महाकाली प्रादेशिक अस्पताल सुधारोन्मुखतर्फ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर, १३ भाद्र
महाकाली प्रादेशिक अस्पताल विरामीको मन जित्दै गएको छ । अस्पतालले गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन थालेपछि अहिले अस्पतालप्रतिको धारणा पदलिदै गएको छ । अस्पताल व्यवस्थापन समितिले विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गर्दै क्रमिक रुपमा सुधारोन्मुख तर्फ गईरहेको छ । लामो समयदेखि चिकित्सकहरुको अभाव रहेको अस्पतालमा अहिले सेवा सुविधा विस्तार गर्दै जाँदा विज्ञेषज्ञ डाक्टरहरु आउने क्रम जारी रहेको छ । विज्ञेषज्ञ डाक्टर आएपछि महाकाली प्रादेशिक अस्पतालले अप्ठ्यारा भन्दा अप्ठ्यारा अपरेशनहरु सफलरुपले उपचार गर्दै आईरहेको छ । त्यही क्रमलाई निरन्तरता दिने दौरानमा फेरी एक जटिल शल्यक्रिया सफल रुपमा गरेको छ । प्रशुतिको सेवाका लागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको पाठेघरको नलि फट्दा रक्तश्रापका कारण ६ पोईन्टभन्दा कम रगत रहेको जटिल अवस्थामा समेत अस्पतालका विशेषज्ञ डाक्टरको टिमले सफल शल्यक्रिया गरेको हो । उक्त जटिल शल्यक्रिया सफल रुपमा गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बक्सर)ले बताए ।
स्त्री रोग विशेषज्ञ डाक्टर नि.मेसु डा. हरि कुमार श्रेष्ठ, एनेस्थेसियोलोँजिस्ट डा. विरेन्द्र सिंह बुडालको नेतृत्वमा डा. कविता शाह, डा. कविता यादब र नर्सिङ स्टाफ तथा एनेस्थीसिया सहायक लगायतको टिमले उक्त जटिल शल्यक्रियाको सफलरुपमा गरेको अध्यक्ष जोशीले बताए । डेढ बर्ष अगाडि किनेको तर अस्पतालमा विशेषज्ञ डाक्टरहरुको टिम नहुदा प्रयोगमा नआएको एनेस्थीसिया मेसिन समेत शल्यक्रियामा प्रयोगमा आएको अध्यक्ष जोशीले बताए । सफल भएको जटिल अप्रेसनमा डेढ बर्ष अगाडि किनेको एनेस्थीसिया मेसिन प्रयोगमा आएको छ अध्यक्ष जोशीले भने ‘ अस्पतालमा विशेषज्ञ डाक्टरको टिमको अभावमा डेढ बर्षदेखी उक्त मेसिन प्रयोगमा आएको थिएन ।’ अध्यक्ष जोशीले शल्यक्रिया गर्ने डाक्टरहरुको टिमलाई बधाई समेत दिएका छन ।
विशेषज्ञ डाक्टरको टिम नहुदा महाकाली प्रादेशिक अस्पतालमै गर्न सकिने शल्यक्रियका लागि रिफर गर्नु पर्ने बाध्यता हटेको अध्यक्ष जोशीले बताए । अझै विशेषज्ञ डाक्टर आउने र थप उपकरणहरु प्रयोगमा आउने समेत उनले बताए । अस्पताल सुधारका लागि क्रमिक रुपमा लागि रहने उनले बताए । यो गत वर्षको अघिल्लो बर्षभन्दा अस्पताल सयौ गुणा सुधार भएको अवस्था छ । रिफर अस्पतालका नामले चिनिने अस्पताल अहिले हजारौ सेवाग्राहीलाई स्वास्थ्य सेवा दिने थलोका रुपमा चिनिदै आएको छ । अहिले निजि क्लिनिकहरुले सरकारी अस्पतालमा रिफर गर्ने अवस्था आएको छ । अहिले अस्पतालमा १० जना विषेशज्ञ डाक्टर कार्यरत रहेको जोशीले बताए । यसै महिनाभित्र थप एकजना विशेषज्ञ डाक्टर थपिने समेत अध्यक्ष जोशीले बताए । अध्यक्ष जोशीका अनुसार अहिले अस्पतालमा चार ओटा भेण्टिलेटर र ६ वटा आईसियु बेड रहेका छन । चार वटा भेण्टिलेटर र दश वटा आईसियु वेड नयाँ स्थापना गरिने पनि अध्यक्ष जोशीले बताए । त्यसको लागि दुई करोड बजेट समेत छुट्याई सकिएको जोशीले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *