नेपाल आमाको मूर्तिको निर्माण १५ प्रतिशत मात्रै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार /महेन्द्रनगर, २७ भाद्र
नेपाल आमाको मूर्तिको निर्माण कार्य १५ प्रतिशत मात्रै सकिएको छ । नेपालमै पहिलो पटक कञ्चनपुरमा निर्माण हुन लागेको ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्यमा ढिलाई भएको छ । वि.सं.२०७५ सालबाट निर्माण कार्य गरी सुरु गरी साढे तीन वर्षमा काम सम्पन्न गर्ने गरी कामको ठेक्का लिएको भ्यालि कन्स्ट्रसन ललितपुरले हालसम्म १५ प्रतिशत निर्माण कार्य मात्र सम्पन्न गरेको हो । केही प्राविधिक समस्या र कोरोना महामारीका कारणले निर्माण कार्यमा ढिलाई भएको ठेकेदार मनोहर महर्जनले बताए । ‘अहिलेसम्म ५० प्रतिशत काम सकिन्थ्यो तर भारतबाट कामदार आउन नसक्दा समस्या भयो उनले भने–‘तोकिएको सयममा काम सकिदैन ।’ उनका अनुसार मू्र्ति निर्माणको सम्पूर्ण काम सक्न तोकिएको समयभन्दा कम्तिमा पनि ५÷६ महिना बढी लाग्नेछ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–८ मा रहेको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माण गर्ने कार्यको सुरुवात जगद्गुरु मोहनशरण देवाचार्यले गरेका थिए । हालसम्म मन्दिरको जग निर्माण गर्ने र नेपाल आमाको मूर्तिको आसनका लागि आवश्यक पर्ने कमलको फुल निर्माण गर्ने काम सकिएको छ ।
भारतबाट मूर्ति निर्माणमा संलग्न अन्य कामदार आउने बित्तिकै निर्माण कार्य तीव्र गतिमा हुने ठेकेदार महर्जनले बताए । ‘लकडाउने सीमा बन्द हुँदा कामदार भारत मै रोकिए, काठमाण्डौबाट सामान पनि ल्याउन सकेका छैनौ, उनले भने– ‘मूर्ति निर्माणको आवश्यक सामान र कामदार उपलब्ध भए निर्माण कार्यले गति लिन्छ ।’ निर्माण कार्यमा ढिलाइ हुन नदिन आफूले आवश्यक पहल गरिरहेको समेत उनले बताए । नेपाल आमाको मूर्ति निर्माणका लागि १० करोड ८१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । मूर्ति निर्माणका लागि २५ देखि ३० टनसम्म अष्टधातु लाग्ने अनुमान गरिएको छ । भम्केनी क्षेत्रमा नेपाल आमाको मूर्तिसँगै सुदूरपश्चिमका ९ जिल्लाका प्रमुख देवीदेवताका कुण्डहरु पनि निर्माण गरिएका छन् । नौ जिल्लाका नौ कुण्डका साथै सूर्य कुण्ड, गणेश कुण्ड, अग्नी कुण्ड लगायतका अन्य पाँच कुण्ड समेत निर्माण गरिएको छ । प्राचीन समयमा यस क्षेत्रको नाम भम्का रहेको सोही क्षेत्रमा बस्दैं आएका साधु नन्ददासले बताए । ‘पाँच पाण्डवहरुले वनवासका समयमा यस क्षेत्रमा पाँच कुवामा पानी निकालेकाले यसलाई भम्का भन्थे, उनले भने– ‘यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको छ ।’ यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्न भीमदत्त नगरपालिकाले समेत सहयोग गरेको छ । मुर्ति चाडो बनाउनुपर्ने स्थानीयको माग छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *