के बहुदलको लागी मात्र आन्दोलन भएको हो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

२००७ सम्म पुगेको आन्दोलन जहानीय राणा शासनको विरुद्धमा थियो । २००७ सालमा म २ वर्षको थिए । त्यस बारेमा म अज्ञात रहेपनि समयानुकुल अध्ययन गर्दै जाँदा सबै कुरा ज्ञात भयो । जहानीय शासनमा राणाको ज्यान बाहेक अरु कोही पनि प्रधानमन्त्री बन्न सक्दैनथ्यो । हरेक वर्ष कर्मचारीको पजनी गरिन्थ्यो ठाउँ ठाउँमा राणाहरु नै प्रमुख थिए । उनकै नातेदारले भरीभराउ हुन्थे । सबै ठाउँमा त्यसपछि चाकरी बाजहरु पैसा कमाएर दिन सक्नेहरुको बाहुल्यता थियो । २००७ सालमा बहुदलीय प्रजातन्त्रको लागी मात्र जनता आन्दोलनमा सहभागी भएका होइनन् जनचचाहना राणा हटाउने नभई राणातन्त्र मात्र हटाउन खोजेका हुन तर ठीक उल्टो भयो राणा हटे तर राणातन्त्र हटेन । त्यसकारण २००७ पछि नेपालमा बाह्य हस्तक्षेप बढ्यो । विकास ढिलो चाडो हुनु स्वभाविक नै हो भारतमा अंग्रेजले आक्रमण गरी शासन सत्ता आफैले चलायो ४/५ सय देशहरुलाई विलय गराई एक देशको निर्माण गरेयो । जसलाई इन्डीया भन्ने गरिन्थ्यो भने हामी भारत भन्छौ किनभने भरत खण्डो, जम्भुदीपे भनेर पुजा गर्दा सुरुमा जप्ने भन्ने गर्र्छौ तर त्यो क्षेत्र अंग्रेजको चंगुलमा फस्यो । सबै भारतबासीहरु केवल विकासको फल चाख्नमा मस्त रहे । अंग्रेजहरुले नै सुख शान्ति दिएको थियो, सबै भारतीयहरुले भारतको निर्माण गर्ने अंग्रेजहरुको गुणगान गाउन बाध्य परिए । स्थानीय स्तरमा भारतीय नागरिकहरुको नै नेतृत्व थियो तर नीति नियम अंग्रेजहरुले निर्माण गरेका नै काम लगाउथे । अंग्रेजहरुले जे जनि काम गरे भारतीय नागरिकहरुकै हितमा काम गरे । आफ्नो स्वार्थ त केवल उच्च रहन सहन मोजमस्ती नै थियो । भारतको कनियाकुमारी देखि कास्मीर, असाम, नैनिताल, मद्राससम्म रेल्वै लाईनको निर्माण गर्यो । नेपालको बाटो भई तिब्बत चीन आक्रमण गर्नबाट नेपालले रोक लगायो र त्यहाँ पुग्नै सकेन । विकास त ढिलो चाँडो भईहाल्छ तर स्वाभिमान गुम्न दिनु हुदैन । त्यस्तो युगमा समेत नेपालले आफ्नो अस्तित्व र स्वाभिमान बचाई राख्यो नेपालको सम्पत्ति त्यही हो ।
हामी नेपालीहरुको आन्दोलन राणा हटाउ होईन कि राणा सरकारको प्रवृत्ति हटाई नयाँ व्यवस्थापन गर्नु मात्र थियो तर यहाँ राणा हटाउँ अभियानमा रुपान्तरण भयो र राणाहरुले नेपालको आन्दोलन समेत लगेर भारतको विभिन्न शहरमा पसे जस्तो बेङ्गलोर, मुम्बै कलकत्ता आदि । आन्दोलनले राणाहरु भागे तर राणा शासनको प्रवृत्ति जिवित रह्यो अझै जान सकेको छैन । विदेशी हस्तक्षेप राणा शासनको झल्को हटाउने काम राजा महेन्द्रबाट भयो त्यो ठीक छैन भन्न थाले ।
नेपाली जनताले बहुदलीय व्यवस्था ल्याउनको लागि मात्र आन्दोलन गरेको होईन, देशमा भएको विदेशी हस्तक्षेप बन्द गरी देशलाई आफ्नो शैली र विचारमा चलाउन भ्रष्टाचार भ्रष्ट प्रवृत्ति निर्मुल पार्न गरेका हौं राणा शासन जहानीय थियो हटाउ भनेको सुनेन आन्दोलन गर्यो राम्रो हो तर नेपाली जनता माझ जानुपर्नेमा हामी दिल्ली तर्फ लाग्यौ । नेपाल दिल्लीको शाखा स्वशासित क्षेत्र होइन भन्ने कुरा बुझ्न सकेन ।
हाम्रा नेताहरु आफै पनि षडयन्त्रको भूमरीमा फसेका छन् । नेपालीले नेपालीको सल्लाह नलिई विदेशीकै इसारामा बाच्ने हावी प्रवृति नै नेपालको शोक हो । आज हामीले आफ्नो देश आफै चलाउनको लागी भनेर पनि आन्दोलन थालेका थियौ तर विचैमा भारतीय नेताहरु जस लिनको लागी नेपालीको आन्दोलनमा सहभागी भएका हुन भन्नु राम्रो हो चाहे उनीहरुको नेतृत्वमा नेपाली नेताहरु पछि पछि वा अघी अघी जहाँ लागे पनि अवश्य पनि अन्तमा गएर हामी भारतको चंगुलमा पुग्न गएका छौं । यसको अर्थ त्यो होइन कि नेपाललाई भारतले सिध्याई सक्यो भन्ने होइन कुरा हो सिध्याउने रचनात्मक खेल खेलाईरहेको छ । यसमा हामी भारतको मात्र दोष देख्छौं त्यो होइन, हामी त नेपालमा रोजगारी दिन नसक्ने नेपालका मौलिक उद्योगहरु सबै बेची खाने सरकारको फेला परेका छौं । विदेशी मित्रले दान दिएका उद्योगहरु चलाएर खान नसक्ने अवस्थाले गर्दा भारतमा गएर रोजगारी गरिरहेपनि जव कहिले काही दुई देशका नेताबीच मनमुटाव हुन्छ तब भारतमा गएका नेपाली कामदारलाई नराम्रो असर पर्दछ । त्यस कारण जनतालाई नराम्रो असर पर्ने काम गर्नु हुदैन, हामी नेपालमा जन्मेका भए पनि सानो भन्दा सानो कुराको लागी भारत पस्नु परेको छ । नेपालको भन्दा बढी रोजगार हामीले भारतबाट पाएका छौं । व्यापारको कुरा गर्दा पुँजी नभएपनि यदि इमान्दारिता देखाउन सक्यौं भने उधारोमा करोडौको सामान दिन्छन दिई रहेको छ । नोकरीको कुरा गर्दा यहाँ ठूलो धनरासी खर्चेर प्राप्त हुने नोकरी भारतमा एक रुपियाँ खर्च नगरेर प्राप्त हुन्छ । भारतीय आर्मी, प्रहरी वन इत्यादि सरकारी कार्यालय र ठूला साना उद्योगहरुमा घरमा राम्रै नोकरी पाइन्छ । २०४०/४१ सालतर्फको कुरा याद आउँछ नेपाल सरकारले अमेरिका लगायतका देशहरु सित तयारी पोशाक निकासीको सम्झौता गर्यो नेपालमा जति कपडा उत्पादन हुन्छ ती सबैको तयारी पोशाक बनाएर पठाउ हामी खरिद गरि दिन्छौं भनेपछि काठमाडौंका हरेक चोक गल्लीमा गारमेन्ट उद्योगहरु खोलिए मार्केट खोज्ने त्यसमा पनि बढी मुनाफा हुने मुलुक, त्यस्तै गलौचा उद्योगहरु । बेल्जीयमबाट आयात गरेको उनको गलैचा बुनी ब्रिटिस लगायतका देशहरुमा निकासी गर्दा व्यापारीलाई मनग्य नाफा आउने सरकारलाई राजश्व आउने कामले गर्दा जनताको गौरव बढेको थियो । नेपाली जनता जो सत्ता, व्यवस्था परिवर्तनको लागी अहिंसात्मक तथा हिंसात्मक आन्दोलनमा उत्रियो, उतारिए, ती केवल बहुदलीय तथा गणतन्त्रीय व्यवस्था ल्याउनको लागी मात्र नभएर देशमा इमान्दारी पुर्वक राज्य सञ्चालन गर्न नेपाल र नेपालीको आत्म सम्मान गौरब बढाउनको लागी विक्री गरिएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्न देशलाई मगन्ते भिखमगा होइन कि स्वाबलम्बी देशको निर्माण गर्नको लागी मात्र सहभागी भएका हुन । नत्र देशमा कसको शासन भए के भयो र बेलपत्र पाकेपछि कागलाई के वास्ता ? भनेझै हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *