देवता, राक्षस र मनुष्य सबैका पालक ईश्वर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्तमानको न्यायालय ईश्वरको रुप हो । सरकार, परिवार गाउँबाट इन्साफ नपाए मुनष्यहरु न्यायालयमा जान्छन न्यायको लागी पूर्ण भरोसाका साथ । न्यायालयप्रति जनताको खुबै आस्था थियो आज पनि छ तर भविष्यमा पनि रहन दिनुपर्दछ । यो भूमिका निभाउने काम सरकारको मात्र नभएर राजनीतिक पार्टीहरुको पनि हो । देवता, राक्षसको पहिचान मुनष्य गर्न सक्दैनन् त्यस कारण पहिचान गराई दिने काम सर्वप्रथम आमाबाबुको पनि हो । वर्तमानमा पनि मुनष्य राक्षस देवताको स्थान सुरक्षित त रहेको छ र यि सबैको उपस्थिति पनि छ केवल पहिचान गर्न मात्र असजिलो छ हेर्दा सबैको रुप रंग मनुष्यकै छ तर छान्न सक्नेमा निर्भर रहेको छ । छान्न नसकेर न्यायबाट पिडित मनुष्य देवस्थल गई कराउँछ भक्कल गर्छ प्रभु मलाइ इन्सार्फ दिलाई दे भनेर व्यक्ति जव देवताको मन्दिरमा जान्छ त्यस बेला उसलाई पुर्ण भरोसा र विश्वास हुन्छ कि मैले अब न्याय पाउने छु भन्ने कल्पनामा डुबेको
हुन्छ । न्यायालयबाट हराएको न्याय भन्दा भिन्नै न्याय पाएको अनुभव गर्छ र विचार गरी राख्छ विपक्षीलाई देवताले केही नोक्सान गर्यो कि गरेन भनेर प्रतिक्षामा हुन्छ आफूले क्षेति पुर्ति नपाए पनि विपक्षीको केही क्षति भएमा रमाउँछ कि मैले इन्साफ देवताबाट पाए भनेर । यौटा पिडित न्याय माग्न
सरकारमा जान्छ उपाउँदैन न्यायालयमा जान्छ प्रमाणले भ्याउदैन अनि भौतारिएको पिडित देवस्थल जान्छ र इन्साफ माग्छ सन्तोष भएर घर फर्कन्छ र पर्खि रहन्छ ।
परिवबन्धले फसेकाको लागी भनेर पनि ऐन बनेका छन्, फलानो अपराध गर्नेलाई यति वर्ष कैद र यति सजाय गर्नु वा हाकिमको तजवीजले सजाय गर्न तोकेका नियम कानून हामीसँग छन भए पनि त्यो ऐनको दफा परिबन्दलाई आकर्षण नगरी व्यक्तिगत तजवीजलाई आकर्षण गर्छ उल्टो अर्थ लाग्छ न्यायकर्ताको स्वविवेकले जस अपजस धन कमाउने मौकामा परिणित भएका घटनाहरु धेरै छन् । यौटा मुखले रीसको आवेगमा आएर आफ्नी श्रीमती मार्न सक्छ तर एक सरकारी उच्च ओहदाको कर्मचारी राष्ट्रसवकले मार्न सक्दैन मार्ने नियत भए मार्छ रीसको आवेगबाट उ आफू बचेको हुन्छ र अरुलाई पनि बाच्ने उपदेश तालिम दिन्छ । आज ठूला ठूला विद्वानहरुले समाचार, लेख, रचना सम्प्रेषण गरी गराई रहेका छन कि न्यायपालिकाको दुर्दशा र मुखदर्शक हामी भन्ने शिर्षक व्यहोरा राखी जताततैबाट टिकाटिप्पणी भैरहेका छन् । जनताको न्यापालिका न्याय क्षेत्रमा दुर्गन्ध फैलिने काम मात्र हैन जनताको आस्था र न्यायको क्षेत्रमाथि आकर्मण भएकको छ त्यस कारण आफ्नो कुल देवता आस्थाको केन्द्र माथि आक्रमण भएको ठानी रहेका छन् । न्याय क्षेत्र स्वतन्त्र थियो आज राजनीतिक पार्टीहरुको कब्जामा गएको दुःखद खबर सुनिरहेका छन । त्यसबाट जनताको विश्वास हट्दै गएको देखिन्छ ।
जसरी जे जसो भए पनि राजा महेन्द्रलाई थोरै भए पनि जरिवना गर्ने प्रधान न्यायाधीश रत्न बहादुर विष्ट र उनैलाई पदक प्रदान गर्ने राजा महेन्द्रलाई हमेशा सम्झना आई रहेको हुन्छ । एक माछाले पुरै तलाउ गन्ध नहोस भन्ने जनताका भावना रहेका छन् । राजाले नियुक्ति गरेका न्यायमुर्ति भन्दा बर्तमानका नवनियुक्ति प्राप्त हरेकमा कुनै कमी कमजोरी नआवस, भएका कमी कमजोरी र गल्ती सुधारिउन भन्ने जनताको विश्वास रही आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *