मुक्तकमैया बस्तीमा खानेपानीको समस्याबाट मुक्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर, ६ भाद्र
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित कृष्णपुर नगरपालिकामा रहेको एक मुक्तकमैया बस्तीमा खानेपानीको समस्याबाट मुक्त भएका छन् । बिगत १५ वर्ष देखि कृष्णपुर नगरपालिका वडा न.२ मा रहेको उक्त बस्तीमा शुद्ध खानेपानी समस्या झेलदै आएका मुक्तकमैया अहिले स्थानीयको साथ सहयोगमा निरन्तर ३ दिन देखिको मिहेनतले मुक्तकमैया बस्तीमा रहेका समाजका अगुवा बाल सिंह राना (मिस्तरी) ले आफ्नै जमिनमा शुद्ध खानेपानीका लागि बोर बिस्तार गरिएको युवा समाजसेवी पंकज रानाले बताएका छन ।
आरसनिक पानी पिउदै आएको बस्तीमा स्वास्थ्य समस्या दिनप्रतिदिन झेलदै आएका थियो र शुद्ध खानेपानी नहुदा पथरी लगायतका स्वास्थ्य समस्यामा जीवन बिताउदै आएका हुँदा उक्त कुरालाई मध्यनजर गर्दै अटोमेटिक आधुनिक शुद्ध खानेपानी बोरको काम भाद्र ४ गते राती करिबन १ः३० बजे तिर सफल भएको युवा समाजसेवी रानाले बताए । उनका अनुसार ‘ यस अटोमेटिक बोर जमिन सतहको २ सय ३० फिट गहिराईमा रहेको छ ।
मुक्तकमैया बस्ती भरी रहेका आम बसोबास गर्ने सम्पुर्णका लागि अब शुद्ध खानेपानीको सहजीकरण र सहजता हुने र बस्तीमा उक्त कार्य लाई सफल बनाउन समाजका अगुवाहरुले श्रमदान गरि बाल सिंह राना (मिस्तरी )को विशेष पहल कदामी र लगानीमा उनकै सम्पुर्ण टिम सहित जनसमुदायको लगनशील र आर्थिक सहयोग रहेको
र शुद्ध खानेपानी बोर बिस्तार गर्नमा भने कुनै स्थानीय तह देखि कुनै संघ संस्थाको सहयोग भने नरहेको र यसमा सम्पुर्ण लगानी आफ्नै रहेको रानाले बताए । आफ्नै बस्तीमा शुद्ध खानेपानी पिउन पाउँदा स्थानीयहरुमा खुसियाली छाउनुका साथै स्वास्थ्य समस्या बाट समेत मुक्त हुने स्थानीयको भनाइ रहेको छ । त्यसैले मानव जिवनकालमा शुद्ध खानेपानी पिउनु नै जीवन जल हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *