जनता, राष्ट्रभक्त मरिचमान सिंह

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्राले देशमा जन्मिएका स्वाभिमानी व्यक्तित्वको खोजी गर्नु र पहिचान गर्नु पर्दछ । नेपाल स्वाभिमानी नेता चाहन्छ तर खोज्दैछ पाउन कठिन छ । मदन भण्डारी र मरिचमान सिंह श्रेष्ठ पाएका थिए आज दुवै यो देशको सम्झनामा मात्र छन् । त्यस्ता व्यक्तित्वको सम्मान राष्ट्रले गर्नु पर्दछ । राजनीति र स्वाभिमान अलग अलग प्रकृतिका भए पनि हामीले ठानेका छौं वीर बलभद्र कुँवरलाई प्रथम र त्यस्तै अमरसिंह थापालाई लिन्छौं । उहाँहरुले गरेका योगदान अतुलनिय छन्। जसले विदेशी शक्तिलाई झुकाउन सक्छ र राष्ट्र नै सर्वोत्तम मान्छ उही राजनेता हो । यो हामीले व्यक्ति विशेषलाई औल्याएका होइनौं केवल राष्ट्रको लागी अतुलनीय योगदान दिने व्यक्तित्वहरुबाट भावि पिढीले सिकुन भन्ने मात्र चाहन्छौं । परिचमान एक व्यक्ति नभएर राष्ट्रका एक पुस्तक हुन, त्यो पुस्तकबाट हामीले केही सिक्नु पर्दछ । २००७ सालदेखि ४ वटा संविधान र अन्तरिम विधानहरु बनेका छन् तर खासै पालना कतैबाट भएको पाईदैन । २०४५ साल पुर्वको नेपाल र २०४५ पछिको नेपालमा भएको फरक भुक्तभोगी र विद्वानलाई मात्र थाहा छ तर कुरा सही या गलत भन्न नसकि अरु नै भन्न चाहन्छन्, वर्तमानका नेताहरु मरिचमान सिंह श्रेष्ठ राष्ट्रको शत्रु ठान्छन तर त्यो झुठा हो । कम्युनिष्टका नेताहरु भारतलाई खुला फोहरी गाली गर्दथे तर मरिचमान सिंहले कामले देखाई दियो जव नेपाल भारतको व्यापार तथा वाणिज्य सन्धीको म्याद २०४५ चैत्र ९ गते समाप्त भयो तव अन्तराष्ट्रिय कानून बमोजिम नविकरण नगरी नेपाललाई अप्ठ्यारो पर्यो । नेपालका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले भारत सित झुकेनन् नेपालका नेताहरु बहुदलको पुनः आगमन गराई देउ भनेर भारत सित गुहार माग्दा नमाग आफै मिलाउँछौ भने पनि मानेनन्, अन्तमा हाम्रा प्रधानमन्त्रीलाई तल पार्ने भगरिथ प्रयास भयो ।
राजीव गान्धीले भारतबाट प्रत्येक नाका मार्फत एक सिन्को पनि नेपाल पस्न दिएन । घोषित नाकाबन्दी भयो नाकाबाट सामान ल्याउने कोही नेपाली छन र घरेलु सामान १००/२०० को ल्याउन चाहे पनि नेपालीद्वारा नै राजा र प्रधानमन्त्रीलाई गाली दिए मात्र त्यो पनि ल्याउन दिने नत्र नदिने नीति थियो राजीव गान्धीको । यति सानो देश माथि दिर्घकालिन योजनाबद्ध ल्याएको नाकाबन्दी नेपाली जनता विर्षन लागेको बेला हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीको समयमा पनि अघोषित नाकाबन्दी भयो तराईका केही नेताहरु भन्दै गर्थे नाकाबन्दी भारतले हैन हामीले लगाएका हौ भन्दथे तर २०४५ सालको नाकाबन्दीमा राजालाई झुकाई बहुदलीय व्यवस्था ल्याई देउ भनि गान्धीसँग हात जोड्नेहरुले भने खुलेआम भन्न नसके पनि भारतको विरोध भने गरेनन् । सबै भन्दा ठूलो कुरा थियो प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको साहश र बुद्धि उनले ठूलो राष्ट्रसित दिमागी युद्ध लडे विजयी भए त्यो नेपाल र नेपालीको गौरवको विषय थियो । वीर बलभद्र कुँवर, अमरसिंह थापा जस्ता स्वाभिमानी योद्धाहरुले हतियारको लडाई जित्यो अंग्रेजसित भने मरिचमान सिंह श्रेष्ठले बौद्धिक लडाई जित्यो विशाल राष्ट्रलाई झुकाएर छोडेयो । सिमावर्ती भारतीय नागरिक व्यापारी नै प्रधानमन्त्री राजीवको विरुद्धमा उभिए नेपालले के विगारेको छ किन नाकाबन्दी भयो भन्ने ठूलो स्वरमा विरोध गरेका थिए । त्यो थियो उनको कुटनीति र बौद्धिक क्षमता तथा इमान्दारिता । प्रधानमन्त्री पदबाट राजिनामा दिएन बरु खारेजीमा परे आफ्नो व्यक्तिगत स्वाभिमानलाई बचाएर राखे । अन्तराष्ट्रिय जगतद्वारा पनि भारत नै तल पर्यो । सही कुरा मुखले भन्दथे कर्मले गर्दथे त्यसपछिकाहरु आफूलाई सत्तामा राखी माग्ने बरदानको लागी मात्र काम गर्न थाले । पंचायत कालमा प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले चाहेको भए काठमाडौंमा केही जग्गा थप्न सक्दथे तर उनले देशको ढुकुटीमा आँच आउने काम गरेनन् । बरु प्रधानमन्त्री पद हटेपछि सामान्य किसान सरह कुखुरा पालन गरी आफ्नो जिविका चलाए त्यस्तो हुँदासम्म उनी सहेर बसे । भारतीय दुतावास त उनले भ्याएन भने दिल्ली धाउने कुरा थिएन १८ महिना सम्मको नाकाबन्दीमा पेट्रोलियम पदार्थ कुन बाटो कहाँबाट ल्याउँछन भनेर राजीवगान्धी चकित रहे । सिंगापुर र पाकिस्थानबाट मगाई रोखका होलान जहाजबाट भन्ने सोचमा थियो भारत तर उनले न पाकिस्थानबाट मगाए न सिंगापुरबाट भारतका कालोधन्दा गर्ने व्यापारीबाट नै तेल काठमाडौं सम्म पुगेको कुरा पत्ता लाग्यो र भारतले हार स्वीकार गर्यो । राजा जनताको एकता भयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *