मानसखण्ड प्रदेश नाम नै किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आचार्य घनश्याम लेखक
नामले नै नामी कहलिन्छ, जसको नामै हुदैन त्यो बेनामी हुन्छ । नाम विना काम चल्दैन । दैनिक जीवनका कार्यलाई व्यवहारिक सरलताका लागि नाम राखिएको हो । एक पटक राखिएको नाम पटक पटक दोह¥याउँदा मात्र त्यो रुढ बन्छ । कुनै पनि नाम रुढ अथवा स्थापित भइ सकेपछि त्यसले ब्राण्डको काम गर्छ । त्यसपछि नामले मात्र पनि काम चल्छ । त्यसैले सबैभन्दा पहिले उपयुक्त नाम हुनु जरुरी देखिन्छ ।
संसारमा अधिकांश धर्म, संस्कृति, जाति, क्षेत्र, सम्प्रदायका नाम अर्काे राखिदिएर प्रयोगमा आएका छन् । प्रारम्भ सामान्य रुपमा नाम प्रयोग गरिन्छ । सनातन हिन्दु शास्त्रमा त जन्म नक्षत्रका आधारमा नामाकरण गरिन्छ । यथा नाम तथा गुण भनेझैं नाम अनुसार गुण हुनपर्छ र गुण अनुसार नाम हुन्छ । लोकलाई रञ्जन अर्थात् खुसी राख्नेको नाम राम, आफुतिर आकर्षित गर्नेको नाम कृष्ण हो भने लोकलाई रुलाउनेलाई रावण एवं सुख–शान्ति भङ्ग गर्नेको नाम कंश हो । यस अर्थमा नाम रहनु, राखिनु र भनिनुका पछाडि ठूलो रहस्य रहेको छ । मन नै मनुष्यको संसारको कारण हो । बन्धन अथवा मुक्तिको कारक मन नै हो । मन शब्द मनस शब्दबाट बनेको हो । मनसबाट नै मानस शब्दको उत्पत्ति भएको हो । बृहदारण्योपनिषदका अनुसार भगवानले ‘मानस एत्य’ मानसमा आएर सृष्टि गरेको कुरा वर्णन गरिएको छ । मनबाट जन्मिएकोलाई मानस भनिन्छ । त्यो पवित्रस्थल कैलाशको नजिक पर्दछ । शास्त्रहरुमा मानस पर्वत र मेरु पर्वतको ठाउँ–ठाउँमा प्रयोग गरेको पाइन्छ । सूर्य रुपी गाडीको एउटा धुरा मानसपर्वतमा र अर्काे धुरा मेरुपर्वतमा अडिएकाले यो तल खस्नबाट रोकिएको छ भन्ने आध्यात्मिक रहस्य विद्वानहरुको खोजीको विषय बनेको छ । मानस पर्वतको नजिक मानसी गंगा अर्थात् मानसरोवर र राक्षसताल रहेको कसैबाट लुकेको छैन । त्यस वरपरको भु–भागलाई नै मानसखण्ड भनिन्छ । मानसखण्ड स्वर्गको एक टुक्रा हो । प्रकृतिको बगैंचा हो । मानस सृष्टिको आदिम थलो हो । प्राचिन भुखण्ड हो । गडवालको गडवाली, कुमाउको कुमाउनी, पञ्जावको पंजाबी भए जस्तै मानसको मानिस हुन्छ, मानसी हुन्छ । यो मानसी सभ्यता नै सबैभन्दा प्राचिन सभ्यता हो । मानसी सभ्यतालाई आर्यसभ्यता भनिन्छ भने मय नामक दानव द्वारा स्थापित विचारलाई माया सभ्यता भनिन्छ । पूर्वमा काकपर्वत अर्थात् सप्तकर्णाली तटीय क्षेत्र, पश्चिममा नन्दा पर्वत अर्थात् महाकाली तटीय क्षेत्र एवं उत्तरमा कैलास हिमाल क्षेत्र र दक्षिणमा संज्ञा–ब्रह्मसरको क्षेत्रको मध्य भुभागलाई मानसखण्ड भनेको छ । विशेष गरेर काली कर्णाली बीचको भुभाग नै मानसखण्ड प्रदेशका नामले इतिहासमा प्रसिद्ध छ । पौराणिक साहित्यमा यसको महत्व भरिएको छ ।

केही दशकयताको नेपाल भु–राजनीतिमा मानसखण्ड नाम हराउन गएको छ । आज सेती महाकाली कर्णालीको भुखण्ड तथा त्यसका निवासीका लागि चिन्तन गर्ने मानवको अकाल परेको छ । जो यस मानसभुमिको भुमिपुत्र हो आदिवासी हो उसैको लागि कुनै भुखण्ड छैन । कुनै समयमा मधेशी, थारु, खस, किराँत, सौका भन्दा स्वाभिमान महसुस गर्दैछु । यो सबै नाम अरुले राखेका हुन् । नेपालमा जातिय राजनीतिको विजारोपण गर्ने जातिय दलहरु आज राष्ट्रिय दल बनेका छन् । मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति एवं सभामुख बनेका छन् जसले नेपाललाई कके सम्झेर जातिय चिराचिरा गरीदिएका छन् । लिम्बु बस्नेलाई लिम्बुवान, खम्पा बस्ने ठाउँ खम्बुवान, नेवारको नेवा, थारुको थारुवान, मैथिलीको मिथिला, अवधीको अवध, भोजपुरीको भोजपुरा, जाड जडान, खसको खरान, मगरको मगराँत, कोचेको कोचिला, तमुको तमुवान, मधेशीको मधेश भनियो तर मानिसको उत्पत्ति भएको मानस नाम सबै दल र पार्टीबाट छुट्न गयो र कसैले मानस प्रदेशलाई बुझेर बुझ पचाए कसैले पढेर अनपढ जस्ता बने, कोही मानस मानस सुन्दा सुन्दै पनि कान नसुन्ने भए । मानस शब्द नेपाल शब्द भन्दा पनि प्राचिन शब्द हो । मानसको खण्ड भएकोले यो ७ नं. प्रदेशको प्राचिन नाम ‘मानसखण्ड’ हो । यो शब्द वैदिक, पौराणिक, ऐतिहासिक हुनुका साथै मौलिक पनि हो । मानस शब्द कसै द्वारा दिइएको शब्द होइन । कसैका लागि अपहेलना गरेर भनिएको शब्द पनि होइन । यो मानस शब्द स्वाभिमान, गौरव एवं उर्जावान शब्द हो । यस शब्द भित्र सम्पूर्ण मानिस जाति अटाएकाले यो कुनै एक जातिलाई मात्र बुझाउने एकल जातिवाचक शब्द पनि होइन । त्यसैले नेपालको संविधान २०७२ ले घोषणा गरेको ७ नं. प्रदेशको निर्विवाद शब्द मानसखण्ड प्रदेश हो । यो नाम यहाँ बस्ने सबै जातजाति, भाषा, संस्कृतिका लागि सर्वस्वीकार्य हुनुपर्छ । थारु, पहाडी, पूर्वेली–पश्चिमेली, डोट्याली, बैतडेली, दार्चुलेली, अछामी, बझाङी, बाजुरेली, डडेल्धुरेली लगायत दार्चुला ब्यासी, कैलाली कञ्चनपुरका थारु–राना, थारु, कठरिया थारु, अछामका चरेटे, डोटीका नेवार, डडेल्धुराका राउटे मगर आदि सबैलाई मानसखण्ड शब्दले समेटेको छ किनभने यी सबै मानिस हुन् । जो मानिस हो त्यसले अवश्य पनि ७ नं. प्रदेशको नाम ‘मानसखण्ड’ प्रदेश स्वीकार गर्नेछ । आफैमा गहिरो अर्थ र सम्बन्ध रहेको मानस शब्द हाम्रो आन, वान र शान हो । जय मानस, जय मानसखण्ड ।
(लेखक, आध्यात्मिक प्रवक्ता एवं मानस चिन्तक हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *