म यो घरमा बस्दिन आगो लागेको छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

संसारभरीका बुद्धिजीवि टाढावालाहरु जे जति छन सबै जनताको सेवामा समर्पित छन भन्छन् र उनी सबै जनताको सेवा गर्न घरगृहस्ती त्यागेका धेरै उदाहरणहरु छन् । आज मलाई याद आउँछ आईरहेको छ २००७ तथा २०४६ सालको घटना । यी दुवै घटनाको बारेमा बुझ्ने अत्यन्त चासो हुन्छ, भए पनि २००७ सालमा म २ वर्षको रहेछु एक अर्काको मुखबाट सुनेर मात्र त्यही सुनाई अनुसार मात्र वर्णन गर्न सकिन्छ, तर २०४६ सालको नेपालको राजनीतिमा देशभर भएका सबै विषयबस्तु नजिकबाट जान्ने बुझ्ने मौका पाए, नेपालको राजनीतिको बारेमा लाग्यो नेपालमा राजनीतिको दर्पण छायाले मात्र काम गर्दो रहेछ र गरि रहेको छ । २००७ मा विशेश्वर प्रसाद कोइरालाको नेतृत्व थियो भने २०४६ सालको नेतृत्व गणेशमान सिंह श्रेष्ठले गरेका थिए । वि.पी.ले कम्युनिष्टलाई हातमा लिन चाहेन भने गणेशमान तथा गिरिजा प्रसाद कोइरालाले माओवादी, नेपाल कम्युनिष्टलाई समेट्न खोज्यो र समेट्न सफल भए । २०४६ को जनआन्दोलनको एक वर्ष भित्र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सहभागितामा नेपालको सबै भन्दा असल भन्ने गरेको संविधान २०४६ को निर्माण भई प्रथम आम निर्वाचनमा गाउँस्तरतर्फ एमाले तथा केन्द्रमा नेपाली कांग्रेसको बहुमतमा सरकार बन्यो तर वाक युद्ध दुवै पार्टी बीचमा चल्यो । कसैले विद्यार्थीको ग्रुपलाई साथ लियो भने कसैले कर्मचारीहरुलाई हातमा लिई निकै छुवाछुतको तनावको स्थितिको सुरु भयो ।
गिरिजाको शासनकाल अत्यन्त दुःखद रह्यो पार्टी दर्ता गर्न दिएन माओवादीले अर्को नामको गठबन्धन गर्यो १२ सिट ल्यायो अन्तमा सशस्त्र आन्दोलनको घोषणा गरी वनतर्फ लम्किए माओवादीहरु । दश वर्षे द्वन्दकालमा २०/२५ हजार नागरिक मारिए राष्ट्रिय सैनिक प्रहरीमाथि समेत अप्रत्यक्ष रुपबाट भारतीय नेताहरुको सहयोगले खरखजाना भित्रियो । सैनिक तर्फका केही जवान मिलेर माओवादीलाई सघाएको कारण दाङको कोतखाना लुटियो । जव आफ्नो बहुमत रहेको ने.का. को सरकारका प्रमुख गिरिजा प्रसाद कोइरालाले आफ्नो बहुमत छटाछदै सांसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गरी मध्यावदी निर्वाचन गरायो । बहुमत कसैको पनि आएन । अन्तमा मिलिजुली सरकार एमालेको नेतृत्वमा बन्यो । एमालेले पनि राप्रपाको समर्थन छदा छदै मध्यावधी घोषणा गर्यो । सर्वोच्व अदालतमा मुद्दा दायर भयो र अदालतले सांसदको पुनःस्थापना गराएपछि एमाले राप्रपाको ९ महिने शासन रह्यो भने त्यसपछि नेपाली कांग्रेस र राप्रपा मिलेर सरकार बनायो यस्तै अस्थिर सरकार चन्दै गयो आन्तरिक रीस साध्न माओवादीलाई प्रत्यक्ष सहयोग गरी देशलाई द्वन्दमा लैजाने काम दुवै ठूला पार्टीबाट नै भयो जानी नजानी जसरी जसको इसारामा शसस्त्र आन्दोलन भयो र त्यसबाट जो नतिजा प्राप्त भयो त्यो त गोलमेच सम्मेलन गरेर शान्त वातावरणमा नै भई हाल्ने थियो । शुद्ध नेता गणेशमान सिंहले यस्तै यस्तै गतिविधि हुने सोचेर नै नेपाली कांग्रेसलाई परित्याग गरे र उहाँले आफ्नो प्रतिकृया दिदै भनेका थिए नेपाली कांग्रेसमा बस्नु र आग लागेको घरमा बस्नु यौटै भएकोले मैलै पार्टी परित्याग गरीदिए कृपया अवउपरान्त मलाई नेपाली कांग्रेसको नेता नभनी दिनु भनेको कुरा झलझल्ती याद आउँछ, स्वास्थ्यको कारण हो वा अरु जे सुकै भए पनि ०४६ सालको आन्दोलनको नेतृत्व गर्ने नेता गणेशमान सिंह श्रेष्ठलाई प्रधानमन्त्री हुन राजाले आग्रह गर्दा मलाई होइन बरु सन्त नेता कृष्णप्रसाद भट्टराईलाई बनाउन अनुरोध गरेपछि राजा विरेन्द्रद्वारा भट्टराई नै अन्तरिम प्रधानमन्त्री बनेका थिए । उतिबेला पार्टीमा बस्न नचाहनेहरु आज देशमा नै बस्न नचाहि देश बाहिर विदेशमा गई रहेका छन् । कोही रोजगारीको नाममा गई रहेका छन् भने कोही उतैको नागरिक भएर नेपाली नागरिकता परित्याग गरी बस्न थालेका छन् । यसले गर्दा नेपालीहरुको स्वाभिमानमा आँच आएको छैन भन्न सकिदैन । नेपालका नेताहरुको एक राजनीतिक पार्टी छोडी अर्को पार्टीमा जानु वैधानिक दोष छैन तर देशका जनताले देश छोडदै विदेश पलायत हुँदा हामी सबैलाई लाज लाग्नु स्वभाविक नै हो । संविधानहरु मात्र राम्रो भएर हुदैन परिचालन राम्रो इमान्दार भए मात्र देशले लक्ष्य पुरा गर्न सक्दछ । आज देशभर अराजकता छ जसले जे गरे पनि बलवान कै हातमा छ न्याय कानूनी राज्यको कुनै अर्थ नै छैन भनेझै भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *