मुकुटे विषाणु बैरी….

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ईश्वरी दत्त भट्ट
(भु.पु. स्वास्थ्यकर्मी)
द.न.पा. ५ बैतडी
हाल भी.न.पा. ६ कञ्चनपुर

कोरोना विषाणु बैरी कोभिड नाइन्टीन,
घट्ला सोच्दा बढ्न थाल्यो ठीक छैनन् लच्छिन ।
अव्यवस्थित कार्यक्रम र सुव्यवस्थित कुरा,
हुन थालेमा के होलान खै लक्षित काम पुरा ।।

यस साप्ताहिकको गंताङ्कमा प्रकाशित उक्त शीर्षक लेखमा मुद्रा राक्षसको त्रुटिबस कोरोना संक्रमित देशको संख्या २१३ हुनु पर्ने लगायतमा अन्यथा हुन गएकोले पाठक वर्गमा पर्न गएको असुविधा प्रति आभार र स्वयम् ग्लानी महसुस गर्दै क्रमशः विषय बस्तु अगाडी बढाउने प्रयास गरेको छु । कोभिड–१९ को महामारी र वर्तमानको सेरोफेरोमा हाम्रो देश कोरोनामुक्त रहन सक्ने अवस्था भएन । हाल देशभरी कुल संक्रमित संख्या २९ हजार नाघी सकेको छ । जसमध्ये यही भाद्र ३ गते सम्म १२६ जनाको ज्यान गई सकेको सरकारी तथ्याङ्कले बताउँछ । र कोभिड–१९ रोग सात वटै प्रदेश तथा ७७ वटै जिल्ल्लामा देखा परिसकेको छ । प्रादेशिक परिप्रेक्षमा भन्नु पर्दा हाम्रो सुदूरपश्चिममा नौ वटै जिल्लाको गरी कुल संक्रमित संख्या पाँच हजार नाघेको र यही ३ भाद्रसम्ममा १२ जनाको ज्यान गईसकेको समाचार छन् । र अझै ध्यानाकर्षण र बढी सजग रहनुपर्ने अवस्था के छ भने समग्र प्रदेश कोरोना महामारीको उच्च जोखिम तथा संक्रमणका एकाधिक कारक तत्वहरुको परिधिमा छ । यस अतिरिक्त देशव्यापी संक्रमणको यो अवस्थामा कहीकतै संक्रमित संख्या नगन्य र कम त कतै अधिक हुनु र देखिनुमा भौगोलिक अवस्था, भौतिक, जैविक र जलवायुको परिवेश, मानवबस्ती, आवागमन, स्वास्थ्य सेवाहरुको उपलब्धि र खास गरी मनोसामाजिक कुराहरु भनौ सामाजिक आर्थिक साँस्कृतिक, धार्मिक आदी कुराहरुले बढी भूमिका खेलेको हुन्छ । त्यसैले रोग देखा परिसकेपछि सतर्कता सबै क्षेत्रमा अत्ति आवश्यक हुन्छ ।
खैर जे होस, यति बेलाको आवश्यकता हो कोभिड–१९ बाट बच्न तथा यसको रोकथाम नियन्त्रणका लागी आमजनमा कोभिड–१९ को लक्षणहरुबारे ज्ञान हुनु र प्राप्त ज्ञानको अनिवार्य रुपमा प्रयोय गरिनु । हाल व्याप्त यस कोरोना भाइरस रोगको प्रमुख लक्षणहरुममा रुघाखोकी र १०४ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आउनु, सुक्खा खोकी लाग्नु र स्वास प्रश्वासमा कठिनाई हुनु, र अन्य अक्षणहरुमा स्वाद र गन्ध थाहा नपाउनु, पखला लाग्नु टाउको दुख्नु, घाटी दुख्नु आदि हुन । यी लक्षणहरुको ज्ञान भएपछि व्यवहारिक प्रयोगका कुराहरुमा यदि कसैलाई उक्त लक्षण देखा परे अथवा अरु कसैलाई त्यो लक्षण लागेको थाहा पाए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क
राख्ने र राख्न लगाउने । यसको साथै अनिवार्य रुपमा अबलम्बन र पालन गर्नुपर्ने कुराहरुमा मास्कको प्रयोग गर्ने, दुई मिटरको सामाजिक दुरी कायम राख्ने, बेला बेलामा साबुन पानीेले हात धुने, र साबुन पानी नभएको बेला सेनिटाईजरको प्रयोग गर्ने, हाच्छ्उि गर्दा रुघाखोकी वा फ्लु संक्रमितहरुबाट टाढा रहने, घरको खान खाने र मासु, माछा, अण्डा राम्ररी पकाएर खाने, यस प्रकारका यी कुराहरु पालन गरिए कोरोनाबाट बच्न सकिन्छ ।
अब कुरो आउँछ कोभिड –१९ को रोकथाम र नियन्त्रणको र विश्वपरिवेशमै औषधी र खोप दुवै कुराको अभाव हुनुले तथा कोरोना भाइरसको चारित्रिक विविधता एवं तीब्र
प्रसारणको कारण यस रोगको रोकथाम र नियन्त्रणमा जटिलता देखिने गरेको छ । तैपनि रोकथामको उपाय र उपादेयता प्रति सबैको सजगता र सक्रियता रहेमा रोग नियन्त्रणमा ल्याउन नसकिने कुरा होईन ।
सामान्यतया रोकथाम भन्नाले रोग लागेर उपचार लगायतका कठिनाईहरुमा पर्नु भन्दा रोग नै लाग्न नदिने विधि र उपयाहरु अबलम्बन गरिनु हो । रोकथाम “उपचार भन्दा बनाउ राम्रो” भन्ने सिद्धान्तमा आधारित हुन्छ, भने रोग नियन्त्रणले रोग जुन अवस्थामा जति फैलिई सकेको छ त्यो स्तर भन्दा बढ्न नदिनु र घटाउँदै लग्नु हो भन्ने जनाउँछ । तथापि कतिपय अवस्थामा रोगका कारक तत्व जस्तै भनौ भाइरस वा अन्य जिवाणुको प्रकृति लगायतका अन्य पर्यावरणीय तत्वहरुले नियन्त्रण कार्यक्रम प्रभावित हुन सक्छ । खैर जे होस अब अहिलेको यक्ष प्रश्न हुन आउँछ देशमा ०७६ माघमा पहिलो र झण्डै दुई महिनापछि ऐ.चैतमा दोस्रो आयातित कोभिड केसहरुको व्यवस्थापनपछि यताको आठ महिना बीच आज २९ हजार बढी कोभिड केसहरु देशमा देखा पर्नुले के हामी रोकथाम र नियन्त्रणमा सफल हुन सक्यौं र ? हाम्रो व्यवस्थापन योजना, रणनीति र कार्यक्रम लक्षिण उद्देश्य प्राप्ति तिर गई रहेको छन र ? लगानी र उपलब्धी भनौ इनपुठ–आउटपुटको तालमेल मिल्छ र ? आदि आदि कुराहरु सोचनीय र बस्तुस्थितिको अध्ययन र पुर्नमूल्याङ्कन आवश्यक छ भन्ने लाग्छ । जुन सरकारी पक्षले विचार गर्नु पर्ने हुन्छ भने अर्को तर्फ स्वास्थ्य र सम्बन्धित अन्य क्षेत्रमा सेवारत राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु लगायत हामी आम नागरिक र समुदाय यस क्षेत्रमा कति संलग्न, सजग र सक्रियतापुर्वक रोकथाम र नियन्त्रणका उपायहरुको अबलम्बन तथा सरकारको आह्वान अनुसार जनस्वास्थ्यको मापदण्डहरु पालन गर्न गराउन क्रियाशील छौ भन्ने कुरा सबै पक्षले सोच्नुपर्ने आजको आवश्यकता तथा कोभिड–१९ विरुद्धको क्रियाशीलता पनि हो भन्ने लाग्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *