मुकुटे विषाणु बैरी कोरोना भाइरस

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ईश्वरी दत्त भट्ट
(भु.पु. स्वास्थ्यकर्मी)
द.न.पा. ५ बैतडी
हाल भी.न.पा. ६ कञ्चनपुर

मुकुटे विषाणु बैरी कोरोना भाइरस,
विश्वलाई नै गर्न थाल्यो तहस नहस ।
अढाई करोड नाघेछन रोगी मृत्यु सात लाख बढी
संक्रमित र मृतकको संख्या बढ्दो छ हर घडी ।।

विश्वका जंगीलाट मुलुक अमेरिका युरोप,
बढ्दोछन रोगी र मृत्यु खेप्दैछन प्रकोप ।
न त कुनै औषधी छ न त यसको खोप,
प्रकृति विनासको फल हो कोरोना प्रकोप ।।

फैलियो नेपालमा पनि हजारौं छन रोगी,
के गर्नु उच्चस्थ बढी कमिसनका छन भोगी ।
बन्द छन आर्जनका बाटा चौतर्फी छ घाटा,
हे दैव कोरोना बैरी कहिले होला (नष्ट) टा–टा ।।

आज समग्र विश्व कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीले आक्रान्त छ । विश्वभरी ६१३ वटा मुलुकहरुमा यो रोग फैलिन पुगेको छ । अहिले सम्म २ करोड भन्दा बढी मानिसमा यस रोगबाट संक्रमित हुन पुगेका छन र यो संक्रमित संख्या मध्ये ७ लाख बढी मानिसको ज्यान गई सकेको खबर छन् । रोगको संक्रमण र मृत्यु बढ्दो क्रममा छ भने अहिलेसम्म न यसको कुनै औषधी छ र न कुनै खोप नै विकसित हुन सकेको छ । सामुहिक रुपमा सुरक्षा उपायहरुको अबलम्बन गर्नु बाहेक यसबाट बच्न अरु उपाय देखिदैनन् ।
यस कोरोना रोगले एकातिर करोडौं संक्रमित र लाखौंको ज्यान गई रहेको छ भने अर्को तिर विश्व अर्थ व्यवस्था नै डमाडोलको स्थितिमा पुगेको छ । यसको अतिरिक्त विश्व समाज र संस्कृतिका विविध पक्षहरु पनि त्यतिकै बढी प्रभावित हुन पुगेका छन् । अहिले विश्वको एक से एक मै हुँ सोचका शक्ति राष्ट्रहरु चाहे अमेरिकी, युरोपेली र एसियाली अथवा अन्य कुनै कसैको केही लागेन । यसैबाट बच्न र आच्छु आच्छुको अवस्थामा छन । विकास र सम्पन्नता विज्ञान र प्रविधि तथा अणु–परमाणु शक्तिको अंग सहित अन्तरिक्ष दौड प्रतियोगिताको होडबाजीमा रहेका शक्तिहरुलाई नै पनि आज एक सामान्य जनजीवन अर्थात न जीव नै मान्न सकिन्छ र न निर्जिव नै, अरु जीव जसले पनि र अजीव जस्तोपनि लाग्ने जीवाजीव भन्दा अत्युक्ति नहोला । कोरोना विषाणुलाई विश्व हल्लाई दिएको छ मानव विश्व र आजको यस असरमा कोरोना विषाणु भन्दा पनि बढी जिम्मेवार मुख्य ती देश र विश्व समुदाय नै छन जस्तै प्रकृतिको अकुत दोहन तथा
पारिस्थितिकी प्रक्रिया ९भ्अययिनथ० र पर्यावरण ९भ्लखष्चयलmभलत) खलबल्याई पुरै विश्वलाई यस अवस्थामा ल्याई पुर्याएको छ । अझै पनि प्रकृति विनास प्रति होसियारी अपनाईएन भने यस्ता कोभिड १९ मात्र होइन कोभिड –२०–२१ र आगे कतिले विनास गराउँछ कतिले भन्ने होसियारी पुर्याउनु आवश्यक छ ।
सुरुवाती विषाणु वैज्ञानिकहरुद्वारा
कोरोना विषाणुहरुको अध्ययन क्रममा सो विषाणु कोरोना श्रीपेच अथवा भनौ मुकुट आधारमा देखिनुले कोरोना नाम दिइएको बताईन्छ । त्यसैले माथि यस लेखको प्रारम्भिक गीति पंक्तिहरुमा मुकुटे विषाणु भनिएको हो । अन्यथा वा मुकुटे विषाणु नै भनिनु पर्दछ भनाई होईन ।
जे होस आज कोभिड–१९ को महामारी यसको उद्गम स्थल चीनको बुहान प्रान्तबाट शुरु भै एसियाली देशहरु कोरिया जापान आदि हुदै समग्र युरोप, अमेरिका, अष्टे«लिया र अफ्रिकी मुलुकहरुमा फैलिएको जनधनको क्षति भईरहेको छ । विश्व महामारीको यस सेरोफेरोमा हाम्रो देश अलग
रहन सक्ने अवस्था भएन र आज नेपालको सातवटै प्रदेश र ७७ वटै जिल्लाहरुमा कोभिड–१९ देखा परि सकेको छ । प्रारम्भ तिर त्यति जटिल अवस्था नदेखिए पनि हाल आएर समुदाय स्तरसम्म संक्रमण देखिनुले स्थिति चिन्ताजनक देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *