नेपाली बालबालिकाहरुको भविष्यमाथि खेलबाड

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सिक्किम भारतले आफूमा विलय गराउने बेलामा नेपालमा विद्यार्थी आन्दोलन गरायो । सिक्किममा नेपालको हक छ भारतको छैन भनेर विरोध भयो त्यो विरोधलाई दवाउन भारतले हरेक प्रयास गर्यो अन्तमा विरोध गराउनेबाटै विद्यार्थीलाई छात्रबासबाट बाहिर फालेका समाचार पनि आए । सिक्किम नेपालको अधिनमा थियो अंग्रेज सितको युद्धमा सुगौली सन्धीले अरु क्षेत्र गुमेझै त्यो पनि गुम्यो । गुमे पनि त्यसमा हक भारतको भन्दा नेपालको थियो तर सिक्किम, भुटान, नेपाललाई भारतमा मिलाउने खेल १९४७ देखि नै चलेको हो । सिक्किम विलय भैसक्यो भुटान विलय सरह छ त्यसको प्रमाण त्यहाँको नीति उतैबाट सञ्चालित रहेको कुरा भुटानी शरणार्थी घटनाको अध्यननले पनि प्रष्ट हुन्छ । त्यस्तै नेपालमा पनि लेन्डप दोर्जे जस्ताको खोजी भई रहेको छ । त्यस कुराको प्रमाण अध्ययन गर्ने हो भने २०३५ सालको आन्दोलनले जन्माएको २०३६ सालको जनमत संग्रहको घोषणा २०३६ जेठ १० तथा २०४६ सालको आन्दोलनमा लेण्डप दोर्जेहरुद्वारा भारतीय नेताहरुको उपस्थितिमा काठमाडौंबाट आन्दोलन सुरु भयो तर राजा र जनता मिलि जनचाहना बमोजिम भयो अन्तमा राजपरिवार नसिध्याई लेण्डप दोर्जेहरुको जन्म हुने देखिएन र राजा विरेन्द्रको वंश विनास हुने गरी हत्या भयो, त्यसपछि राजसंस्था नै उन्मुलन गराउन भविष्यमा घोषणा हुन सक्ने लेण्डप दोर्जेहरुलाई उपयोगमा ल्याईयो ।
यी यस्तै दुर्घटनाले गर्दा थोरै मात्रामा भए पनि विद्यार्थीहरुलाई प्रथम पटक २०३५/०३६ को आन्दोलन बाधा पर्यो भने २०४६ को आन्दोलनमा विद्यार्थीहरुको पढाईमा बाधा थोरै भए पनि राजाद्वारा बहुदलीय व्यवस्थाको पुनरवहालीको घोषणा भएपछि शिक्षकहरुलाई राजनीतिक पार्टीहरुको प्रचार प्रसारमा लगाएपछि वर्ष भरी स्कुलहरु बन्द रहे । ३६५ दिनमा केवल ८० दिन मात्र विद्यालय सञ्चालन भए त्यसबाट पढाई अधुरो रहे पनि सुरुवातमै २०४८ देखि शिक्षा तर्फ निजि क्षेत्रले प्रगति गरेकोले
राष्ट्रको इज्जत जोगियो । सरकारी विद्यालय भताभङ्ग भए । कञ्चनपुरको मात्रै कुरा गर्दा वैजनाथ मा.वि.शिक्षा क्षेत्रका अग्रज स्व.ईश्वरी प्रसाद शास्त्री चटौतले स्व. दान सिंह रावल, केएफ नाहाटा जस्ता समाजसेवीहरुको सहयोगले कञ्चन विद्या मन्दिर, सिद्धनाथ विज्ञान क्याम्पसको स्थापनामा सहयोग भयो भने स्व. ईश्वर प्रसाद शास्त्री चटौतकै छोरा नेत्रराज चटौतले कडा मेहनत लगनशीलताका साथ नर्सिङ क्याम्पसको सञ्चालन निजी क्षेत्रमा गर्यो भने आज त्यस्तै प्रकारका कैयौं शिक्षण संस्था खुलेका भए पनि २०४६ को आन्दोलन २०५२ देखि १० वर्ष माओवादी द्वन्दले छात्र छात्राहरुको स्थिति डमाडोल गरी नाजुक बनाई दियो त्यो राजनीतिक खेल नै थियो तर आज गत फुगन देखि कोरोना भाइरसले गर्दा विश्वभरी त्यसको महामारी फैलियो जसबाट नेपालले पनि बच्न सकेन तर कठिनताका साथ सबै सरह सामना गरि रहेको छ । सामना गरेको भए पनि छात्र छात्राको पढाईमा भने ठूलो क्षति भएको छ । छात्र छात्राको जीवन वर्वाद हाम्रा नेताहरुले आन्दोलनमा होमिएर त गरेकै थिए आज महामारी रोगले पनि गर्यो । आन्दोलनको ठाउँमा हाम्रा नानीहरुलाई आविस्कार तर्फ लगाई दिएको भए आज नेपाल पनि अरु राष्ट्र सरह हुने थियो । नेताहरुले बालकहरुलाई ढुंगामुडा गर्न मात्र सिकायो त्यसको ठाउँमा न आविस्कार लाईनमा लगायो न आफैले कुनै राजनीतिक मौलिक दर्शनको अनुसन्धानको न आफूले दर्शन दिन सक्यो न छात्र छात्राहरुलाई आविस्कारक बनाउन सक्यो सत्तामा नभएको बेलामा त लड्न लडाउन सिकायो । सत्तामा गएपछि पनि उही हाल रहे । देश भावी कर्णाधार नानीहरु नै छन भन्ने संका कसैलाई नभए पनि सही सत्य कुरा मात्र सिकाउनु पर्ने र आफ्ना कार्यकर्ता सित भन्नुपर्नेमा मन गणन्ते रिस साध्नलाई मात्र झुटाको भावी पिडीलाई दिनु राम्रो होइन । बरु आफू सत्तामा नगए पनि सही कुरा सत्य तथ्यांक भन्नु पर्दछ । त्यसको प्रमाण हो जसको नेतृत्वमा यो राष्ट्र बन्यो उसैको बेईज्जती गर्नु नै छ जस्तो कि राष्ट्र निर्माता पृथ्वीनारायण शाह तथा नेपाली भाषा नेपालीको घर घरमा पुर्याउने आदिकवि भानुभक्तको बारेमा अफवाह फैलिने कुरा गर्नु गराउनु मानवता हैन । प्रजातन्त्र के हो अप्रजातन्त्र के हो हामी सबैलाई थाहा छ मलाई पनि थाहा छ म माथिको दमन सहन सक्दैन । हरेक प्राणधारीलाई स्वतन्त्रता चाहिन्छ तर म मात्र प्रजातन्त्रवादी हुँ अरु होईनन् भन्ने कुरा अभद्र हुन । आज यो देशमा न कोही सम्मानित व्यक्ति छन न कोही राजा नेता नै छन् । यो देशको आयु घटी रहेछ वा बढी रहेको छ त्यो कसैलाई थाहा छैन । देशी विदेशी जासुसहरु लागी परेका संकेत हामीसँग छन् । नेपाललाई आत्म निर्भर बनाउनकै लागि विदेशी मित्र राष्ट्रहरुको सहयोगमा राजा महेन्द्र तथा राजा विरेन्द्रको पालामा खोलिएका उद्योगहरुमा विरगञ्ज कृषि औजार कारखाना, हेटौडा सिमेन्ट कारखाना, बुटवल धागो कारखाना, हेटौडा कपडा कारखाना, गैडाकोट कागज कारखाना, विरगञ्ज चीनी कारखाना, बासवारी छाला तथा जुत्ता कारखाना, साझा यातायात बस तथा वर्कसप, काठमाडौंमा चल्ने विद्युतीय ट्रली बसको विस्तार र आधुनिकिकरण गर्नु पर्ने ठाउँमा उद्योग सञ्चालन नगर्ने गरी श्रीसम्पत्ति बेचि दिएकोले जनता पनि त्रसित छैनन् भन्न सकिदैन । नेपालीहरुले सञ्चालन गरेका उद्योगहरु बेचि बन्द गराई उद्योग केवल विदेशीले सञ्चालन गरि रहेका छन् । निर्यातमुलक उद्योगहरु छैनन् । त्यस कारण विदेशी उद्योग र उद्योगीको पनि भरोसा छ्रैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *