नेपालको संविधान २०१९ लाई ऐतिहासिक जानकारी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट
समय परिवर्तनशील छ मानव विचारधारा फेरबदल हुँदै जान्छन् जनचाहना स्वार्थमा लटपटिएका हुन्छन्, हरेक समाज नियम कानूनले चल्छ तर कानूनको पालना गर्नु पर्दछ नत्र देश समाज चलाउन कठिन हुन्छ, हामी माथि प्रयोग भएका सबै संविधानहरुलाई ऐतिहासिक दस्तावेजकै रुपमा प्रकाशित गरिरहेका छौं । अध्यापनको लागि सरल र सहज हुने नै छ केवल इतिहासको रुपमा मात्र हो भन्ने कुरा जानकारी गराउन नेपालको संविधान २०१९ लाई ऐतिहासिक जानकारी गराउँदछौं ।
गत अंकको बाँकी
परिच्छेद २
राष्ट्रिय पञ्चायत

भाग ९
व्यस्थापन विधि
५५.विधेयक प्रस्तुत गर्न सकिने ः १) राष्ट्रिय पञ्चायतको कुनै सदस्यले यो संविधान र धारा ५० अन्तर्गत बनेको नियमावलीको अधीनमा रही धारा ४१क. अन्तर्गत सम्बन्धित समितिमा विधेयक पेश गर्न सक्नेछ ।
तर–
क) देहायको कुनै विषय सम्बन्धी विधेयक वा संशोधन श्री ५ को मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री बाहेक अरुले प्रसतुत गर्न भन्दा अघि श्री ५ को अनुमति प्राप्त गर्नु पर्नेछ र त्यस्तो अनुमति श्री ५ को मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीद्धारा प्राप्त हुनेछ । श्री ५ बाट त्यस्तो अनुमति वक्सनु अगाडि राजसभासंग परामर्श गर्न सकिबक्सनेछ ।
१) कर लगाउने वा उठाउने वा करको दर बढाउने,
२) सञ्चित कोष वा अन्य कुनै सरकारी कोषबाट कुनै रकम विनियोजन वा खर्च गर्ने वा विनियोजन वा खर्च गर्न खोजिएको रकम बढाउने,
३) राजपरिवारको खर्च सम्बन्धी कुरा, वा
४) श्री ५ को सरकारको दायित्वको क्रण र जमानत सम्बन्धी कुरा ।
ख) धारा १७ को उपधारा २ मा उल्लेख पारिएको कुनै वा सबै उद्देश्यले बनेको भनी प्रस्तावनामा लेखिएको विधेयक वा संशोधन श्री ५ को अनुमति विना प्रस्तुत गरिने छैन र त्यस्तो अनुमति राष्ट्रिय पञ्चायतको सचिबद्धारा प्राप्त
हुनेछ । श्री ५ बाट त्यस्तो अनुमति बक्सनु अगाडी राजसभासंग परामर्श गर्न सकिबक्सनेछ ।
२) उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि शाही नेपाली सेना र सशस्त्र प्रहरी सम्बन्धी विधेयक वा संशोधन सम्बन्धी समितिमा श्री ५ को मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीले मात्र प्रस्तुत गर्न सक्नेछ ।
३) उपधारा १ वा २ बमोजिम समितिमा विधेयक पेश भएपछि
समितिद्धारा राष्ट्रिय पञ्चायतको नियमावली बमोजिम कारवाई भई राष्ट्रिय पञ्चायतमा प्रस्तुत हुनेछ ।
५६) विधेयकमा स्वीकृतिः १) कुनै विधेयक राष्ट्रिय पञ्चायतमा पारित भएपछि सो विधेयक स्वीकृतिको निमित्त श्री ५ का समक्ष पेश गरिनेछ र मौसुफबाट स्वीकृति बक्सन चाहिबक्सेकोमा सो विधेयक पेश भएको साधारणतया एक महीनाभित्रमा स्वीकृति बक्सेको सूचना पठाईबक्सनेछ र मौसुफबाट स्वीकृत बक्सन नचाहिबक्सेको वा संशोधन सहित स्वीकृत बक्सन चाहिबक्सेकोमा उपधारा २ बमोजिम गरिबक्सनेछ ।
२) राष्ट्रिय पञ्चायतले पारित गरेको कुनै विधेयक माथि श्री ५ बाट स्वीकृति बक्सन नचाहिबक्सेमा वा संशोधन सहित स्वीकृति बक्सन चाहिबक्सेमा
राजसभासंग परामर्श गरी राष्ट्रिय पञ्चायतमा सोही बमोजिमको सन्देश सहित फिर्ता पठाइबक्सनेछ र राष्ट्रिय पञ्चायतले त्यस्तो सन्देश माथि यथाशीघ्र विचार गरी श्री ५ मा आफ्नो राय चढाउनेछ र सो राय माथि विचार गरी मौसुफबाट स्वीकृति बक्सने, नबक्सने वा संशोधन सहित स्वीकृति बक्सने अन्तिम निर्णय गरिबक्सनेछ ।
३) राष्ट्रिय पञ्चायतमा छलफल भएको तर पारित हुन नसकेको कुनै विधेयक राष्ट्रिय पञ्चायतमा प्रस्तुत रुपमा वा संशोधन सहित पारित हुन श्री ५ बाट राजसभासंग परामर्श गरी वाञ्छनीय सम्झिबक्स्यो भने मौसुफबाट कारण सहित सोही बमोजिम सन्देश राष्ट्रिय पञ्चायतमा पठाईबक्सनेछ र राष्ट्रिय पञ्चायतले सो सन्देश माथि थयाशीघ्र विचार गरी आफ्नो राय श्री ५ मा चढाउनेछ र त्यस्तो रायमाथि विचार गरी सो विधेयक राष्ट्रिय पञ्चायतमा प्रस्तुत रुपमा वा संशोधन सहित श्री ५ बाट स्वीकृत गर्न सकिबक्सनेछ ।
४) श्री ५ बाट यो धारा बमोजिम कुनै विधेयकमा स्वीकृति बक्सेपछि सो विधेयक ऐन बन्नेछ र विधेयकमा लालमोहर लागेपछि त्यस्तो स्वीकृति बक्सेको मानिने छ ।
५७) अध्यादेशः १) राष्ट्रिय पञ्चायत वा राष्ट्रिय पञ्चायतको अधिबेशन नभएको बखतमा तत्काल केही गर्न आवश्यक परेको छ भन्ने कुरामा श्री ५ सन्तुष्ट होईबक्सेमा यस संविधानमा लेखिएका कुराहरुको प्रतिकूल नहुने गरी मौसुफबाट राजसभामा लेखिएका कुराहरुको प्रतिकुल नहुने गरी मौसुफबाट राजसभासंग चाहिबक्सेमा परामर्श गरी परिस्थिति अनुसार आवश्यक सम्झिबक्सेको अध्यादेश जारी गर्न सकिबक्सनेछ । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *