उर्बराभूमी क्षयिकरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २० भाद्र
अध्यधिक दोहनले उर्वराभूमि क्षयिकरण भईरहेको छ । कञ्चनपुरमा मुख्य गरेर उत्तर भएर दक्षिण तर्फ बग्ने महाकाली, दोदा, चौधर, सुनबरा, जोगबुढा, राधा लगायतका नदी बाह्रैमास बगिरहन्छन । केही खोला नाला खन्या, कामिकाटे, झर्नाखोला, बण्ड, कुण्डा लगायतका खहरेखोला बर्खायाममा मात्रै बग्छन् । यस बर्ष कञ्चनपुरमा असारमा अबिरल रुपमा भरी भयो, बारी बर्षा भएन् । तर, जेठमै भारी बर्षा भएपछि दोदा नदीका बगरमा लगाएको तरकारी खेती भने नष्ट गरिदियो । चुरे क्षेत्रका नदी, खोला नालाको अनियन्त्रित रुपमा दोहनले उर्बराखेती, मानव बसोबास बस्ती विस्थापन
गरिरहेको छ ।
मापदण्ड विपरित उत्खनन् नदी दोहनका कारण बर्षनी कञ्चनपुरको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे भएर दक्षिणतिर बग्ने साना तथा मझौला खोलानदीका कारण उर्बराभूमी क्षयिकरण भईरहेको हो । खोला तथा नदीले बर्षनी निजी, सार्वजनिक जमिन क्षयिकरण गरिरहेको छ । तर, क्षयिकरण रोक्नका लागि भने प्रभावकारी कार्यक्रम हुन सकेको छैन् । उल्टै नदीनाला दोहनका लागि स्थानीय तहविच ठेक्का पट्टाका लागि लुछाचुडी र प्रतिस्पर्धा भईरहन्छन ।
बर्षनी खोलानाला नदीको कटानी नियन्त्रणका लागि तटबन्ध, तारजाली लगाएपनि कटान, पटान एव क्षयिकरण रोकिन नसकेको हो ।
सरकारी निकायबाट कटानी रोक्नका लागि प्रयास हुँदाहुँदैपनि कटानी भने रोक्न सकिएको छैन् । उत्तर चुरे, महाभारत पर्वत, लिम्पिया धुराबाट बग्ने नदी खोलाका कारण बर्षनी कञ्चनपुरमा सयौँ विगाह जमिन कटानी भईरहेको छ । कुन बर्ष कति कटानी वा क्षयिकरण भयो भन्ने एकिन तथ्याङ्क राख्ने निकाय नै छैन् । तीन बर्ष अघि स्थापना भएको भू–क्षयिकरण कार्यालय समायोजन संगै कञ्चनपुरबाट हटेको छ । जिल्लाको जोगबुढा, महाकाली, दोदा, स्याली, चौधरी, सुनबरा, राधा नदी र खन्यखोला, झर्नाखोला, मुसेपानीखोला, कामिकाटे खोला लगायतका साना तथा ठुला खोलाले क्षयिकरण गरिरहेको छ । क्षयिकरण भन्नाले समान्य अर्थमा साविक जमिन कटानी गरेर नदी तथा खोलाले आफुसगै लग्ने हो । यहाँबाट क्षयिकरण भएको माटो अन्तिममा समुद्रमा पुग्ने स्थानीयको भनाई छ ।
बेदकोट नगरपालिका २ जडेपानीका स्थानीय पारमणी जोशीले अनियन्त्रित रुपमा चुरेका खोलानाला दोहनका कारण बर्षातका बेला
उर्बराभूमि कटानी हुने गरेको बताए । ‘हाम्रो यहाँ बर्ष मात्रै राधा नदीले चार जना स्थानीयको धानखेती भएको जमिन कटानी गरेको छ, उनले भने, ‘यो बस स्थानीय सरकारले ग्राभिलिङ्गबाट आम्दानीका नाममा रकममा ध्यान दिन अर्कातिर उर्बराजमिन बग्दैछ ।’ उनका अनुसार स्थानीय अम्मरा धामी, दल ब. धामी, आनन्द बोहरा, धन बहादुर बोहराको करिब १० कट्टा धानखेती सहित कटानी भएको छ । ‘स्थानीय सरकार जता ग्राभिलिङ्ग छ, त्यतै ठेक्का दिनमै ठिक्क छ, त्यही ठेक्का बाट आएको पैशाले तटबन्धमा ध्यान दिदैन, ‘उनले भने, ‘त्यही भएर नदीले तल्लो तटिय भेगमा कटानी गर्दै आएको छ ।’चुरेबाट बग्ने खन्यखोलाका कारण भीमदत्त नगरपालिका–२ उल्टाखाम क्षेत्रमा जमिन पटानी गरिदिएको छ । स्थानीय अम्बादत्त तिवारीका अनुसार नदीले उत्तरी भेगबाट माटो बगाएर ल्याएर स्थानीयको खेतमा थुपारिदिएको बताए । ‘जमिन पटानी भएको छ, ‘माटै माटाले भरिएको खेतीयोग्य जमिन वालुवामा
परिणत भयो ।’ महाकाली नदीले भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टीको उर्बराखेती वालुवामात्र नभई ढुङगामा परिणत गरिदिएको छ । स्थानीय पार्वती बोहरा सहितको दर्जनौँ स्थानीयको खेत ढुङगामा परिणत भएपछि स्थानीय विस्थापित भएका छन् । महाकाली नदीले यसबर्ष मात्रै भीनपा ९ ब्रम्हदेब र १२ ओदालीमा कटानी शुरु गरेको छ । ब्रम्हदेबमा तटबन्ध र ओदालीमा स्पर भत्काएको छ । दुवै ठाँउबाट महाकाली बस्ती पसे आधा कञ्चनपुर जिल्ला वाढिको चपेटामा पर्ने छ । महाकाली नगरपालिकामा हिउँदै जोगबुढा नदीले कटानी गर्दै आएको छ । महाकाली नगरालिका–१० कुतियाकबरका स्थानीय
भारमल सुनारले हिउँदै कटानी गर्ने जोगबुढाले बर्षातमा समेत कटानी गरिरहेको बताए । ‘हिउँदै पनि कटानी हुन्छ, ‘बर्षातमा त नहुने कुरै भएन ।’ उनका अनुसार हालसम्म ५ सय विगाह जमिन नदीले कटानी गरिसकेको छ ।
भारतले नहरको पानी छाड्दा पनि हिउँदमा कटानी हुने बर्षातमा उस्तैपनि नदीको सतह बढ्ने बताए ।बेदकोट नगरपालिका ४ बैतडका स्थानीय राजुराम सार्कीले चुरे भएर बग्ने चौधर नदिले बेदकोटको चुरे दक्षिणको जमिन कटानी गरिरहेको बताए । उनका अनुसार विगतका बर्षहरुमा जस्तो भारी बर्षा नभएपनि चौधर नदीले बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोल क्षेत्र लगायतमा कटानी गरेको बताए । सार्कीका अनुसार उत्तरे भुल, करन भुल र धुव्रे भूल सहितका स्थानीयको डेढ विगाह जमिन दुई दिनमै बगाएर लगेको छ । ‘चौधर नदीको उच्च जोखिममा यो सार्कीपार्की टोल छ, ‘उनले भने, ‘बर्षनी कटानी हुँदा बस्ती विस्थापितका साथै उर्बराभूमी वालुवाका परिणत हुँदैछ ।’ अनियनिन्त्रत नदीखोला दोहनका कारण जनताले दुख पाउने उनले बताए । दोदा नदीका कारण सिङ्गो लालझाडी गाउँपालिका सहित कृष्णपुर नगरपालिका २ र ३ नम्बर वडा कटानीको उच्च जोखिममा छ । लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले यस बर्ष नदीमा वाढि नआएपनि कटानी शुरु गरिएको बताए । उनका अनुसार लालझाडी गाउँपालिका–४ सिकलपट्टी जाई क्षेत्रमा कटानी शुरु भएको छ ।
गत बर्षमात्रै दोदाले १० विगाह भन्दा बढि जमिन कटानी गरेको छ । गाउँपालिका अध्यक्ष बडायकले ०६५ देखि दोदा नदीमा बर्षनी आएको वाढीले दशक ०७५ को अवधिमा ३ हजार विगाह जमिन कटानी गरेको अनुमान लगाए । ‘०६५ उता धेरै वाढि आएन्, कटानी पनि भएन, ‘गाउँपालिका अध्यक्ष बडायकले भने, ‘यता ०७५ सम्म करिब दोदा नदीले सबै गरेर तीन हजार विगाह जमिन कटानी गरेको हुनुपर्छ ।’
झर्नाखोलाका कारण बेलौरी नगरपालिका ९ र बेलडाँडी गाउँपालिका १ को उचो भागमा कटानी र तल्लो भागमा पटानी भएकोछ । झर्नाखोलाका स्थानीय दिनेश ठगुराठीले स्थानीयदेखि केन्द्र सरकारको गैर जिम्मेबारीपनका कारण कञ्चनपुर क्षयिकरणले उर्बराजमिन नासिदै गएको बताए । खोला नदीले नजानिदो तरिकाले बर्षनी क्षयिकरण गरिरहेको छ । एक हजार ६१० वर्ग किलोमिटरमा फैलिएको कञ्चनपुर बर्षनी हजारौँ विगाह जमिन क्षयिकरण हुँदा
कालान्तरणमा मरुमूमीमा परिणत हुने चिन्ता गरिएको छ । उत्तर भएर दक्षिण बग्ने नदीखोलाका ्कारण कटानी र क्षयिकरणले कुनैदिन सबै नदीखोलाको मिलन हुने चिन्ता गरिएको छ ।
भूक्षयिकरण रोक्नका लागि प्रदेश सरकार सहित डिभिजन वन, जनताको तटबन्ध एव सिँचाई डिभिजन सहित केही स्थानीय तह प्रत्यक्ष लागेपनि वातावरण बिनास, नदीखोला दोहनका कारण क्षतिकरण नरोकिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय वातावरण सकायका विद्यार्थी टेकेन्द्र पाठकले बताए ।
वातावरण विभाग सातौँ सेमेष्टरका विद्यार्थी पाठकले चुरेको दोहन, वन विनासका कारण क्षयिकरण नरोकिएको बताए । वातावरणका विद्यार्थी पाठकले खाना पकाउन दाउरा, अवैध रुपमा खोलानाला उत्खनन्ले क्षयिकरण भईरहेको बताए ।चुरे क्षेत्रमा लक्षित गरेर जनचेतनामुलक कार्यक्रममा जोडदिए । राज्यले प्रभावकारी नीति बनाएरै अघि बढ्न नसके कञ्चनपुर कटानीको उच्च जोखिममा पर्ने बताए । कटानीसंगै उर्बराभूमी नासिदा खाद्यान्नमा समेत संकट गर्ने उनको भनाई छ । कञ्चनपुरमा महाकाली, चौधरी (बगुन), दोदा लगायतका नदीखोलाबाट कानुन अनुसार उत्खन्नका लागि ठेक्का हुन्छ । तर केही, नदी खोलाबाट चोरी तस्करी गरिन उत्ख्नन हुने गरेको छ । मापदण्ड विपरित उत्ख्नन हुने नदीखोलाको अनुगमनको जिम्मेबारी पाएको जिल्ला समन्वय समिति कञ्चनपुरले स्थानीय तहले आन्तरिक आम्दानीका लागि दिने ठेक्का र त्यसबाट चुरे सहित अनियन्त्रित, मापदण्ड विपरित हुने उत्ख्ननले कटानी निम्त्याएको जनाएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले जति पटक अनुगमन गर्दा पनि मापदण्ड विपरित, चुरेबाट नदीखोला दोहन हुँदा पनि स्थानीय तहलाई कार्बाहीका लागि सिफारिस गर्दा कुनै पहल नगर्ने गुनासो पोखे । ‘स्थानीय तहले ठेक्का दिने, त्यसमै ढुक्क हुन्छन, ‘जिसस प्रमुख तामाङ्गले भने, ‘रेखदेख गर्दैनन, ‘त्यस कारण मापदण्ड विपरित उत्खनन् हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *