नेपाल आत्मनिर्भरतामा कमजोर किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज गहिरिएर हेर्ने हो भने नेपाल चौतर्फी रुपले आत्म निर्भरतामा कमजोर देख्न सक्छौ मात्र होइन देखिएको छ । यसमा गहन अध्ययन र आत्मनिर्भर बनाउने गम्भिर प्रयास भएको छैन । राजनीति क्षेत्रको कुरा गर्दा जंगलका पशुहरुले पनि आफ्नो सम्बृद्ध स्थान बनाई राखेका दृश्य हामी विश्वभरीमा पनि देख्न सक्छौं । जनावरहरुले आफ्नो ईलाका खास गरी हात्ती, बाघ तथा अन्य जनावरहरुले राखेका छन् । जव उनीहरु मानवबाट चोरी सिकार भईरहेका हुन्छन्, हामी मानव हौ हाम्रो शासन व्यवस्था स्वतन्त्र हुनु पर्दछ, आत्मनिर्भर हुनु पर्दछ । एक पटक नेपाललाई आत्मनिर्भर बनाउन मित्र राष्ट्रहरुबाट औद्योगिक सहयोग लियो नेपाल औद्योगिक विकास निगमलाई उद्योग खोल्नमा वित्तिय र प्राविधिक सहयोग गर्ने निर्देशन सरकारबाट भएकै थियो । देशभर सोझै मित्र राष्ट्रहरुले उद्योग खोल्नमा सहयोग गरे प्रमाण विरगञ्ज कृषि औजार कारखाना, हेटौडा सिमेन्ट तथा कपडा उद्योग, बासवारी छाला तथा जुत्ता कारखाना, बुटवल धागो कारखाना र त्यससाई सपोर्ट गर्न कञ्चनपुरको बेलडाँडीमा समेत कपास विकास गर्न जमिन छुट्याई कपास विकास समिति पनि गठन भएको थियो ।
आज ति उद्योगहरुमा आधुनिकीकरण हुनुपर्नेमा कहाँ किन हराए हराउन लगायो ? नेताहरुले बेचेर आफ्ना कार्यकर्ताको पोषण गरेको होइन भन्ने आधार केही छैन । आज नेपालमा कागज थाईलेण्ड भारत आदि देशहरुबाट मगाईन्छ । भृकुटी कागज कारखाना जो चीनको मैत्रीपूर्ण सहयोगमा निर्माण भएको थियो । त्यसको स्तरोउन्नति गरी वैदेशिक निकास गर्नुपर्ने थियो वा थिएन यसको उत्तर पाठक वर्गले दिन सक्नेछन् । २०४५ सालको नाकाबन्दीमा काठमाडौंमा सिमित रहेको ट्रलि बसको विस्तार पुर्वमेची पश्चिम महाकाली सम्म गर्ने नीति कृतिपुर नपुग्दै किन त्यसका सामग्री लुटिए ? स्वदेशी इन्धन थियो नेपालीले रोजगारी पाएका थिए । पर्यावरण सफा रहने थियो ती उद्योगहरुमा जनचाहना छदाछदै नेताहरुले किन बेच्यो ? दक्षिण एसियामा प्रथम स्थान ओगट्ने गरी जापान सरकारको सहयोगमा निर्माण भएको टेलिफोन सिस्टम किन कमजोर भयो । भारतबाट समेत फोन गर्न नेपालका सिमानामा रहेको सानो बजारमा पनि भीड भाडाका हुने गर्दथ्यो । आज दुरसञ्चारका पदाधिकारीहरु निजी कम्पनीलाई पोष्ट्याई टेलिकम सिस्टमलाई कमजोर गरी रहेका छैनन् भन्ने आधार के छ । निजी कम्पनि एनसेल र वाईफाईका अरु संस्थाहरुको सेवा स्तरीय दुर सञ्चारको गुणतरहीन किन भएको छ यो नेपाललाई नोक्सान गराई आफ्नो पोषण गर्ने योजना होइन हामी कसरी भन्न सक्छौं । कृषि उत्पादन र निकासीको कुरा गर्दा २०२९/३०/३१ सालतर्फ नेपालमा धान चामल निर्यात कम्पनि थियो । कम्पनीले सरकारी रेटमा धान खरिद गरी विदेशको माग बमोजिम निकासी हुने गर्दथ्यो । महेन्द्रनगर बजारको उत्तर तर्फ पुरानो बसपार्कमा धान खरिद गरिएका धानका पहाड जस्तै विना बोरा भुईमै राखी ठूला ठूला त्रिपापले ढाकेर राखेका थिए । ती धानलाई उसिना बनाई कुटनको लागी निजी मीलहरु खुले चामल निकासी हुन लागेका थिए भने आज नेपालका हरेक बजारमा विदेशी चामल छन कहाँ गए ती स्वदेशी चामल उब्जने ठाउँ ।
नेपालमा उद्योग फस्टाउने मदतको लागी ग्क्ष्म्ऋ को स्थापना भयो । पदाधिकारीहरु उद्योग र उद्योगीको शोषणमा लागे अन्तमा गएर संस्था नै असफल बनाई दियो । साधारण उद्योगीहरुलाई सताएर तथा ठूला उद्योगीलाई आश्रय दिएर उद्योगको नाममा शोषण भ्रष्टाचार गरे पहुँच नभएकाहरुको ऋण चुक्ता गरेर पनि धितोमा राखेको सम्पत्ति १५/१६ वर्ष सम्म विन्ती गर्दा पनि कमिसनको चक्करमा फिर्ता नगरेका प्रमाणहरु छन् ।
नेपालमा हेटौडा कपडा कारखाना सञ्चालन गरेर सेना, प्रहरी, शिक्षकहरुको लागी मात्र पनि प्रयोग गर्ने कपडा, बुटवल धागो कारखाना र बेलडाडी कपास विकास समितिलाई पुनः सक्रिय गराउनुपर्ने जनताको माग रहेको छ । सरकारले हर क्षेत्रमा आत्म निर्भरताका उपायहरु अपनाउनु पर्ने समयको पनि माग रहेको छ । सेना र कृषि तर्फका उपयोगी सामग्री भने तुरुन्त निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । पहाड मधेश दुवै ठाउँमा उपयुक्त हुने कृषि सामग्री च्याम्फा, टेक्टर, सुरक्षा तर्फका हातहतियार लगायतका विभिन्न सामग्रीहरु समायनुकुल आफै निर्माण गरौं । खनिज पदार्थका खानीहरु खोलौं अनि नेपालले आत्मनिर्भरताको बाटो अवलम्बन गर्न सक्नेछ । पहाडी क्षेत्रको जग्गा जमिनमा खेती गर्न नयाँ प्रविधिको विकास गरी सिचाई नहुने ठाउँमा आकासे पानी जम्मा गर्ने टंकीको निर्माण गरी पहाडी क्षेत्रका किसानलाई उच्च विन्दुमा पुर्याऔैं ।
सिमा सुरक्षाको लागी नापी विभाग र सिमा सुरक्षा बललाई इमान्दार बनाउनु पर्छ । नापी प्राविधिकले आफ्ना देशका जनताको जग्गा त फरक पारी भ्रष्टाचार गरेकै छन् भने नेपालको सिमाना भारतले चाहे बमोजिम सारी दिने काम गरी नेपाली भूमि विक्रि गर्ने काम बन्द गरी जहाँ जहाँको यस्ता सिमाना आजको नापीमा एक ठाउँमा र भोली अर्को ठाउँमा स्वीकार गर्ने नापीका पदाधिकारी माथि पनि कारवाही गरिनु पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *