा हो । लक्ष्मण रेखालाई उल्लंघन नगरेको भए सिताको
हरण रावणबाट हुने थिएन । नेपालको संविधान २०७२ आज ५ वर्ष पुरा भई छैटौ वर्षमा प्रवेश गरेको छ । २ पटक संविधान सभाको निर्वाचन भयो नेताहरुबाट संविधान सभाको निर्वाचन हुन नसकेकोले प्रधान न्यायाधीशलाई राज्यको कार्यभार सौपी उनकै नेतृत्वमा संविधानसभाको निर्वाचन भयो भने सुशिल कोइरालाको कार्यकालमा नेपालको संविधान २०७२ सम्पन्न भयो । संविधानको प्रकाशन भएको थोरै समयपछि उनको स्वर्गबास पनि भयो । रातमा विरामी हुँदा अस्पताल लैजान प्रधानमन्त्री सुशिल कोइरालाको लागी गाडी अस्पताल लैजाने साधन पाएन भन्ने कुरा उनका डाक्टरले बताएका थिए । जब संविधान प्रकाशित भयो त्यो संविधानले दिएको अधिकार प्रयोग गर्न पाउने थिए तर मृत्यु भएकोले उहाँले बनाए पनि हामीले पाएका छौ पाउनु पर्दछ । सबै तहबाट संविधानको पालना हुनु पर्दछ । यदि भएन भने देशले दुर्घटना भोग्नु पर्ने हुन्छ । राणाकालमा जे जस्तो विधान नियम भएपनि त्यसको पालना हुन सकेन मनपरी भयो त्यसपछि २००७ पछिको संविधानको पनि पालना भएन र २०१९ को संविधानलाई पनि नमान्दा २०४६ मा दुर्घटनाग्रस्त भयो ।
विश्वभरी सबैबाट उत्कृष्ठ ठहरिएको नेपालको संविधान २०४७ को निर्मम तरिकाले हत्या गरियो हाम्रो आज सम्मको अन्तिम संविधान २०७२ बालक अर्थात शिसु अवस्थामा छ बल्ल ५ वर्ष पुरा भएको अवधि भित्र धेरै उतार चढाव भए । हुन त जुन ठाउँबाट बेफाइदा हुन्छ त्यहाँबाट फाइदा पनि हुन्छ ।
२०७२ को संविधान जन्मदाखेरी नै नेपालले अघोषित नाकाबन्दी व्यहोर्नु पर्यो । जसरी २०४७ को संविधानलाई सबै ठूला साना पार्टी मिलेर आफैले बनाएको संविधानको हत्या स्वयमहरुले गरे भने आजको मौजुदा संविधानको पनि त्यसरी उल्लंघन भयो भने देश र जनता ठूलो संकटमा पर्ने छैन भन्न सकिर्दैन । त्यस कारण जो जसबाट वर्तमान संविधानको विगतका संविधानझै उल्लंघन भयो भने जनताले बचाउनु पर्छ नेता बुद्धिजीवि विद्वानहरु तथा राजनीतिज्ञहरुका बहस हुँदा देशमा अन्याय अत्याचार बढेको छ भन्ने प्रचारमा एक पटक हैन हजारौं पटक आई रहेको हुन्छ ।
राष्ट्रलाई दिर्घकालिन असर पर्ने खालका धेरै कुराहरु भई रहेका छन् रोकिनु पर्छ भन्ने आवाज उठी रहेको पनि छ । संविधानको पालना माथिल्लो तहबाट पनि भई दिनु राम्रो हो । हरेक काम कुरा जनताको मत बेगर गर्न मिल्दैन । जनताले पराजित गरेका व्यक्तिलाई मन्त्री प्रधानमन्त्री सांसद बनाउने काम भैरहेको पनि नभएको होइन अन्तमा यस्तो कामले नै संविधानलाई थला पार्न सक्छ । संविधानले सबै मानव जातीलाई समान मानेको भए पनि कार्यशैलीमा नियम बनाएर अन्यथा भएको छैन भन्न मिल्दैन । यदि संविधान जनताले बनाएको हो भने सबै जनताले समान हक अधिकार पाउनु पर्छ जाति विशेषले होइन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *