विकास निर्माणको कामबारे स्थलगत अनुगमन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ साउन
विकास निर्माणको कामको बारेमा स्थलगत अनुगमन गरिएको छ । प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेश
सरकारको भौतिक पर्वाधार मन्त्रालयले कञ्चनपुरमा सञ्चालन गरेको विकास योजनाको स्थलगत अनुमगन गरेको छ ।
समितिका सभापति हर्क बहादुर कुँवर नेतृत्वमा कृष्णपुर, वेदकोट र भीमदत्त नगरपालिकामा विकास निर्माणको अनुगमन गरिएको छ । कृष्णपुर नगरपालिकाको बनरा नदीमा ४ सय ८० मिटर तटवन्ध बनाइएको छ । भने अझै नदीको तल्लो क्षेत्रमा बन्दै गरेको डिभिजन सिंचाइ कार्यालय कञ्चनपुरका इन्जिनियर महादेव विष्टले बताए । तर मालुमेला, गुलरिया, रैकवारविछुवा धनगढी कृषि सडक समयमै नबनेको गुनासो स्थानीहरुले गरेका थिए ।
कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले २२ किलोमिटर लामो सो सडक चारवर्ष अघि शुरु भएको भएपनि अझै निर्माण पुरा हुन नसकेको बताए । सो सडक ०७६ वैशाखमा पुरा भइसक्नु पर्ने थियो । कञ्चनपुर क्षेत्र नम्बर २ (१) का प्रदेश सभा सदस्य महेशदत्त जोशीले सो सडकको निर्माण सक्ने गरेर आदेश गर्न भौतिक पर्वाधार मन्त्रालय र भौतिक पर्वाधार कार्यालयमा पटक पटक अनुरोध गरेको बताए ।
समितिले वेतकोट नगरपालिका अन्र्तगतको दैजी, लिक्ना, जोगवुढा सडक र चौधरी खोलामाको कार्यप्रगति वारे पनि चाँसो राखेको थियो । सोही
नगरपालिकाको बैज्ञनाथ बृद्धाश्रम पनि व्यवस्था र भौतिक निर्माणको अवस्था वारे कञ्चनपुर क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य लालबहादुर खड्काले संसदीय टोलीलाई जानकारी गराएका थिए । बेदकोट र भीमदत्तनगर पालिकाको बिचमा पर्ने बैजनाथ मन्दिर जानका लागि ७० लाख रुपैयामा निर्माण परा गर्न तोकिएको समय अगावै झोलुंगे पुल बनाइएको भौतिक पर्वाधार कार्यालय कञ्चनुरका इन्जिनियर हेमराज भट्टले बताए ।
यस्तै कञ्चनपुर क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्य प्रकाश रावलले महेन्द्रनगरमा रहेको रंगशाला निर्माण, निर्वाचन क्षेत्र स्तरीय खेल मैदान र ब्र्रहमदेव म्यजियम निर्माणको अवस्था बारे जानकारी गराए ।भीमदत्तनगरपालिका– ९ का धर्म नाथले निर्वाचन क्षेत्र स्तरीय खेल मैदानले खेल खेल्न मात्रै होइन सीमा रक्षाको काम समेत गरेका बताए । खेल मैदान भीमदत्त नगरपालिका, प्रदेश सरकार र संघीय संसदका सदस्य दीपकप्रसाद भट्टको बजेटबाट बनिरहेको बताए । सो खेल मैदानबाट केही पर दशगजा क्षेत्र रहेको छ । खेल मैदान बनाउनका लागि तटवन्ध समेत गरिएको छ । समितिलाई स्थानीय बासीहरुले राष्ट्रिय खेलकद परिषदबाट एक करोड ६५ लाख खर्चमा बनेको चेन्जिङरुप र माटो पटानमा अनियमितता भएकोले प्रदेशले समेत दोषीमाथि कारवाहीका लागि पहल गर्नु पर्ने बताएका थिए ।यस्तै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहाका लागि महाकाली नदीमा बन्दै गरेको राष्ट्रिय गौरवको चार लेनको पुल र महाकाली किनारमा चार लेनकै सडकको प्रगति बारे पनि समितिले जानकारी लिएको थियो । समितिले ढुंगा, बालुवा पाउन कुनै गाह्रो भएको भए समन्वय गरिदिने आश्वासन पनि निर्माण कार्यमा संलग्न पक्षलाई दिएको थियो ।
कञ्चनपुर ३ (२) का प्रदेश सभा सदस्य मानबहादुर सुनारले सो आयोजनाको काम राम्रोसंग भइरहेको बताए ।समितिका सभापति हर्क बहादुर कुँवर गोविन्दले प्रदेश सरकारका धेरै निर्माण कार्य सन्तोषजनक रहेको बताउदै केहीमा समस्या रहेकोले ती समस्या समाधान गर्न भौतिक पर्वाधार मन्त्रीलाई समितिमा बोलाएर छलफल गर्ने बताए । अनुगमन टोलीमा प्रदेश सभा सदस्यहरु दीर्घ सोडारी, महेशदत्त जोशी, अक्कल रावल, पर्णा जोशी, प्रकाश रावल, लालबहादुर खड्का र मानबहादुर सुनार रहेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *