हामीले कसको सेवा गर्ने जनता, देश नेताको








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हामी नेपाली नेपालका नागरिक हौं नागरिक सर्वोत्तम शक्तिमान भएकाले नेताहरु सुरुमा जनताकै चाकरी गरे जस्तो गर्दछन तर जव निर्वाचन सकिन्छ त्यसपछि जनतालाई चिन्न छोडी दिन्छन र केवल आफ्ना कार्यकर्तामा पनि जो बलवान छन उनलाई मात्र चिन्दछन । जनता विश्वास गरेर ठगिदै गएका छन । तर नेताहरु शक्ति सत्ताको लागी मरिमेट्दैछन् । यो
कुरा आजको होईन २००७ साल भन्दा पनि पुर्व भारतले स्वतन्त्रता पाउना साथ नेपालप्रतिको सकारात्मक वा नकारात्मक धारणा जे भए पनि गहिरो सोच नेपाल प्रति गरेर नेहरुको नेतृत्वमा नेपाललाई आफ्नो पक्ष वा आफ्नो नियन्त्रणमा राख्ने दिर्घकालिन योजना नबनाएको भए आज नेपालको रुप अर्कै हुने थियो । हामी निहत्ता जनता विश्वासको सागरमा पौडी खेल्ने तर पोखरी रुपी नेताले बगाएर लैजान्छन् । हामी जनतालाई थाहा थिएन हामीले कसको सेवा गर्ने देश, नेता जनता कसको सेवा गर्ने बारेमा बुझ्न नसकेकोले हामी नेताहरुकै सेवा चाकरी र समर्थनमा लाग्यौ । गाउँका गाउँ अभियानको नाममा सरकारी जनताको साँझा सम्पत्ति बैंक समेत लुट्नमा लाग्यौ । आफ्नो गाउँका गाउँलेहरुलाई तर्साइ ज्यान मार्ने र धम्क्याउने गर्यौं । राष्ट्र र नागरिकको सेवा गर्ने मौका जनताले पाएन, केवल आकाश सितको उधारो गफमा नेताहरुलाई भोट दियौं जितायौं हाम्रा सपना साकार पार्न तर राष्ट्रको सेवा गर्ने इच्छा हुँदाहुँदै पनि नेतृत्व विहिनताले राष्ट्रको सेवा गर्न सकेनौं ।
हाम्रो अधिकार अन्जानमा हामीले विक्रि गर्यौं र नेताहरुले हाम्रो अधिकार खरिद गरी दुरुपयोग गर्यो । अनावश्यक कर्जा लिई दुरुपयोग पनि भयो, काम पनि भयो । जलश्रोतको धनिराष्ट्र गरिव बनि रहेको समयमा कुलमान घिसिङले देशको इज्जत बचाई लोडसेडिङको अन्त गर्यो । केवल उनबाट घुसको आशा गर्नेहरुले पनि खान पाएन त्यसैले होला अव अर्को कार्यकाल उनलाई नदिने संकेतहरु आईरहेका छन् । राष्ट्रको सेवक कुलमान घिसिङलाई पुनः सेवा गर्ने मौका १ अवधिसम्म सरकारले थप गर्नु पर्छ भन्ने धारणा छ ।
नेपाल आमाले जन्माएका सपुतहरुको इच्छालाई नेताहरुले साथ दिन सकेको छैन । उनीहरु पनि अर्काको विश्वासमा रहेर अन्तमा धोका पाएकाले नेपाली जनताले पनि विश्वासमा नै धोका खानु परेको छ । हाम्रा ७ दलहरुले केवल राजसंस्था हटाउने कालो मनले दिल्लीमा भारतीय नेताहरुको संरक्षकत्वमा १२ बुँदे सम्झौता गर्यो । मानौं नेपाली नेता र भारतीय नेताहरु बीच आन्दोलन भएकोले भनेझै गर्यो जसको कल्पना नेपाली जनताले गरेकै थिएन ।
२००७ सालको दिल्ली सम्झौताबाट सबै नेपालीहरु तर्सि सकेका थिए । विस्तारवादी भारत भनेर नेपालका कम्युनिष्ट पार्टीहरु आवाज उठाई रहेका थिए अन्तमा कम्युनिष्टकै बलमा गिरिजा बाबुको नेतृत्वमा दिल्लीमा १२ बुँदे सम्झौता गर्यो के नेपालमा एक दुई सय जना अटाउने ठाउँ थिएन । राजा विरेन्द्र जिउँदै छदा रोप्ला रुकुम वा नारायणहिटीमा बसेर पनि स्वाभिमानी सम्झौता अवश्य गर्न सकिने थियो ।
राजगद्दीको दाव लगाई गद्दी नै त्याग्न हिम्मत राख्ने राजसंस्था के नेपालको उन्नतिमा बाधक हुने थिए ? विदेशीको शरणमा जानु भन्दा त नेपाली जनताको शरण अर्थात भारत सित झुकाउनु भन्दा जनता सित झुक्नु बेस भनेर २०४६ सालको आन्दोलनमा सुपरमन्यस स्वामी लगायतका भारतीय नेताहरु दिल्लीमा नै नेपाली राजनीतिको सम्झौता गर्न चाहन्थे तर राजाले नेपालमा नै गरौं र नेपाली नेपाली बीचको खिचलो नेपालमा नै मिलाऔं भनि बहुदलबादी नेताहरु सित नेपालमा नै वार्ता गर्नको लागी भनेर माननीय लोकेन्द्र बहादुर चन्दलाई राजा नेता बीचको विवाद मिलाउनको लागी प्रधानमन्त्री बनाई नेपाली नेपाली बीचका राजनीतिक झगडा मिलाई निर्दलीय व्यवस्था हटाई नेताहरुको माग बमोजिम बहुदलीय व्यवस्थाको घोषणा गर्यो भने माओवादी तथा अन्य कम्युनिष्ट तथा ने.का. नेता गरिजाले लागी परेमा के मान्य थिएन ।
राज्यका सञ्चालक त राजा होइन नेताहरु नै हुन । जनताको घरबाट जन्मिएका नेताहरुले केवल इमान्दार भई देशको हितमा काम गर्नुपर्छ राजा राष्ट्रपति जो पनि नेताहरुकै भरमा हुन्छन, राष्टपति होईन वा राजा नेताहरुकै भरमा रहन्छन् । राष्ट्रप्रमुख र देशलाई बचाउने डुवाउने काम नेताहरुकै हातमा हुन्छ । राजालाई त जनता चिन्दैनन् किनभने नेताहरुले राजालाई जनताको घरदैलोमा जान दिदैनथे किनभने काम गर्ने नेता भएकाले जनताले हाम्रो सिकायत राजासित गर्छन कि भन्ने शंका हमेसा नेताहरुमा हुने गर्दथ्यो । प्रधानमन्त्री गिरिजा त राजालाई पत्रपत्रिकामा अन्तरवार्ता दिनबाट पनि रोक्दथे एक पटक अंग्रेजी पत्रिका द इन्डपेन्डेन्टलाई अन्तरवार्ता दिदा राजा विरेन्द्रको विरोध गरेका थिए । त्यसको नेपाली अनुवाद जनमन्च साप्ताहिकले पनि छापेका थिए । रा जा देशलाई बन्धक राख्न चाहदैनथे ।
माओवादी द्वन्दकालमा देशमा भएको रक्तपातलाई पनि ख्यालमा राखी यदि देशमा शान्ति सुव्यवस्था कायम हुन्छ भने र जनचाहना त्यस्तै छ भने म जनताको नासो जनतालाई बुझाई दिन्छु जनताले जे चाहना गर्छन म त्यही गरुला भनि राजमुकुटलाई सुरक्षित राख्न गिरिजाको जिम्मामा दिई राजगद्दी परित्याग गरेका राजा ज्ञानेन्द्र आज जहाँ बोलायो त्यहाँ गई रहेका छन् । राजा आउ देश बचाउ भन्दै जैजैकार गरी रहेका छन् जो सबैका सामु छ । चाकडी नगरी जन्मभूमि नेपाल आमा र जनताको सेवा गर्नुपर्छ अवरोध गर्ने धेरै हुन्छन तर त्यो अवरोधबाट चिलित हुनु हुदैन ।







