कोभिड–१९ बढ्न थाल्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ईश्वरी दत्त भट्ट
(भु.पु. स्वास्थ्यकर्मी)
द.न.पा. ५ बैतडी
हाल भी.न.पा. ६ कञ्चनपुर

मेचीकाली हिमाल, पहाड, तराई यत्रतत्र,
कोभिड–१९ फैलिदो छ त्राहिमान सर्वत्र ।
एन्टि कोभिड योजनाकार केन्द्र प्रदेश, जिल्ला
कफ्र्यू र लकडाउनले मात्रै सफलताको विल्ला ।
(१)

गलत साबित देखिदैछन विगत दिनका दाबी,
विज्ञमा अविज्ञ कतै हुन गए कि हाबी ?
जतिबढी खर्चियौ बजेट त्यतिकै बढे केस,
स्थिति मूल्याङ्कन गरी कदम चाल्नु बेस ।।
(२)
यसै साप्ताहिकको गताङ्कहरुमा मुकुटे विषाणु बैरि…. शीर्षक दिई नोभेल कोरोना भाइरसको महामारी र यसबाट प्रभावित विश्व परिवेश तथा महामारी प्रभावित हाम्रो देश आदि बारे थोरै लेख्ने प्रयास गरेको थिए । यस अतिरिक्त देशमा ०७६ माघमा देखा परेको पहिलो र ०७६ चैतमा देखा परेको दोस्रो कोभिड केसपछि यसको रोकथाममै तथा नियन्त्रणका लागी सरकारद्वारा थालिएका कदमहरु र त्यस्ता कदमहरुकमो सञ्चालन र परिचालन प्रदेश तथा स्थानीय स्तरसम्म कत्तिको गरियो आम नागरिक एवं जन समुदायहरुद्वारा सरकारी नीति र आह्वानको परिपालन भयो वा भएन लगायत समग्रमा चालिएका कदमहरुको प्रतिफल कस्तो देखिन्छ आदि पक्षबारे सोच्नुपर्ने प्रसँग पनि उठान गरेको थिए । प्रस्तुत लेखमा यिनै कुराहरु र कोभिड – १९को वर्तमान अवस्था तथा रोकथाम र नियन्त्रणमा हाम्रो सफलता असफलता एवं कमी कमजोरीबारे आफूलाई लागेको कुराहरु पाठक वर्ग समक्ष राख्ने प्रयास गरेको छु ।
अहिले समग्र विश्व २ करोड ६० लाख बढी मानिस कोभिड संक्रमित र त्यस मध्ये ८ लाख ६८ हजार बढीको दुःखद मृत्युको सन्ताप लगायत ठूलो आर्थिक मन्दी व्यहोर्दै गरेको छ ।
यसै परिप्रेक्षमा हाम्रो देशमा पनि कोभिड महामारी दिनादुदिन डरलाग्दो रुपमा बढ्दै गईरहेको छ । देशको सातवटै प्रदेश जिल्लाभरी महामारीको मारमा छन र हाल (१८ भाद्र ०७७ सम्म) देशभरी कुल संक्रमित संख्या ४२८७७७ पुगिसकेको र यस मध्ये २५७ जनाको ज्यान गइ सकेको अवस्था छ । एकातिर देशमा समुदाय स्तरसम्मको बढ्दो संक्रमण र संक्रमितहरुमा बढ्दो जटिलताका लक्षण एवं बढ्दो मृत्युदर चिन्ताजनक लाग्छ । भने अर्को तिर कोभिड रोकथाम र नियन्त्रणका कारण र उपयाहरुमा शिथिलता तथा उपचारात्मक सेवा साधन सम्पन्न (Well equipped) अस्पताल आईसोलेसन व्यवस्था जनशक्तिको कमी लगायतका कमी कमजोरी विद्यमान छन् । विगत झण्डै छ महिना देखि कोभिड–१९ को रोकथाम र नियन्त्रण निम्ति भनेर अर्बौको लगानीमा कोरोना विरुद्धका विभिन्न उपायहरु (Anti covid Approaches) चल्दै गरेका छन् । तर पनि कोभिड संक्रमण झन झन बढ्दो छ । र यति बेलाको चिन्ननीय विषय पनि यही हो जस्तो लाग्दछ ।
यथार्थमा बस्तुस्थिति हेर्दा र छोटकरीमा भन्नुपर्दा कोभिड–१९ को रोकथाम निम्ति अपनाउनु पर्ने व्यक्तिगत बचावका उपायहरु यथा माक्सको प्रयोग सामाजिक दुरी कायम गर्ने साबुन पानीले बेला बेलामा हात धुने, साबुन पानी नभएको अवस्थामा बेला बेलामा सेनिटाईजरको प्रयोग गर्ने, भीडमा नजाने, भीड जमा हुन नदिने जस्ता उपाय लगायत सरकारद्वारा निर्देशित अन्य मापदण्डहरुको परिपालन वा अवलम्बन गर्नु पर्दछ । आमजनद्वारा त्यति व्यहारमा लाग गरेको लाग्दैन र यद्यपि यो समस्या छ, प्रचारबाजी जरुर बढी भो तर व्यवत्तर बाजीको बास्ता धेरै काम भएको छ ।
यसरी आमजनबाट व्यक्तिगत बचावका उपायहरुको परिपालन नगरिएको अवस्था छ, भने अर्कोतर्फ आम जनसमुदाय लगायतको बचाव र कोभिड रोकथाम निम्ति सरकारद्वारा संचालित कदमहरु भनौं जो जहाँ छ त्यही रहनुपर्ने ध्येयको लकडाउन र तत्पश्चातको निशेधाज्ञाहरु, सिमाबन्द सहित आवत जावतमा बन्देज आदि इत्यादि देखि लिएर शंकास्पद व्यक्ति वा समूहलाई एक निश्चित अवधि भनौ सरायु अवधि (Imculation period) सम्म छुट्टै राख्ने
(क्वारेन्टाईन व्यवस्थापन आदि प्रयासहरु नै पनि कुरामा (बक्तव्य आदि) बढी र काममा कम व्यवस्थित, कम सञ्चालित र कम प्रभावकारी देखिएका छन् ।
अनि जव रोग देखा परिसकेको छ वा जे जति फैलिई सकेको छ यथासक्य नियन्त्रणमा राखी अर्थात केस संख्या बढन नदिए थप प्रसारण हुन नदिन माथि उल्लेख गरिएका व्यक्तिगत र सामुदायिक बचावका उपायहरुको अनिवार्य अलबम्बनको साथ साथै समुचित रुपमा उपचारात्मक उपायहरुको व्यवस्था अति आवश्यक लाग्दछ । यस निम्ति क्वारेन्टाईन, आइसोलेसन केस फाइन्डिङ्ग अथवा छिटो टे«सिंग, टेष्टिींग र थप सर्भे आदित्यादिदेखि लिएर अस्पताल र यथावश्यक उपचार सेवाहरु तयारी अवस्थामा रहनु जरुरी छ भन्ने कुरामा सायद दुई मत नहोला तर प्रारम्भमै लकडाउन देखि लिएर परिक्षण विधि प्रविधि औषधी सहितका सामग्री व्यवस्थापन र किनमेल प्रक्रिया लगायत हाल पर्यत्नका यावत कार्य र व्यवस्था बस्तु स्थितिको अध्ययन विश्लेषण र गहिराईमा गई सतही रुपमा बढी भए गरेको प्रतित हुन्छन् । फेरी स्वास्थ्य बाहेक अनय क्षेत्रको सहयोग र सहभागिता केही देखिए पनि समन्वयको अभाव पनि खटकिन्छ नै । र यो भन्दा पनि विचरणीय पक्ष हो कि कतै स्वास्थ्य क्षेत्रका सम्बन्धित विज्ञ भन्दा पनि राजनीतिज्ञ हाबी हुने गरेको अनलाईन चर्चा यथार्थ त होइन ? तयसैले माथि उल्लेखित कुराहरु र विद्यमान बस्तुस्थिति अध्ययन विश्लेषण सहित सेवा र अगाडी कार्यक्रम सञ्चालन गरिनु अहिलेको अपरिहार्यता लाग्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *