अन्तमा हैजाका भ्याक्सिनहरु प्रभावविहिन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दोस्रो विश्वयुद्ध देखि महामारीको रुपमा फैलिएको हैजाले धेरैलाई लग्यो धेरैलाई छोड्यो । २०२७ सालसम्म हैजा र विफरका टिका लगाउथे, विफरको त भेद पनि हाल्दथे भेद बडो कस्टदायी हुने गर्दथ्यो । विफरका विरामीको पीप निकाली कपासमा राखी सिसिमा बन्द गरी राखी इच्छा अनुसारका गाउँहरुमा डेडेल्धुराका पनेरुहरु भेद हाल्दथे पुरा लक्षण देखिए पनि १०/१५ दिनमा निको भैहाल्दथ्यो । भेद जनमभरीको लागि थियो भने टिकाको अवधी ६ महिनाको थियो तर २०३२/३३ सालतर्फ टिकाले पनि काम गर्न छोड्यो । ३/३ महिना सिमित २/३ डोज दिनुपर्ने भए पनि त्यसबाट समेत प्रभावकारी नहुँदा सरसफाई तर्फ जोड दिन थाले लाईफव्याई साबुन प्रयोग गर्ने दिउसो हात धुने नियम नै त्यही बन्यो अन्तमा
सरसफाईलाई जोड दियो र २०३३/३४ सालदेखि हैजाको प्रकोप करिव करिव हराई सकेको थियो । त्यस्तै कोभिड १९ को बारेमा पनि हुनेछ भन्न सकिन्छ । जनताको रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुपर्ने देखिन्छ ।
स्कुलहरु खोल्ने व्यवस्था हुनुपर्ने
विद्यार्थीहरुको पढाईलाई ध्यानमा राखी विद्यालयहरु खोल्ने व्यवस्था मिलाउनु पर्दछ । बरु कक्षाहरु सञ्चालन गर्दा कक्षा कोठाहरुमा सेनिटाईजर वा अन्य रोग प्रतिरोधात्मक औषधीहरु छर्केर पनि थोरै विद्यार्थीलाई आलो पालो गरी उपस्थिति गरेर भए पनि पढाई रोक्नु भएन । बाच्ने विद्यार्थीहरुको जीवन बर्वाद भई रहेको छ । कानून निर्माण गरी पुरा सतर्कताका साथ यातायात र स्कुल सञ्चालन हुनुपर्ने जनधारणा रहेको पाईन्छ । नियमको उल्लंघन गर्ने माथि सक्त कारवाही भएमा बरु ठीक छ । जनधारणा

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *