वर्तमान व्यवस्थाका असल पक्षहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२०१९ सालको संविधानको विकेन्द्रीत कै रुपमा पंचायत व्यवस्था आयो गाउँ गाउँमा प्रधान पंचहरु रहे । कचहरी बसाली गाउँमा के गर्ने भन्ने छलफल गरी ठालुहरु पनि बाध्य भएर पंचायत व्यवस्थालाई सफल पारी गाउँमा सुख शान्ति दिन लागेकै आजको व्यवस्थाले पालिकाहरुलाई पूर्ण स्वतन्त्रता प्राप्त भएको छ । २०७२ को संविधानले पालिकाहरुको जन्म गराएकोले अब गाउँको विकास गर्न केन्द्रको प्रतिक्षा गरी रहनु पर्दैन यदि राम्रो मनसाय भएका पदाधिकारीहरुको उपस्थिति पालिकामा छन भने अवश्य ग्रामीण भेगमा प्रगति हुनेछ,
तर हामीले अधिकार पायौ जे पनि गरे हुने हो भन्ने भावनाको उपज भएमा गाउँ, नगरपालिकामा असह्य भेदभाव हुनेछ र विष्फोटको सुरुवात हुनेछ । अव पालिकाहरुको दायित्व बढेको छ । विकास निर्माण मात्र नभई परस्परको सद्भाव फैलाउने काम पनि गर्नु पर्दछ, आजसम्म गरिएको अनुभवमा राजनीतिक पार्टी कार्यकर्ताहरुले गाउँघरमा फूट गराई भोट संकलन गर्ने उपायको सिर्जना गरेका छैन भन्न सकिदैन ।
धेरै पालिकाहरुले केन्द्रीय ऐन नियम सित बाझिने ऐन बनाएका छन् कसैले सल्लाह दिएमा स्थानीय सरकारको अधिकार हो भनि उल्टो गर्ने गरेका छन्, जस्तो कि शिक्षा ऐन
देशभरको एकनाश हुनुपर्ने तर प्रान्त र स्थानीय स्तरमा त्यो काम गरिएको छैन । केन्द्रीय सरकारको कुनै पनि नियम मान्ने होइन भने राज्यमा एकता हुन पनि सम्भव छैन, मातृभाषाका विद्यालयहरुको नियममा स्वाधिनता होला त्यसमा पनि स्थानीय मातृभाषा पहिचान कायम राख्ने काम बाहेक अरु केही काम होला भन्न सकिदैन, जुन पालिकाहरुमा बढी जनसंख्याले बोल्ने आफ्नै साहित्य भएको भाषा छ भने त्यसको सम्बद्र्धन स्वतः भई हाल्छ जस्तो, मैथली, भोजपुरी आदि । राजनीतिक पार्टीहरु एक अर्का पार्टीका दुस्मन होईनन्, भित्र हुन सकेको साझेदारीमा देश बन्नु पर्छ भन्ने भावना गाउँदेखि शहर सम्म फैलाउनु पर्दछ । यहाँ त्यस्तो छैन जुन पार्टी सत्तामा जान्छ उसले जे गरेपनि हुन्छ भनेर सोच्नु व्यर्थ हो सोच्नु हुदैन । लामो समयसम्म जसरी नेपाली कांग्रेसका प्रमुख नेता वि.पि पछिका गिरिजा प्रसाद कोइरालाले शासन गरे देशमा आगो लगाएको प्रमाण हामी सबै संग छ । यदि देशका सबै राजनीतिक पार्टी सित सल्लाह गरेर व्यवस्था परिवर्तन राजसंस्थाका अधिकार कटौती वा निलम्बन जे पनि उपयुक्त लाग्छ त्यो गर्न सकिने थियो । तर त्यो बाटो अबलम्बन नगरी अरु थोक नै गरे देशमा विद्रोह फैलाउने काममा सफलता प्राप्त गरे सबै कम्युनिष्ट पार्टीहरु र अरु पार्टी सित गहन छलफल निस्वार्थ तरिकाले
गरेको भए ज्यादै सुन्दर पक्ष रहने थियो । बाह्य शक्ति सित साठगाठ गराई माओवादीको नामद्वारा धनजनको क्षति नेपालको स्वाभिमानमा समेत असर पर्ने काम गरायो, त्यसको पुर्ण जवाफदेही नेपाली कांग्रेस र एमालेले लिनै पर्छ । गएका कुरा विति सके त्यसबाट ज्ञान लिएर अवको नेपाल निर्माण गर्न सबै पार्टीहरु तथा निलम्बित राजसंस्थाका आस्थावानहरुले मात्र हैन पुर्व राजा, राजसंस्था नरहे पनि राजा ज्ञानेन्द्र समेतले एक स्वरमा राष्ट्र जोगाई राष्ट्रको स्वाभिमान जिवित राख्नै पर्छ । वर्तमानको व्यवस्थाका खराव र असल पक्षलाई केलाएर विद्वानहरुले हेर्नै पर्ने देख्दछौ । देश जनताको ढुकढुकी हो देशभरीका विद्वान, राजनीतिज्ञ, वैज्ञानिकहरुको एक पटक या पटक पटक गोलमेच सम्मेलनको आवश्यकता रहेको हामी ठान्दछौं तर त्यो निहुँले निहुँ खोजेर झगडा नगरी एक अर्काको मर्का हेर्नु अति आवश्यक लाग्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *