समाजलाई तहस नहस पार्ने योद्धाहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

समाजलाई सुधार्न चाहेमा युद्धले होइन समाज विद्वानले बुद्धि प्रयोग सर्वसाधारणले कर्मनिष्टता भएर बसेपछि मात्र समाज सुध्रिन्छ । समाज सुधारे हामी सबै सुध्रिन्छौं । व्यक्तिगत स्वार्थले समाज घर परिवारमा भाजो हाल्नेहरुले समाजलाई सुधार्न खोजे पनि विग्रन्छ । जव स्वार्थको दाश बन्दछ मानव तब सम्पूर्ण समाज तहस नहस हुन्छ । तर परिवारको कुरा गर्दा सँगै बस्दा केही कुरा नमिल्नु स्वभाविक हो तर कुनै परिवारका सदस्यले आफ्नै खालको प्रलोभनमा परि आफ्ना छोरा छोरी बुहारीहरुलाई अर्काको बारेमा झुटा कुरालाई अर्तिको रुपमा बयान गर्नु परिवार नासवान गर्नु हो त्यस कारण अर्ति त यथार्थ हुनु पर्छ सत्य तथ्य भएपछि अर्ति र औषधी मिठो हुदैन भन्छन् किनभने आफ्नो सन्तनीलाई मात्र खुसी पार्न खोजिदैन । अर्तिमा यथार्थ हुन्छ तितो हुन्छ तर फलदायी हुन्छ । त्यस कारण भनिएको हो अर्ति मिठो हुदैन र औषधी पनि खादा मिठो हुदैन तर प्रतिफल मिठो हुन्छ । त्यो हो सानो निजी पारिवारिक कुरा परिवारबाट देश बन्छ परिवारको कुनै पनि सदस्य राष्ट्रको समाज सुधारमा लाग्न सक्छ तसर्थ निहित स्वार्थले अरुलाई बदनाम गरी आफूले अर्काको बुई चढ्ने काम गर्नु राष्ट्रवादी, देश परिवार घाति हो । आजको समय देशभरीका धेरैजसो स्वार्थी समाजमा अरु देखि होइन आफ्नै समुदायका जनप्रतिनिधि अग्रजहरु माथि खनिएका हुन्छन् ।
झुटो आरोप लगाई अर्कोलाई तल पार्ने काम मात्र गरि रहेका छन् भन्नमा अपराध छैन । समय एकनास रहदैन सत्य हो यौटा अलग्गै प्रकाशितको सन्दर्भमा कुरा गर्नु पनि परेको छ । यिनकै भनाईले राजपरिवारकै आसेपासे भई जीवन धानेका परिवारका एक सदस्य कृष्णा अविरल जसले रक्तकुण्ड नामको उपन्यास पुस्तकमा लेखेका छन् । उक्त पुस्तकको प्रशासक कल्पना खनाल भट्टराई लेखक कृष्णा अविरल नामका व्यक्ति रहेका छन् । पुस्तकको नाम र विधा जे दिए पनि समग्रमा राजपरिवारको बदनाम गर्ने कार्यमा पूर्ण सहयोग गरेको छ । आफ्नो देश र राष्ट्र प्रमुखलाई होच्याउने कार्य बाहेक अरु ज्ञानमुलक ऐतिहासिकता केही छैन केही वर्षपछि गएर वा आज १५/२० वर्ष पुगेका युवा युवतीहरुलाई अचम्ब लाग्ला त्यो स्वभाविक पनि हो सत्य तथ्य कुरा व्यक्तिहरुको स्वार्थमा लुकेको हुन्छ । उहाँले आफ्नो पुस्तकको कभरको पछाडी आफ्नो फोटो राखी पहिलो हरफले मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी तथा राजा महेन्द्रको अपमान गर्न खोजेका छन् ।
दोस्रो हरफमा राजा महेन्द्रको स्वर्गवास हर्ट अटेक होइन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी सितको खटपटले आत्म हत्या गरेका हुन भन्ने लेखेका छन् । एक स्वाभिमानी राजाको बारेमा यस्ता कुरा कसको खेतालाको रुपमा रही लेखेका छन् तर उनले आफ्नो उमेर खुल्ने गरी आफ्नो पूर्ण परिचय समेत दिन सकेका छैनन् । राजा महेन्द्र भन्दा जेठा हुन वा कान्छा ? आफ्नो शैक्षिक योग्यता तथा प्रकाशित कृषिहरु पनि खुलाएको छैन यिनी कुन हैसियतका मानिस हुन राज परिवारका बाहुन भन्ने धाकले माथिल्लो दर्जामा पुग्न खोजेका हुन कि ?
तेस्रो अनुच्छेदमा लेखेका छन हाम्रो राजपरिवारबाट ठकुरी होईन मगर हुन भन्नुको अर्थ के मगर गुरुङहरुले त नेपालको विरताको परिचय दिएका छन । के भन्न र गर्न खोजेको हो ?
चौथोमा लेखेका छन डिवी लामा भरत गुरुङहरुले केटी मिलाई दिने काम गरेकाले बर्खास्त गरिएका हुन राजाबाट त्यस्तो होईन उनी भ्रष्ट देश लुटाहाको अभियोगमा उनीहरुको सम्पत्ति राष्ट्रियकरण गरेको पदबाट हटाएको हो भन्ने कुरा कहाँ कसरी भुलेछन् ।
उनले पुस्तकको अन्तमा लेखेका छन हत्यारालाई फासी दे राजा मार्न पाईदैन मुर्ति चोर देश छोड । भाइमारा मुर्दावाद गणतन्त्र जिन्दावाद भन्ने ५ वटा लाईन लेखी पुस्तकलाई अन्त गरेको छ । रक्त कुण्ड नामको पुस्तकबाट कुनै पनि समाजको हितकार्य गर्न सक्दैन त्यसकारण यस्ता कथा टाईपका पुस्तक लेखेर राष्ट्रको नै बदनाम हुने काम गर्नु निन्दनीय ठान्छु ।
विद्वान महात्मा गान्धी हुन निस्वार्थी पनि उनै हुन तर प्राणी जगतमा श्रृष्टि बृद्धि हुने कुरा र प्रेम जगतमा उनी टाढा थिए भन्न हामी सक्दैनौ त्यो उनको निजी जीवन हो तर सामाजिक जीवन उनी विश्वमा बजोड थिए भारत भाग्यमानी हो । यहाँ पत्रकारका नाममा पैसा माग्दै गाउँ विकास समिति सम्म धाउनेहरु अर्काको चरित्र हत्या गरी पैसा कमाउन पल्केका छन् । रक्त कुण्ड पुस्तकलाई ऐतिहासिक उपन्यास भनेको छ त्यो झुठो हो इतिहास नै होईन । राजा महेन्द्र र इन्द्रराज्य लक्ष्मीको प्रेम मुमाताज सँग तुलना गर्न सकिन्छ यो कामले देखाउँछ । इन्द्रराज्य लक्ष्मी प्रसुतिगृह नेपालको पहिलो प्रसुति गृह थियो । आज त्यहाँबाट हजारौं हजार नारीहरुले सेवा पाई रहेकी छन् । यस्तै यस्तै झुटा कुरा प्रकाशनले समाजमा नकारात्मक प्रभाव हुन्छ भन्ने कुरा साहित्य लेख्नेहरुले पनि बुझ्नु पर्छ । रक्तकुण्ड कृष्णा अविरल नामका व्यक्तिबाट लिखित वृतान्त होला त्यसमा कुनै भन्नु छैन तर ऐतिहासिक उपन्यास चाही होइन । आज नेपालको सुन्दर शान्त समाजलाई हत्या हिंसा आदिमा प्रविष्ट गरि दिएको छ । देश समाज आफन्तप्रति कुनै सकारात्मक भावना पैदा हुनुको सट्टा विकृति पैदा गराएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *