बल्ल स्थानीय पार्कमा ज्यान भरिदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार / महेन्द्रनगर, १३ भाद्र
विश्वका हरेक शहरमा एक पार्क नभए शहरको शोभा नै हराउँछ । स्थानीय तथा बाह्य पर्यटकहरुको आगमन हुन्छ दिउसो भरी थाकेका व्यापारी शिक्षक कविहरुलाई समेत मनलाई शान्त दिने एक पार्क हुनुपर्ने अत्यावश्यक ठानेर तत्कालिन अञ्चलाधीशको सहभागिता तथा महेन्द्रनगरबासी व्यापारी उद्योग वाणिज्य संघको सहमति तथा नहर निर्माणका ठेकेदार केडीसीको सहयोग समेतमा महेन्द्रनगर नगरपालिकाका मेयर धर्मराज जोशी समेतको सकृयतामा महेन्द्रनगर बजारको दक्षिण पट्टीको क्षेत्र जहाँ पञ्चायत रजत स्तम्भ राखेको छ, त्यहाँ एक ज्यादै सुन्दर पार्क र सो साथ जोडिएको सानो क्षेत्रमा सरस्वती माताको मन्दिर निर्माण भएको थियो । सरस्वती पुजाँको दिन विद्यार्थीहरु नित्यपुजाआजा गर्दथे । मन्दिर ताम्रपत्रले छाएको छ । नेपाली सैलीमा निर्माण भएको मन्दिरका काठ चुहिएर सड्दै गरेका र ताम्रपत्र पनि उप्किन लागेको साथै पंचायत रजत स्तम्भमा जडान भएका मार्वल उखेली लगेकोले पनि पार्क कुरुप भएको थियो । २०४७/०४८ सालसम्म विभिन्न प्रकारका फुल फुल्ने सोभादायी पार्कलाई निजी क्षेत्रलाई भाडामा दिई कुरुप घिनलाग्दो बनाएको पार्क २०४७ देखि हालसम्म कुरुप अवस्था भोगेर आज भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको पहलमा पार्कले ज्याउन पाउने भएको छ । हाल वडाजोरतोडका साथ सरसफाईको काम भईरहेको छ । पार्कको साथै महेन्द्रको शालिकको पुर्नस्थापनाको आशा यहाँका जनताले गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *