बेदहरुको भूमिका

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्रा वेद पुराणहरु सृष्टि सञ्चालन गर्ने ऐननियम विधान होईनन् भन्न हामी सक्दैनौं । जसको पुजा आजा आस्तिक र नास्तिक दुवै गरिरहेका छन् । उहीले हिन्दुहरु मात्र बेद पुराणको रक्षा गर्थै र त्यसै अनुसार चल्दथे भने आज विश्वजगतको मानव सभ्यता नै बेदमई भएको छ । भनिन्छ कि अमेरिका जस्ता देशमा संस्कृत भाषाको पढाई गरिन्छ । वेदहरुलाई अंग्रेजीमा रुपान्तरण गरे पनि खास अर्थ नलाग्न सक्छ भनेर खासगरी बेदहरुको अध्ययन र पालनाको लागी संस्कृत भाषामा पनि पढाई भईरहेको छ । जसले गर्दा पुर्ण अध्ययन र पालना गर्न सकियोस । बेदहरु हिन्दुमानवको लागी मात्र ऋषिमुनीहरुले नलेखी पुरा भूमण्डल र बसोबास गर्ने सबै मानवको लागी लेखिएको थियो । वेदहरु सम्पूर्ण मानव समाज उद्योग अनुसन्धानात्मक समेत भएको तर भाषा संस्कृतमा हुँदा बढी चासोको विषय रहेको छ ।
वेदहरु नेपालको संविधान २०१९, २०४७,२०७२ जस्ता अस्थायी जनतालाई ठग्ने ठग विधा होईन २०१९ को संविधानलाई २०४७ को संविधानले गड बनायो । २०४७ को संविधानलाई २०७२ को संविधानले ठग पुस्तकको रुपमा हेर्यो तर अव बाँकी छ २०७२ को संविधानले वेद पुराणको रुप लिन्छ कि जनतालाई ठग्ने विधाको रुप लिन्छ प्रतिक्षाको विषय रहेको छ । समाजलाई सही मार्ग दर्शन दिने गिता, (कृष्णका वाणी) वेदहरुको रुप लिन्छ वा ठग विद्याकै रुप लिन्छ समयले बताउनेछ । वेदहरु देव भूमिमा बसी त्यसरी ऋषिमुनीहरुको सम्मेलन र अनुसन्धानपछि व्यासजी जस्ता मानव मात्र नभई प्राणी जगतको हितमा रही लेखिएकाले आजसम्म ज्ञानको भण्डारको रुपमा रहेको छ भने हाम्रा ऐन नियम संविधानहरु अज्ञानी स्वार्थी व्यक्तित्वबाट रचिएकाले हितकारी छैन भन्ने कुरा परस्पर स्वयम सिद्ध छन् । गरिवले के पायो हुनेखानेले के कति गुमायो र संविधानहरु परस्परमा के कति जुधे किन पाठक वर्ग आफैले अध्ययन गरुन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *