नेपालको संविधान २०१९ लाई ऐतिहासिक जानकारी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
समय परिवर्तनशील छ मानव विचारधारा फेरबदल हुँदै जान्छन् जनचाहना स्वार्थमा लटपटिएका हुन्छन्, हरेक समाज नियम कानूनले चल्छ तर कानूनको पालना गर्नु पर्दछ नत्र देश समाज चलाउन कठिन हुन्छ, हामी माथि प्रयोग भएका सबै संविधानहरुलाई ऐतिहासिक दस्तावेजकै रुपमा प्रकाशित गरिरहेका छौं । अध्यापनको लागि सरल र सहज हुने नै छ केवल इतिहासको रुपमा मात्र हो भन्ने कुरा जानकारी गराउन नेपालको संविधान २०१९ लाई ऐतिहासिक जानकारी गराउँदछौं ।

परिच्छेद २
राष्ट्रिय पञ्चायत
२) उपधारा १ अनुसार जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ । तर त्यस्तो प्रत्येक अध्यादेश
क) जारी भएपछि बसेको राष्ट्रिय पञ्चायतमा पन्ध्र दिनभित्र पेश गरिनेछ,
ख) श्री ५ बाट जुनसुकै समयमा खारेज हुन सक्नेछ, र
ग) खण्ड ख बमोजिम खारेज नभएमा राष्ट्रिय पञ्चायतको बैठक बसेको साठी दिनपछि स्वतः निष्क्रिय हुनेछ ।
भाग १०
आर्थिक कार्य प्रणाली
५८. कानुन बमोजिम बाहेक कर लगाउन वा क्रण लिन नपाईनेः
१) कानून बमोजिम बाहेक कुनै कर लगाउने र उठाईने छैन ।
२) कानून बमोजिम बाहेक श्री ५ को सरकारद्धारा कुनै क्रण लिइने र जमानत दिईने छैन ।
५९.सञ्चित कोषः श्री ५ को निजी राजस्व, गुठी रकम र स्थानीय कर बाहेक श्री ५ को सरकारलाई प्राप्त हुने अरु सबै प्रकारको राजस्व, राजस्वको धितोमा लिईएका सबै कर्जाहरु र ऐनको अधिकार अन्तर्गत दिईएको जुनसुकै क्रण असुल हुँदा प्राप्त भएको सबै धन ऐनद्धारा अर्को कुनै व्यवस्था नगरिएमा एक
सरकारी कोषमा आम्दानी बाँधिनेछ जसलाई सञ्चित कोष भनिन्छ ।
६०) सञ्चित कोषबाट व्यय ः विनियोजन गर्ने ऐन वा धारा ६४ वा ६५ अन्तर्गतको ऐन अनुसार वा सञ्चित कोषमाथि व्ययभार भएको रकम बाहेक सञ्चित कोषबाट वा आकस्मिक कोष बाहेक अन्य कुनै सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन ।
६१. सञ्चित कोषमाथि व्ययभारः देहायका कुराहरु सञ्चित कोषमाथि व्ययभार हुनेछन् ।
क) राजपरिवारको खर्चसम्बन्धी ऐनद्धारा व्यवस्था गरिएको रकम,
ख) निम्नलिखित पदाधिकारीलाई दिईने
पारिश्रमिक सुविधाका रकमहरु,
१) सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा न्यायाधीशहरु,
२) राजसभा स्थायी समितिका सभापति र सदस्यहरु,
३) अख्तियार दुरुपयोग निवारण आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरु,
४) महालेखा परिक्षण,
५) लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरु,
६) प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरु र
७) महान्यायाधिबक्ता ।
ग) सर्वोच्च अदालत, राजसभा, अख्तियार दुरुपयोग निवारण आयोग, महालेखा परिक्षकको विभाग, लोक
सेवा आयोग, निर्वाचन आयोग र महान्यायाधिवक्ताको कार्यालय सम्बन्धी प्रशासनिक व्ययहरु,
घ) श्री ५ को सरकारको दायित्वको क्रणसम्बन्धी व्ययभार,
ङ) श्री ५ को सरकार विरुद्ध अदालतबाट भएको फैसला वा आज्ञप्ति अनुसार तिर्नु पर्ने रकम, र
च) कानूनले सञ्चित कोषमाथि व्ययभार हुने भनी निधो परेको रकम ।
६२. राजस्व र व्ययको अनुमान ः
१) श्री ५ बाट प्रत्येक आर्थिक वर्षको सम्बन्धमा राष्ट्रिय पञ्चायतको सम्पुर्ण देहाय बमोजिमका कुरा समेत खुलाई वार्षिक अनुमान पेश गर्न लगाईबक्सनेछ ।
क) राजस्वको अनुमान,
ख) सञ्चित कोषप्रति व्ययभार हुने चाहिदा रकमहरु,र
ग) विनियोजन ऐनद्धारा व्यय हुने चाहिदा रकमहरु ।
२) विनियोजन ऐन अनुसार व्यय हुने चाहिदा रकम शीर्षकहरु निद्रिष्ट गरी विनियोजन विधेयकमा राखिनेछन् ।
तर क) राष्ट्रिय पंचायतमा राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल हुदा गत आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याई सुम्पिएको खर्चका् जिम्मेवारी र सो खर्च अनुसारको लक्ष्य हासिल भयो भएन त्यसको विवरण सम्बन्धि मन्त्री वा निजको तर्फबाट अन्य कुनै मन्त्रीले राष्ट्रिय पंचायतमा पेश गर्नु पर्नेछ ।
ख) वार्षिक अनुमानमा राष्ट्रिय पंचायतमा भएको छलफलको सिलसिलामा प्रस्तुत भएको संसाधनको सुझाबमध्ये मन्त्रिपरिषदले उचित देखेका सुझाबलाई सकेसम्म आवश्यकता अनुसार वार्षिक अनुमान तथा वार्षिक विनियोजन विधेयकमा तदनुकुल मिलाई समाबेश गर्न सक्नेछ ।
६३ं पुरक अनुमानः १) कुनै आर्थिक वर्षमा देहायको अवस्थामा पर्न र्आमा श्री ५ बाट पुरक अनुमान राष्ट्रिय पंचायतको सम्मुख राख्न लगाईबक्सनेछः–
क) चालु आर्थिक वर्षको निमित्त विनियोजन ऐनद्धारा कुनै सेवाको लागि खर्च गर्न अधिकार दिईएको रकम अपर्याप्त भयो भने वा त्यस वर्षको निमित्त विनियोजन ऐनले अधिकार नदिएको नयाँ सेवामा खर्च गर्न जरुरत पर्यो भने, वा ख) त्यस आर्थिक वर्षमा कुनै विनियोजन ऐनद्धारा अधिकृत भएको
रकमभन्दा बढी खर्च हुन गएकोछ भने ।
२) पुरक अनुमानमा राखिएको रकम शीर्षकहरुमा निर्दिष्ट गरी पुरक विनियोजन विधेयकमा राखिनेछन् ।
६४. पेश्की खर्चः १) यो भागमा यस अघि जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन विधेयक बिचाराधिन रहेको अवस्थामा आर्थिक वर्षको निमित्त अनुमान गरिएको व्ययको कुनै अंश अगाबै पेश्कीको रुपमा ऐनद्धारा खर्च गर्न सकिनेछ ।
२) धारा ६२ मा गरिएको व्यवस्था अनुसार राजस्व र व्ययको अनुमान पेश नगरिएसम्म पेश्की खर्च विधेयक प्रस्तुत गरिने छैन र पेश्कीको रकम आर्थिक वर्षको व्यय अनुमानको तृतीयांश भन्दा अधिक हुने छैन ।
३) पेश्की खर्च ऐन अनुसार खर्च भएको रकम विनियोजन विधेयकमा समावेश गरिनेछ ।
६५. उधारो खर्च ः १) यो भागमा यसअघि जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक कारण वा बाहा आक्रमणको आशंका वा आन्तरिक विच्न वा अरु कुनै कारणले गर्दा स्थानीय वा राष्ट्रव्यापी संकटको अवस्था भएमा धारा ६२ अन्तर्गत चाहिने विवरण खुलाउन अव्यावहारिक वा राज्यको सुरक्षा वा हितको दृष्टिले अवाञ्छनीय छ भन्ने कुरा श्री ५ सनतुष्ट होईबक्सेमा मौसुफबाट व्ययको बाच्छनीय ठहराईबक्सेको विवरण मात्र भएको खर्च विधेयक राष्ट्रिय पञ्चायतमा प्रस्तुत गर्न लगाईबक्सनेछ । २) उधारो खर्च ऐन अनुसार खर्च भएको रकम यथाशीघ्र पुरक विनियोजन विधेयकमा समावेश गरिनेछ ।
६६. आकस्मिक कोषः ऐनद्धारा आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिनेछ र सो कोषमा मन्त्रि परिषदको परामर्शमा श्री ५ बाट समय समयमा निधो गरिबक्से अनुसार रकम जम्मा गरिनेछ । श्री ५ बाट स्वीकृत बक्सेबमोजिम सो कोषबाट आकस्मिक कार्यका लागि खर्च गरिने छ । त्यस्तो खर्चको रकम ऐनद्धारा यथाशीघ्र सोधभर्ना गरिनेछ ।
६७. आर्थिक कार्यविधि सम्बन्धी ऐन ः ऐनद्धारा विनियाेिजत एक शीर्षकबाट अर्को शीर्षकमा रकम सार्ने कुरा र अरु आर्थिक कार्यविधि सम्बन्धी कुरा ऐनद्धारा व्यवस्थित हुन सक्नेछ । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *