माइती नेपालद्वारा विपन्न परिवारलाई पौष्टिक खाना वितरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर, १३ भाद्र
कञ्चनपुरका विभिन्न स्थानीय तहमा माइती नेपाल कञ्चनपुरले विपन्न परिवारका करीब १४ हजार जनालाई पौष्टिक खाना वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि करीब ४ महिनासम्म गरिएको बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न परिवारका महिला तथा बालबालिकाहरुका लागि गत असार १६ गतेदेखि भदौ ११ गते बिहिबारसम्म सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान सञ्चालन गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार लामो समयसम्म भएको बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै सम्बन्धित स्थानीय तहसंगको सहकार्य तथा युएन वुमनको आर्थिक सहयोगमा माइती नेपालले उक्त अभियान सञ्चालन गरेको संयोजक भट्टको भनाइ छ ।
करीब दुई महिना लामो उक्त अभियानको समापनका क्रममा सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले पोषण युक्त खानाको अभावमा धेरै रोगहरुले च्याप्ने सम्भावना हुने भएकोले सरकारको मात्रै मुख नताकी आआफ्नौ खेतबारीमा हरियो तरकारी, सागपात, अन्न, गेडागुडी, फलफूल र घमै अण्डा उत्पादन गर्न तर्फ सबैले लाग्नु पर्ने सुझाव दिनुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *